• ७ वैशाख २०८२, आइतबार

नृत्य प्रतियोगितामा अनुष्का प्रथम

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, वैशाख ७ गते । काल्खु मेलामा भएको खुला नृत्य प्रतियोगितामा कोल्माकी अनुष्का गुरुङ च्याम्पियन बन्नुभएको छ । जनसम्पर्क युवा क्लबले आयोजना गरेको मेलामा आयोजित खुला नृत्य प्रतियोगितामा ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै अनुष्का प्रथम बन्नुभएको हो । कोल्माकै साइसा गुरुङ द्वितीय, पोखराका दिपेश सुनार तृतीय र बयारघारीका विक्रम गुरुङले सान्त्वना स्थान हात पार्नुभएको हो । 

खुला नृत्य प्रतियोगितातर्फ प्रथम अनुष्काले आठ हजार, द्वितीय साइसाले छ हजार, तृतीय दिपेशले चार हजार र सान्त्वना बन्नुभएका विक्रमले दुई हजार नगद प्राप्त गरेको क्लबका सल्लाहकार जीवन थापामगरले बताउनुभयो ।