मकवानपुर चट्याङको उच्च जोखिममा
मकवानपुरगढी, वैशाख ७ गते । गत चैत ३१ गते मकवानपुरमा चट्याङ लागेर एक जनाको ज्यान गयो । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरमा चट्याङ लागेर स्थानीय २८ वर्षीय अविरल थिङले ज्यान गुमाए । आइतबार दिउँसो हावाहुरी पानीसँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमै ज्यान गएको थियो । सोही दिन चट्याङ लागेर दुई स्थानीयसमेत घाइते भए । घाइते हुनेमा स्थानीय मनहरी– ५ का ६२ वर्षीय सिंह बहादुर गोले र १० वर्षीय सौगात गोले रहेका थिए । यसरी चालू आर्थिक वर्ष साउन यता मकवानपुरमा चट्याङ लागेर ६ जना घाइते भएका छन् भने एकको मृत्युसमेत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा चट्याङकै कारण १ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । यता जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका सूचना अधिकारी राजेन्द्र प्रसाद कँडेलका अनुसार नेपालमा धेरै चट्याङ पर्ने जिल्ला मकवानपुर रहेको देखिएको छ । मकवानपुरमा प्राकृतिक प्रकोप चट्याङबाट सबैभन्दा धेरै मानवीय क्षति भएको देखिएको उहाँ बताउनुहुन्छ । साथै दोस्रोमा भूकम्प र तेस्रोमा बाढी तथा पहिरो रहेको पाइएको छ । विगत २४ वर्ष यता जिल्लामा विपद्मा परेर १ सय १६ जनाको मृत्यु भएको छ भने ८ सय ५० जना बेपत्ता तथा घाइते भएको पाइएको छ । सूचना अधिकारी कँडेलका अनुसार चट्याङ पूर्वानुमान गर्न नसकिने विपद्को सुचीमा रहेको छ । चट्याङ कहाँ कति बेला पर्न सक्छ भन्ने पूर्वानुमान नहुँदा यसको रोकथाममा समस्या रहेको छ । ‘हामीले नागरिकलाई बर्षायाम सुरु भएपछि सचेतनामूलक सामग्री प्रसारण गरेर सचेत बनाउने प्रयत्न गरेका हुन्छौ । त्यो बाहेक यसको रोकथाममा अन्य विकल्प छैन । ’ उहाँले भन्नुभयो ।सूचना अधिकारी कँडेलका अनुसार मकवानपुरको पूर्व पश्चिम लोक मार्ग अन्तरगत मनहरी गाउँपालिका–७ मनहरी बजार, सुनाचुरी र लोथर चट्याङको उच्च जोखिममा रहेको छ । त्यस्तै पूर्व पश्चिम लोक मार्ग हेटौंडा–२, हेटौंडा–१५ चुरियामाई र हेटौंडा– १९ नेवारपानी चट्याङको जोमिममा रहेको छ । यता कान्तिलोकपथ सडक खण्ड अन्तरगत बकैया गाउँपालिका –११ ठिंगन, त्रिभुवन राजपथ सडक खण्ड अन्तरगत थाहा नगरपालिका–६ दामन, सिस्नेरी सडक खण्ड अन्तरगत इन्द्र सरोवर गाउँपालिकाको ३, ४ र फाखेल सडक खण्ड उच्च जोखिममा रहेको छ । त्यस्तै त्रिभुवन राजपथ सडक खण्ड अन्तरगत भीमफेदी गाउँपालिका–१ भैंसे पनि चट्याङको उच्च जोखिममा रहेको छ ।कँडेलका अनुसार भौगोलिक बनावट चट्याङको जोखिम निम्त्याउन सक्ने प्रमुख कारण हो । चट्याङ न्यूनीकरणका लागि ठुला योजना निर्माण नभएता पनि चट्याङबाट प्रभावित पर्न सक्ने भौतिक संरचनाको समयमै व्यवस्थापन, पूर्वाधार निर्माणमा पूर्व योजना, सचेतनामूलक सामग्री प्रसारण लगायतका कार्य जिल्ला विपद् व्यवस्थापन समितिले गर्ने गरेको उहाँले बताउनुभएकाे छ । विकासका दृष्टिकोणले सहरी क्षेत्रमा अर्थिङ जडान हुने हुँदा त्यहाँ चट्याङको जोखिम न्यून हुने ग्रामीण क्षेत्रमा अर्थिङ जडान बिरलै हुने हुँदा उक्त क्षेत्रमा चट्याङको जोखिम उच्च रहने उहाँ बताउनुहुन्छ । जसको प्रत्यक्ष प्रभाव ग्रामीण भेगका बासिन्दा, किसान, ज्याला मजदुरी गर्ने मजदुर र खुल्ला छोडिएका पशु चौपायामा पर्ने गरेको छ । मकवानपुरमा सन् २००० देखि सन् २०२४ सम्ममा चट्याङका १ सय १६ घटना घटेका छन् । उक्त घटनामा ३६ जनाको ज्यान गएको छ भने ३ सय ८१ जना घाइते भएका छन् । चट्याङबाट बितेको २४ वर्षमा १ सय ७९ घरपरिवार प्रभावित भएको छ । ५ घर पूर्ण रूपमा क्षति भएको छ भने ३१ चौपायाको मृत्यु भएको छ । यो बिचमा २१ लाख ५९ हजार रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नु परेको छ ।
