पर्यटन विकास कार्यालय गौर दुई कर्मचारीको भरमा
रौतहटको गौरमा रहेको पर्यटन विकास कार्यालय दुई जना कर्मचारीको भरमा चलेको छ । ती दुईमध्ये पनि कार्यालय प्रमुख दरबन्दी अनुसार प्रशासनको उपसचिव नभएको कारण सेवा प्रवाहमा समस्या भइ रहेको स्थानीयको गुनासो छ ।
डढेलो नियन्त्रण गर्न सचेतना र्याली
नवलपुरको मध्यविन्दु साझोदारी वन उपभोक्ता समूहले डढेलो नियन्त्रणका लागि गाउँगाउँमा सचेतना र्याली गरेको छ ।
निकुञ्ज पीडितहरूको जिविकोपार्जनमा समस्या
३० औँ वन्यजन्तु सप्ताहको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जले वन्यजन्तु पीडित परिवारसँग अन्तर्क्रिया गरेको छ । पीडित परिवारहरूले सरकारले वन्यजन्तु पीडितहरूलाई दिनु पर्ने सेवा सुविधा दिन नसकेको बताएका छन् ।
सडक दुर्घटनामा दुईको मृत्यु, १४ जना घाइते
डुम्रे-बेँसीसहर खण्डअन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आज माइक्रो बस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
परराष्ट्रमन्त्री डा. राणा थाइल्यान्ड प्रस्थान
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज थाइल्यान्डको बैंकक प्रस्थान गर्नुभएको छ । नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री डा. राणाले उक्त आयोगको ८१ औँ सत्रको अध्यक्षता गर्नुहुने कार्यतालिका रहेको छ । सो सत्रलाई मन्त्री डा. राणाले नेपालका तर्फबाट सम्बोधन गर्नुहुनेछ।
‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको बताउनुभएको छ ।
बानेश्वरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन
उहाँहरुले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवलसमशेर जबरालाई निःशर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अधिकारी
विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको भेलाले अरुण अधिकारीको अध्यक्षतामा ३६ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
सप्तरीका दुई कार्यालयमा तालाबन्दी
योजनाको चिट्ठी सम्बन्धित वडा कार्यालयमा नपुगेको भन्दै शिक्षा विकास कार्यालय सप्तरीको कार्यालयमा आइतबार तालाबन्दी गरिएको छ।
ढोरपाटनमा नौ महिनामा १० हजार बढी पर्यटक पुगे
चालु आर्थिक वर्षको ९ महिना अर्थात् असारदेखि फागुन मसान्तसम्म ढोरपाटन शिकार आरक्षमा झण्डै १० हजार बढी पर्यटक पुगेका छन् । ढोरपाटन पुग्ने विदेशीभन्दा अधिकांश पर्यटक स्वदेशी छन् ।
दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन सुरु
तनहुँमा बालबालिकामा देखिने कुपोषण न्युनीकरणका लागि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन सुरु गरिएको छ ।
शिक्षक आन्दोलनको समय छोटियो
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । शिक्षकहरूले शनिबारसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म आन्दोलन गर्दै आए पनि आज (आइतबार)बाट भने बिहान ९ देखि १२ बजेसम्मलाई समय परिवर्तन गरेका छन् ।
मकवानपुर चट्याङको उच्च जोखिममा
