अझै बनेन आधारभूत अस्पताल
गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच पु-याउने उद्देश्यले सरकारले स्थानीय तहहरूमा आधारभूत अस्पताल निर्माणको काम सुरु गरेको साढे चार वर्ष पूरा हुँदासमेत अस्पताल निर्माणको काम पूरा हुन सकेको छैन ।
जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि
कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको ‘मनुश्री भिग्नजीत जुनियर’ राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाडौँकी सारा पन्तले दोहोरो उपाधि जितेका छन् ।
आर्थिक सदाचारको अपेक्षा
आर्थिक सदाचारको अपेक्षा
राप्ती नदीमा डुङ्गा सरर....
चितवन, वैशाख ७ गते । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आएका आन्तरिक पर्यटक डुङ्गामा चढेर राप्ती नदी तर्दै । तस्बिरः रासस
बाजुरामा ग्याँस भन्दा बढी दाउराको प्रयोग
बाजुराका अधिकांश गाउँ घरमा खाना पकाउन ग्याँस भन्दा बढी दाउराको प्रयोग हुने गरेको छ । गाउँ बस्ती नजिक वन जङ्गल भएको र दाउरा पनि प्रशस्त पाइने हुँदा यहाँका स्थानीयहरूले ग्याँस भन्दा बढी दाउरा प्रयोग गर्ने गरेका हुन् ।
चित्रकलामा जमेका सिद्धिकी
घर तथा सार्वजानिक स्थलका भित्ता, पाटीपौवामा हातको कला भरेर समिम सिद्धिकी भित्तेलेखनमा स्थापित हुनुभएको छ । डिजिटल प्रविधिबाट तयार पारिएका लेखन र चित्रकलाको प्रयोग बढेसँगै हातमा कला भएकाहरू पलायन भ
२४ करोड लगानीको पुल नौ वर्षदेखि अलपत्र
कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल सम्झौता भएको नौ वर्षसम्म अझै निर्माण हुन सकेको छैन । नियामक निकायले निर्माण कम्पनीलाई कडाइ नगर्दा पुल अलपत्र परेको हो ।
लोकतन्त्रका मूल्यमान्यता
लोकतन्त्र भनेको अराजकता किमार्थ हुन सक्दैन ।
भर्ना अभियानको सन्देश
शैक्षिक सत्रको आरम्भ ‘विद्यालय भर्ना अभियान’ बाट सुरु गरिन्छ ।
बसको ढोकाबाट खस्दा शिक्षकको मृत्यु
केशव राज भट्टबैतडी, वैशाख ७ गते । विद्यार्थी भर्नाका लागि प्रचारमा गएको बसको ढोकाबाट खसेर एक जना शिक्षकको मृत्यु भएको छ । शनिवार साँझ दार्चुलाको गोकुलेश्वर स्थित चौलानी बोडिङ्ग स्कुलको प्रचारप्रसारमा गएका शिक्षकको महाकाली राजमार्ग अन्तरगत डिलाशैनी गाउँपालिका ६ बाँगावगरमा बसको ढोकाबाट खसेर मृत्यु भएको हो ।गोकुलेश्वर बजारबाट बैतडीको दोगडाकेदार गाउँपालिका सिमानातिर गइरहेको उक्त विद्यालयको सु.प्र ०४, ००१क ०००९ नम्बरको बसको ढोकाबाट खस्दा दोगडाकेदार गाउँपालिका ४ का अन्दाजी २६ वर्षीय विष्णुदत्त भट्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वर प्रहरी निरीक्षक किशोर ऐरीले बताउनुभयो ।विद्यार्थी भर्नाको प्रचारप्रसार बाट फर्कँदै गर्दा शनिवार साँझ सवा ५ बजेतिर शिक्षक भट्ट बसको ढोकाबाट खसेर घाइते हुनुभएको थियो । उहाँलाई नजिकैको गोकुलेश्वर अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक ऐरीले बताउनुभयो ।बस र चालक अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने
काठमाडौँ, वैशाख ७ गते । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि रु दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ ।कूल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा सात प्रतिशत बराबर व्याजदर प्राप्त गर्नेछन् । अङ्कित मूल्य रु एक हजार दरको ऋणपत्रमा लगानीकर्ताले कूल २५ कित्तादेखि बिक्री गर्न लागिएको सम्पूर्ण कित्तामा नै आवेदन दिन सक्नेछन् । धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको सो ऋणपत्र छिटोमा यही वैशाख १० गते र ढिलोमा वैशाख २१ गतेसम्म रहनेछ ।रु दुई अर्ब ५० करोड बराबरको कूल निष्काशन मध्ये ६० प्रतिशतले हुन आउने एक अर्ब ५० करोड मूल्य बराबरको १५ लाख कित्ता व्यक्तिगत प्रयोजनका लागि छुट्याइएको छ ।