गौतमबुद्ध विमानस्थलमा नियमित उडान प्रयास भइरहेको छ: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि प्रयास भइरहेको बताउनुभएको छ ।
बुटवलको सनराइज सहकारी बन्द, अध्यक्ष र कोषाध्यक्ष फरार
बुटवलस्थित सनराइज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका पदाधिकारी फरार भएका छन् । सहकारीका अध्यक्ष आकाश भट्टराई र कोषाध्यक्ष वसन्त भट्टराई सम्पर्कविहीन भएपछि सहकारी चैत ३१ गतेदेखि बन्द छ ।
नेपाली भूमि मिचेर तटबन्ध बनाउँदै
दार्चुला सदरमुकाम खलङ्गामा रहेको नेपाली भूमिमा भारतले धमाधम तटबन्ध निर्माण गरिरहेको छ । दैनिक नेपाली भूमिमा भारतीय डोजर चलिरहँदा स्थानीय प्रशासन, जनप्रतिनिधि मौन रहेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।
तीस वटा भौतिक संरचना अलपत्र
बैतडीमा करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरेका ३० वटाभन्दा बढी भौतिक संरचना उद्देश्य अनुसार प्रयोग नहुँदा अलपत्र परेका छन् । सङ्घ, प्रदेश र स्थानीय तहले निर्माण गरेका शिक्षा, स्वास्थ्य, कृषि, खेलमैदान, सभा हल, मनोरञ्जन पार्क, हवाई उडानदेखि बसपार्क र पुलसम्मका भौतिक संरचना वर्षौंदेखि अलपत्र परेका हुन् । पाटन नगरपालिकामा मात्रै १४ वटा भौतिक संचरना अलपत्र अवस्थामा छन् ।
‘चोरे लात मिल्छ, मागे राज मिल्छ !’
कलकत्ता बजारको पश्चिमतर्फ सुतिया नदीछेउमा बाँस र खरले छाएको सानो कुटिया छ । त्यहीँ दानबहादुर सार्की (दाने) कुटियामा पाँच दशकदेखि जुत्ता सिलाउँदै आउनुभएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–८, कलकत्ता बजारमा सार्कीले जुत्ता, चप्पल र गाडीका टायर सिलाउँदै आउनुभएको हो ।
लालझाडीमा पाँच करोडमा बनेको आधुनिक पार्क अलपत्र
राना थारूको बाक्लो बस्ती भएको कञ्चनपुरको लाल झाडी गाउँपालिका वा.न. १ मा पाँच करोडको लागतमा आकर्षक उद्यान पार्क निर्माण सम्पन्न नहुँदै अलपत्र परेको छ ।
मदन भण्डारी राजमार्ग विस्तार,पूर्वी सुर्खेत खण्ड धमाधम कालोपत्रे
मदन भण्डारी राजमार्गको पूर्वी सुर्खेत खण्डको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । पूर्वी सुर्खेतको भेडाबारीदेखि धुलियाबिटसम्म पर्ने ३५ किमी यो सडकमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ ।
करोडौँ लगानी हुँदा पनि उपलब्धि शून्य
कालीकोटको रास्कोट नगरपालिकामा सरकारले शिक्षामा गरेको वार्षिक २० करोड रुपियाँको लगानीको उपलब्धि भने शून्य जस्तै भएको पाइएको छ । प्रतिवर्ष नगरपालिकाका विद्यालयमा सरकारले झन्डै २० करोड रुपियाँ लगानी गरे पनि नतिजा सोचे जस्तो नआउँदा उपलब्धि नदेखिएको हो ।
बर्खा नलाग्दै बाढी
हुम्लाको दक्षिणी भेगमा पर्ने अदानचुली गाउँपालिकाको श्रीनगर बजारमा वर्षासहितको बाढीले ठुलो क्षति पुर्यायो । बिहीबार बिहानको वर्षाका कारण श्रीनगर बजार क्षेत्र र मुगुको सोरु गाउँपालिका–३, भिहीस्थित बैन्यामा ठुलो क्षति पुगेको हो ।
एकीकृत विशेषज्ञ शिविरबाट लाभान्वित
हुम्ला जिल्लामा जटिल रोगका बिरामीले सुविधासम्पन्न अस्पतालमा उपचार गराउनका लागि बाहिर जानु परेको छैन । चङ्खेली गाउँपालिकाले गाउँमै एकीकृत विशेषज्ञ शिविर सञ्चालन गरेपछि बिरामीलाई उपचारका लागि बाहिर जानु नपरेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