मकवानपुरगढी, वैशाख ७ गते । गत चैत ३१ गते मकवानपुरमा चट्याङ लागेर एक जनाको ज्यान गयो । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरमा चट्याङ लागेर स्थानीय २८ वर्षीय अविरल थिङले ज्यान गुमाए । आइतबार दिउँसो हावाहुरी पानीसँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमै ज्यान गएको थियो । सोही दिन चट्याङ लागेर दुई स्थानीयसमेत घाइते भए । घाइते हुनेमा स्थानीय मनहरी– ५ का ६२ वर्षीय सिंह बहादुर गोले र १० वर्षीय सौगात गोले रहेका थिए । यसरी चालू आर्थिक वर्ष साउन यता मकवानपुरमा चट्याङ लागेर ६ जना घाइते भएका छन् भने एकको मृत्युसमेत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा चट्याङकै कारण १ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । यता जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका सूचना अधिकारी राजेन्द्र प्रसाद कँडेलका अनुसार नेपालमा धेरै चट्याङ पर्ने जिल्ला मकवानपुर रहेको देखिएको छ । मकवानपुरमा प्राकृतिक प्रकोप चट्याङबाट सबैभन्दा धेरै मानवीय क्षति भएको देखिएको उहाँ बताउनुहुन्छ । साथै दोस्रोमा भूकम्प र तेस्रोमा बाढी तथा पहिरो रहेको पाइएको छ । विगत २४ वर्ष यता जिल्लामा विपद्मा परेर १ सय १६ जनाको मृत्यु भएको छ भने ८ सय ५० जना बेपत्ता तथा घाइते भएको पाइएको छ । सूचना अधिकारी कँडेलका अनुसार चट्याङ पूर्वानुमान गर्न नसकिने विपद्को सुचीमा रहेको छ । चट्याङ कहाँ कति बेला पर्न सक्छ भन्ने पूर्वानुमान नहुँदा यसको रोकथाममा समस्या रहेको छ । ‘हामीले नागरिकलाई बर्षायाम सुरु भएपछि सचेतनामूलक सामग्री प्रसारण गरेर सचेत बनाउने प्रयत्न गरेका हुन्छौ । त्यो बाहेक यसको रोकथाममा अन्य विकल्प छैन । ’ उहाँले भन्नुभयो ।सूचना अधिकारी कँडेलका अनुसार मकवानपुरको पूर्व पश्चिम लोक मार्ग अन्तरगत मनहरी गाउँपालिका–७ मनहरी बजार, सुनाचुरी र लोथर चट्याङको उच्च जोखिममा रहेको छ । त्यस्तै पूर्व पश्चिम लोक मार्ग हेटौंडा–२, हेटौंडा–१५ चुरियामाई र हेटौंडा– १९ नेवारपानी चट्याङको जोमिममा रहेको छ । यता कान्तिलोकपथ सडक खण्ड अन्तरगत बकैया गाउँपालिका –११ ठिंगन, त्रिभुवन राजपथ सडक खण्ड अन्तरगत थाहा नगरपालिका–६ दामन, सिस्नेरी सडक खण्ड अन्तरगत इन्द्र सरोवर गाउँपालिकाको ३, ४ र फाखेल सडक खण्ड उच्च जोखिममा रहेको छ । त्यस्तै त्रिभुवन राजपथ सडक खण्ड अन्तरगत भीमफेदी गाउँपालिका–१ भैंसे पनि चट्याङको उच्च जोखिममा रहेको छ ।कँडेलका अनुसार भौगोलिक बनावट चट्याङको जोखिम निम्त्याउन सक्ने प्रमुख कारण हो । चट्याङ न्यूनीकरणका लागि ठुला योजना निर्माण नभएता पनि चट्याङबाट प्रभावित पर्न सक्ने भौतिक संरचनाको समयमै व्यवस्थापन, पूर्वाधार निर्माणमा पूर्व योजना, सचेतनामूलक सामग्री प्रसारण लगायतका कार्य जिल्ला विपद् व्यवस्थापन समितिले गर्ने गरेको उहाँले बताउनुभएकाे छ । विकासका दृष्टिकोणले सहरी क्षेत्रमा अर्थिङ जडान हुने हुँदा त्यहाँ चट्याङको जोखिम न्यून हुने ग्रामीण क्षेत्रमा अर्थिङ जडान बिरलै हुने हुँदा उक्त क्षेत्रमा चट्याङको जोखिम उच्च रहने उहाँ बताउनुहुन्छ । जसको प्रत्यक्ष प्रभाव ग्रामीण भेगका बासिन्दा, किसान, ज्याला मजदुरी गर्ने मजदुर र खुल्ला छोडिएका पशु चौपायामा पर्ने गरेको छ । मकवानपुरमा सन् २००० देखि सन् २०२४ सम्ममा चट्याङका १ सय १६ घटना घटेका छन् । उक्त घटनामा ३६ जनाको ज्यान गएको छ भने ३ सय ८१ जना घाइते भएका छन् । चट्याङबाट बितेको २४ वर्षमा १ सय ७९ घरपरिवार प्रभावित भएको छ । ५ घर पूर्ण रूपमा क्षति भएको छ भने ३१ चौपायाको मृत्यु भएको छ । यो बिचमा २१ लाख ५९ हजार रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नु परेको छ ।
