• ७ वैशाख २०८२, आइतबार

अस्पतालमा प्लास्टिकका झोला प्रतिबन्ध

blog

चितवन समाचारदाता

चितवन, वैशाख ७ गते  । भरतपुर केन्द्रीय अस्पतालले प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ । प्लास्टिकका झोलाले वातावरण प्रदूषणसँगै फोहोर व्यवस्थापनमा समेत समस्या पारेपछि प्रतिबन्ध लगाएको हो । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलका अनुसार प्लास्टिकका झोलाको प्रयोग कम गर्न पहिलादेखि नै भनिएकोमा अब भने प्रतिबन्ध नै लगाइएको हो ।

 अस्पतालको वार्षिक उत्सवबाट औपचारिक रूपमा प्रयोग गर्न नपाउने सूचना नै प्रकाशित गरेर रोक लगाइएको छ । अस्पतालको फार्मेसी र अस्पतालभित्रका खाजा घरमा पनि प्लास्टिकका झोला प्रयोगमा रोक लगाइएको छ । फार्मेसीमा औषधी दिँदा र खाजाघरमा कागजको झोलाको प्रयोग गरिएको छ । सकेसम्म सेवाग्राही आफैँले झोलाको व्यवस्था गर्नुपर्ने भनिएको छ । 

अस्पतालमा बिरामी भेट्न आउँदा कागजका झोला र कपडाका झोला प्रयोग गर्न अस्पतालले बिरामीका आफन्तलाई आग्रह गरेको छ । अस्पतालले कुनै पनि कार्यव्रmममा प्लास्टिकका सामग्रीको प्रयोग नगर्ने मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा पौडेलले बताउनुभयो । अस्पतालमा दैनिक दुई हजार पाँच सय बिरामीले ओपिडी टिकट काट्दै आएका छन् । धेरै बिरामीको चाप भएपछि फोहोर व्यवस्थापनमा अस्पतालमा समस्या हँुदै आएको थियो । अस्पताल आफैँले अक्सिजन प्लान्टसमेत सञ्चालनमा ल्याएको छ । योबाहेक कुहिने फोहोरबाट ऊर्जा उत्पादनसमेत गरेको डाक्टर पौडेलले जानकारी दिनुभयो ।