विदेशको रहर मारेर गाउँमै कृषि पेसा
पर्वतको ज्योतिष गाउँ भनेर चिनिँदै आएको पाङगाउँका धेरै जसो युवा कामको खोजीमा विदेश गएका छन् । गाउँमा हरेक घरका एक युवा विदेश हिँडेपछि सामाजिक कार्य गर्नुपर्दा युवा देखा पर्न छोडेको अवस्था छ ।
युवाको सक्रियताले परिवर्तन भएको गाउँ
एक घर, एक धारा अभियानमा गण्डकी प्रदेशमा नै उत्कृष्ट बनेको स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ मा रहेको सुन्धौली गाउँमा अचेल छुट्टै रौनक छ । गाउँमा मदिरा र धूमपान निषेध गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
छाडा कुकुरको बन्ध्याकरण
नगरपालिका क्षेत्रभित्र छाडा र भुस्याहा कुुकुरको सङ्ख्या वृद्धि हुँदै गएको भन्दै नेपालगन्ज उपमहानगरले छाडा र भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण गर्ने र रेबिजको खोप लगाउने काम सुरु गरेको छ ।
सुर्खेतमा फोर्स गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु
नवीन सुवेदी सुर्खेत, वैशाख ७ गते । सुर्खेतको वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । आइतबार बिहान कर्णाली प्रदेश ०१००१ ख ०९१५ नम्बरको फोर्स गाडीको ठक्करबाट जुम्लाको हिमा गाउँपालिका ४ का अन्दाजी ५५ वर्षीय कालीबहादुर बुढाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार गाडीको ठक्करबाट टाउकोमा चोट लागि गम्भीर घाइते भएका बुढाको उपचारको क्रममा मृत्यु भएको हो ।
उमेर नपुग्दै विवाह गर्दा सम्बन्धविच्छेद
गुल्मी जिल्ला अदालतमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म २७९ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । तीमध्ये पुरुषसँग सम्बन्धित ३५ मुद्दा दर्ता भएकोमा १३ मुद्दा फस्र्योट भएका छन् ।
नयाँ कार्यालयले बढायो रोजगारी
अनेकन बाधा अवरोध र समस्या झेल्दै महोत्तरीको गौशाला बजारमा मालपोत र नापी कार्यालय स्थापना भएपछि साबिकका २० गाविसका करिब दुई लाख जनताले घरदैलोमै सेवासुविधा मात्र पाएका छैनन्, स्थानीय तहमा रोजगारीको अवसर पनि सिर्जना भएको छ ।
अस्पतालमा प्लास्टिकका झोला प्रतिबन्ध
भरतपुर केन्द्रीय अस्पतालले प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ । प्लास्टिकका झोलाले वातावरण प्रदूषणसँगै फोहोर व्यवस्थापनमा समेत समस्या पारेपछि प्रतिबन्ध लगाएको हो । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलका अनुसार प्लास्टिकका झोलाको प्रयोग कम गर्न पहिलादेखि नै भनिएकोमा अब भने प्रतिबन्ध नै लगाइएको हो ।
सात वर्षमा पनि निर्माण भएन सडक
बर्दियाको ओराली बजारदेखि बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने सबैभन्दा छोटो दुरीको सडकका नामले परिचित मधुवन नगरपालिका–२ को खैरेनी कुस्मनिया सडक असफाल्ट कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भएको सात वर्ष हुँदा पनि निर्माण सम्पन्न हुन सकेको छैन् ।
यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोडभन्दा बढी राजस्व सङ्कलन
यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा रु. २३ करोड ५४ लाख ३० हजार ९८० राजस्व सङ्कलन गरेको छ ।
तातोपानी धाराको स्तरोन्नति
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ मा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल तातोपानी धारामा स्नान गृहसहितका सुविधा थप गरिएको छ । भोटेकोशी गाउँपालिकाले तातोपानी धाराको विकास र प्रवर्ध
सामाजिक सञ्जाल दर्ता
लोकतान्त्रिक पद्धतिले व्यक्तिको स्वतन्त्रतालाई उच्च महत्व दिन्छ ।