विस्तार गरिँदै पूर्व–पश्चिम राजमार्ग : यात्रु र जनावरमैत्री संरचना बन्दै
एसियाली विकास बैङ्कको ऋण सहयोगमा पूर्वको मेचीदेखि पश्चिमको महाकाली छिचोल्ने पूर्व–पश्चिम राजमार्ग विभिन्न छ खण्डमा विस्तार भइरहेको छ । एसियाली राजमार्गको मापदण्ड (स्ट्यान्डर्ड) मा विस्तार भइरहेको यो राजमार्गको काँकडभिट्टा–लौकही (९३ किलोमिटर) र कञ्चनपुर–कमला खण्ड (८६.८३ किलोमिटर) मा दस वटा ‘भेहिकल अन्डरपास’ र नौ वटा ‘एनिमल अन्डरपास’ निर्माण भइरहेका छन् । त्यसै गरी पैदलयात्रीका लागि चार वटा आकासेपुल (ओभर हेड ब्रिज) समेत निर्माण भइरहेका छन् ।
जेनजीका मागप्रति सरकार गम्भीर
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते र अङ्गभङ्ग भएका अभियन्ता १५ दिनदेखि सडकमै छन् । प्रधानमन्त्री सुशीला कार्कीलाई मङ्सिर ५ गते छबुँदे मागपत्र बुझाएर दबाबमूलक कार्यक्रम गरिरहेका जेनजी आन्दोलनका घाइते माग पूरा नभएसम्म आन्दोलन स्थगित नगर्ने निर्णयका साथ सडकमै बसेका हुन् । घाइते जेनजी नेपालको अगुवाइमा भइरहेको धर्नामा सहभागी जेनजी अभियन्ताहरूले सरकार र जेनजीबिच सम्झौता, जेनजी आन्दोलनलाई संस्थागत गर्नुपर्नेसहितका माग राखेका छन् ।
तत्काल नबन्ने भयो ‘सर्भिस सेन्टर’
निर्माणको अन्तिम चरणमा पुगी सञ्चालनको तयारीमा रहेको नागढुङ्गा–नौबिसे–सिस्नेखोला सुरुङमार्ग आयोजना अन्तर्गत पश्चिम खण्ड (पोर्टल) मा निर्माण हुने बजार (सर्भिस सेन्टर) तत्काल निर्माण नहुने भएको छ ।
नागढुङ्गा सुरुङमार्ग : यात्रुलाई सहज अध्येतालाई ज्ञान
नेपालमै पहिलो पटक आधुनिक प्रविधिको प्रयोग गरेर बनाइएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गले अत्यास लाग्दो जामबाट यात्रुलाई मुक्ति मात्र दिने छैन, आधुनिक इन्जिनियरिङमा चासो र चिन्ता राख्ने अध्येताहरूलाई नवीन ज्ञानसमेत दिइरहेको छ ।
स्थानीयको पहलमा बिउँतियो येँगा हिति
काठमाडौँको वसन्तपुर दरबारक्षेत्रनजिकै रहेको येँगा हिति (धारा) बिउँतिएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २१ यङ्गालस्थित व्यक्तिको कब्जामा गइसकेको एक हजार पाँच सय वर्ष पुरानो येँगा हितिलाई स्थानीयवासीको पहलमा बिउँताइएको हो ।
सात प्रहरी चौकी पुनःस्थापना
जेन्जी आन्दोलन चर्कदै जाँदा असुरक्षा बढेपछि विस्थापित भएका पाँचथरका सातवटा प्रहरी चौकी पुनःस्थापना गरिएको छ ।
लागूऔषधसहित दुईजना पक्राउ
बर्दियामा ५० ग्राम ९७० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
मानव सेवा भवनको लागि करिब १० करोड संकलन
मानव सेवा आश्रमको भवन निमार्णका लागि बागलुङमा झन्डै दश करोड रुपियाँ संकलन भएको छ । भवन निर्माणका लागि कात्तिक २१ गतेदेखि २८ गतेसम्म बागलुङको नियरघाटमा आयोजना गरिएको श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञबाट सो रकम संकलन भएको हो ।
याक्खा समुदायले मनाउँदै चासुवा पर्व
धनकुटाको महालक्ष्मी नगरपालिका –७, साफु धनकुटामा विभिन्न कार्यक्रम आयोजना गर्दै चासुवा पर्व मनाइएको छ ।
पनाहा खोलामा पुरुषको शब फेला
गुल्मी रेसुङ्गा नगरपालिका –४ मोत्तियारस्थित पनाहा खोलामा एक पुरुषको शब फेला परेको छ । सेतो हरियो रङको चेक सर्ट माथि निक लेखेको कालो ट्रयाक र कालो पाइन्ट लगाएको पुरुषको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन्।
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
नतिजा सुधार्न साप्ताहिक परीक्षा
शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक बिद्यालयले साप्ताहिक परीक्षाको अभ्यास सुरु गरेका छन् । सामुदायिक बिद्यालयले नियमितसँगै अतिरिक्त कक्षा सञ्चालन गरेर नतिजा सुधार्ने प्रयास गरिएको हो ।
भजन संस्कृति जोगाउँदै पौंदेली
मंसिर महिनाको चिसो सिरेटोलाई बेवास्ता गर्दै पौंदेलीको न्वागी मेलामा भजनको छुट्टै रौनक थियो । दौरा–सुरुवालमा सजिएका पुरुष र मगर भेषभूषामा सजिएका युवतीले भजन प्रस्तुत गर्दा दर्शकदिर्घामा नचरी लगाउनेको लर्काे थियो ।
गोली लागेर सुनचाँदी व्यवसायी घाइते
दाङको लमहीमा अज्ञात व्यक्तिले चलाएको गोलीले लमही नगरपालिका –५ लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलका सञ्चालक १६ वर्षिय दीपक सुनार घाइते हुनुभएको छ ।
ज्येष्ठ नागरिकसहित विभिन्न व्यक्तिलाई सम्मान
कैलालीको धनगढीमा आज ज्येष्ठ नागरिकसहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । धनगढी उपमहानगरपालिका –७ मा रहेको नवज्योती कृषि सहकारी संस्था लिमिटेडले ज्येष्ठ नागरिक शेयर सदस्यसहित विभिन्न क्षेत्रमा योगदान दिनेलाई सम्मान गरेको हो ।
मुक्त कमलरीले बुझाए मुख्यमन्त्रीलाई ज्ञापनपत्र
कैलालीको मुक्त कमलरीहरूले आफ्नो मागसहितको ज्ञापनपत्र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाएका छन् ।
एनपिएलः विराटनगर क्वालिफायरमा प्रवेश
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको छ ।
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिकरूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाधीन छ ।
रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै
रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ ।
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले निद्राजन्य विकार (स्लिप डिसअडर्स) को चुनौतीसँग लड्न थप सचेतनासँगै अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।
क्यानाडाको श्रम बजारमा सुधार
क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानडाले जनाएको छ ।
यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज
यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गरेको जनाएको छ ।