यस्तै, ४० प्रतिशतले हुने रु एक अर्ब बराबरको १० लाख कित्ता भने सर्वसाधारणका लागि निष्काशन हुनेछ । त्यसमा ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । कूल नौ लाख ५० हजार कित्तामा भने सर्वसाधारणले लगानी गर्न पाउने व्यवस्था गरिएको छ । सो बैंकलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ए प्लस’ रेटिङ प्रदान गरिएको छ । बैैंकको अधिकृत पूँजी रु ३० अर्ब, जारी पूँजी रु १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार र चुक्ता पूँजी रु १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार बराबर छ ।
‘तिम्रो स्पर्शले’ सार्वजनिक
गायक नारायण थापा र बेनिशा पौडेलको आवाजमा नयाँ गीत ‘तिम्रो स्पर्शले’ सार्वजनिक भएको छ ।
नृत्य प्रतियोगितामा अनुष्का प्रथम
काल्खु मेलामा भएको खुला नृत्य प्रतियोगितामा कोल्माकी अनुष्का गुरुङ च्याम्पियन बन्नुभएको छ ।
शिव मन्दिरमा दर्शनार्थीको घुइँचो
धार्मिक स्थलमा रूपमा परिचित जिल्लाकै पुरानो खार्पुको शिव मन्दिरमा दर्शनार्थी र पूजाआजा गर्नेको घुइँचो लाग्न थालेको छ । कर्णाली र दोजाम कर्णालीको दोभानमा रहेको खार्पुनाथ शिव मन्दिर सडक सञ्जालसँग जोडिनु र धार्मिक संरचनाको निर्माणले दर्शनार्थी बढेका हुन् ।
ललितकला मेला सम्पन्न
सेतो धोती, कमिज र खराउमा सजिएर कलाकार मिट्ठु थारू राजधानीमा थारू कला संस्कृतिको प्रवर्धनका लागि खटिएको धेरैले मन पराए । कलाकार थारूको मौलिक पहिरन र खराउको टकटक आवाजलाई धेरैले नियालेरै हेरे ।
‘के घर के डेरा : घर नं. २’ सिक्वेल होइन
निर्देशक दीपेन्द्र के खनालले चलचित्र ‘के घर के डेरा : घर नं. २’ अघिल्लो चलचित्रको सिक्वेल नभएको बताउनुभएको छ । ‘के घर के डेरा’ कमेडी सोसल ड्रामा थियो भने ‘के घर के डेरा : घर नं. २’ पूर्ण रूपमा सोसल ड्रामा हो ।
गलैँचा बुनेर आत्मनिर्भर माझी महिला
बर्सौंदेखि इन्द्रावती नदी बगरमा बालुवा, गिट्टी, ढुङ्गा लोड गरेर दैनिकी धान्न समस्या परेका चौतारा साँगाचोकगढी नगरपालिका–११ का माझी महिला अहिले गलैँचा बुनेर आत्मनिर्भर भएका छन् ।
हवाई यात्रुलाई टिकट पाउन सास्ती
हिमाली जिल्ला हुम्लामा हवाई यात्रुलाई टिकट पाउन सास्ती भएको छ । नेपालगन्जबाट उडान सङ्ख्या कम हुँदै जाँदा हाल जिल्लाबाट बाहिरिने यात्रुलाई टिकट पाउन सास्ती खेप्नु परिरहेको हो ।
संसदीय टोलीद्वारा सेजको अनुगमन
सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संसदीय समितिको टोलीले भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) को स्थलगत अनुगमन गरेको छ ।
‘पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक’
नेपाल पर्यटन क्षेत्रको विकासका लागि महिलालाई डिजिटल साक्षरतासहित बलियो सहभागिता विस्तार आवश्यक रहेको औँल्याइएको छ ।
नेपालमा सम्भावना छैन नभनौँ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही पनि छैन, केही भएन भनेर अनावश्यक हल्ला फैलाउने काम हुने गरेको बताउनुभएको छ ।
तातोपानीबाट भित्रिए सात अर्बका विद्युतीय गाडी
चालु आर्थिक वर्षको चैत मसान्तसम्म चीनबाट तातोपानी नाकामा सात अर्ब पाँच करोड ८५ लाख रुपियाँ बराबरको विद्युतीय गाडी आयात भएको छ ।
एक सय साठी खर्ब तरलता प्रशोचन
चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १६० खर्ब चार अर्ब १५ करोड कारोबारमा आधारित तरलता प्रशोचन गरिएको छ ।
पौने तीन लाख मेट्रिक टन रासायनिक मल आयात
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा पौने तीन लाख मेट्रिक टन रासायनिक मल आयात भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत साउनदेखि चैत मसान्तसम्म दुई लाख ७१ हजार १६९ मेट्रिक टन मल आयात भएको हो ।