• ७ वैशाख २०८२, आइतबार

‘तिम्रो स्पर्शले’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ७ गते । गायक नारायण थापा र बेनिशा पौडेलको आवाजमा नयाँ गीत ‘तिम्रो स्पर्शले’ सार्वजनिक भएको छ । ‘जि मिडिया कनेक्सन’ युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो । प्रतीक्षा काफ्ले र राज टाइगरको अभिनय रहेको गीतमा पुरुषोत्तम बस्नेतको शब्द र गायक थापाकै सङ्गीत छ । गीतमा दिनेश पराजुलीको छायाङ्कन, प्रकाश धितालको निर्देशन एवं राकेश दाहालको सम्पादन रहेको छ । गीतमा प्रेमील जोडीले प्रकृति र पवित्र प्रेमलाई विम्बमार्फत कलात्मक ढङ्गले प्रस्तुत गर्न खोजेका छन् ।