गौतमबुद्ध विमानस्थलमा नियमित उडान प्रयास भइरहेको छ: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि प्रयास भइरहेको बताउनुभएको छ ।
बुटवलको सनराइज सहकारी बन्द, अध्यक्ष र कोषाध्यक्ष फरार
बुटवलस्थित सनराइज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका पदाधिकारी फरार भएका छन् । सहकारीका अध्यक्ष आकाश भट्टराई र कोषाध्यक्ष वसन्त भट्टराई सम्पर्कविहीन भएपछि सहकारी चैत ३१ गतेदेखि बन्द छ ।
नेपाली भूमि मिचेर तटबन्ध बनाउँदै
दार्चुला सदरमुकाम खलङ्गामा रहेको नेपाली भूमिमा भारतले धमाधम तटबन्ध निर्माण गरिरहेको छ । दैनिक नेपाली भूमिमा भारतीय डोजर चलिरहँदा स्थानीय प्रशासन, जनप्रतिनिधि मौन रहेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।
तीस वटा भौतिक संरचना अलपत्र
बैतडीमा करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरेका ३० वटाभन्दा बढी भौतिक संरचना उद्देश्य अनुसार प्रयोग नहुँदा अलपत्र परेका छन् । सङ्घ, प्रदेश र स्थानीय तहले निर्माण गरेका शिक्षा, स्वास्थ्य, कृषि, खेलमैदान, सभा हल, मनोरञ्जन पार्क, हवाई उडानदेखि बसपार्क र पुलसम्मका भौतिक संरचना वर्षौंदेखि अलपत्र परेका हुन् । पाटन नगरपालिकामा मात्रै १४ वटा भौतिक संचरना अलपत्र अवस्थामा छन् ।
‘चोरे लात मिल्छ, मागे राज मिल्छ !’
कलकत्ता बजारको पश्चिमतर्फ सुतिया नदीछेउमा बाँस र खरले छाएको सानो कुटिया छ । त्यहीँ दानबहादुर सार्की (दाने) कुटियामा पाँच दशकदेखि जुत्ता सिलाउँदै आउनुभएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–८, कलकत्ता बजारमा सार्कीले जुत्ता, चप्पल र गाडीका टायर सिलाउँदै आउनुभएको हो ।
लालझाडीमा पाँच करोडमा बनेको आधुनिक पार्क अलपत्र
राना थारूको बाक्लो बस्ती भएको कञ्चनपुरको लाल झाडी गाउँपालिका वा.न. १ मा पाँच करोडको लागतमा आकर्षक उद्यान पार्क निर्माण सम्पन्न नहुँदै अलपत्र परेको छ ।
मदन भण्डारी राजमार्ग विस्तार,पूर्वी सुर्खेत खण्ड धमाधम कालोपत्रे
मदन भण्डारी राजमार्गको पूर्वी सुर्खेत खण्डको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । पूर्वी सुर्खेतको भेडाबारीदेखि धुलियाबिटसम्म पर्ने ३५ किमी यो सडकमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ ।
करोडौँ लगानी हुँदा पनि उपलब्धि शून्य
कालीकोटको रास्कोट नगरपालिकामा सरकारले शिक्षामा गरेको वार्षिक २० करोड रुपियाँको लगानीको उपलब्धि भने शून्य जस्तै भएको पाइएको छ । प्रतिवर्ष नगरपालिकाका विद्यालयमा सरकारले झन्डै २० करोड रुपियाँ लगानी गरे पनि नतिजा सोचे जस्तो नआउँदा उपलब्धि नदेखिएको हो ।
बर्खा नलाग्दै बाढी
हुम्लाको दक्षिणी भेगमा पर्ने अदानचुली गाउँपालिकाको श्रीनगर बजारमा वर्षासहितको बाढीले ठुलो क्षति पुर्यायो । बिहीबार बिहानको वर्षाका कारण श्रीनगर बजार क्षेत्र र मुगुको सोरु गाउँपालिका–३, भिहीस्थित बैन्यामा ठुलो क्षति पुगेको हो ।
एकीकृत विशेषज्ञ शिविरबाट लाभान्वित
हुम्ला जिल्लामा जटिल रोगका बिरामीले सुविधासम्पन्न अस्पतालमा उपचार गराउनका लागि बाहिर जानु परेको छैन । चङ्खेली गाउँपालिकाले गाउँमै एकीकृत विशेषज्ञ शिविर सञ्चालन गरेपछि बिरामीलाई उपचारका लागि बाहिर जानु नपरेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा