ठेचोमा मण्डला प्रतियोगिता
युवापुस्तामा मण्डलाको महत्वबारे जानकारी गराउने उद्देश्यले कात्तिक १७ गते गोदावरीमा मण्डला प्रतियोगिता आयोजना हुने भएको छ ।
सृष्टिलाई उपाधि
पोखरा काजीपोखरीकी सृष्टि खड्का यस वर्षको मिस पोखरा बन्न सफल हुनुभएको छ ।
डेनिला मिसेस नेपाल वर्ल्ड
विवाहित महिलाको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड, २०२४ को उपाधि डेनिला कार्कीले हात पार्नुभएको छ ।
सिस्नुपानीको देउसीभैलो
कला, संस्कृतिको संरक्षण र संवर्धन गर्ने उद्देश्यले सिस्नुपानी नेपाल मकवानपुरले देउसीभैलो विशेष हास्यव्यङ्ग्य कार्यक्रम गरेको छ ।
अमेरिकामा ‘बेहुली फ्रम मेघौली’
दर्शकको मागका कारण नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ पुनः अमेरिकाका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ ।
छपन्न सडक बालबालिकाको उद्धार
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले कार्यभार समाल्नुभएको एक सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ ।
दक्ष जनशक्ति उत्पादनको तयारी
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनशक्ति उत्पादन गर्नका लागि ‘क्लिनिकल फेलोसिप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
अपराध अनुसन्धानमा नवीन प्रयोग आवश्यक
प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले फौजदारी न्याय प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि नवीन प्रविधि र प्रयोगलाई अनुसरण गर्नुपर्ने बताउनुभएको छ ।
सम्झनलायक जितसहित नेपाल फाइनलमा
रातो कार्ड, एक गोलले पछाडि, प्रीति राईको गोल अमान्य र तनावले करिब एक घण्टाको खेल रोकिनु जस्ता प्रतिकूल परिस्थितिलाई चिर्दै नेपालले आइतबार परम्परागत प्रतिद्वन्द्वी भारतलाई टाइब्रेकरमा ४–२ ले हराएर साफ महिला फुटबल च्याम्पियनसिप २०२४ को फाइनलमा स्थान बनाएको छ ।
श्रमिकलाई बढाइएको आर्थिक सहायता लागु
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतकका परिवार र अङ्गभङ्ग वा गम्भीर बिरामी भएकाका लागि बढाइएको आर्थिक सहायता लागु भएको छ ।
थाई एयर एसियालाई प्रतिबन्ध
नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको जहाजलाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा नियमित र चार्टर उडान गर्न प्रतिबन्ध लगाएको छ ।
अण्डाको मूल्य वृद्धि, किसानलाई राहत
गत भदौ पहिलो सातादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य वृद्धि हुन थालेसँगै उत्साहित बनेका छन् । किसानले लागत मूल्यनजिक बिक्री गर्न पाएका छन् ।
पोषण अवस्थामा सुधार ल्याउन सहयोगको खाँचो
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले मधेश प्रदेशमा पोषण अवस्थामा सुधार ल्याउन सरोकारवाला सबैको सहयोग आवश्यक भएको बताउनुभएको छ ।
पुष्प मेलामा एक करोड १८ लाख रुपियाँको कारोबार
जवलाखेल मैदानमा आयोजित १७ औँ गोदावरी पुष्प मेला आज सम्पन्न भएको छ । चार दिन चलेको मेलामा ४३ हजार ६ सय जनाले अवलोकन गरेका छन् । मेलामा एक करोड १८ लाख रुपियाँको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालका पूर्वअध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो ।
भारतलाई ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश
साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
साफ महिला च्याम्पियनसिप पुनः सुरु
साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि लामो समय स्थगित खेल पुनः सुरु भएको छ ।
बोलिभियाका पूर्व राष्ट्रपतिको कारमा गोली प्रहार
बोलिभियाका पूर्व राष्ट्रपति इभो मोरालेसले आइतबार आफ्नो कारमा गोली प्रहार गरिएको बताउनुभएको छ । केन्द्रीय शहर कोचाबाम्बामा रेडियो अन्तर्वार्ताका लागि यात्रा गर्दा बन्दुकधारीहरूले आफ्नो कारमा गोली प्रहार गरेको र चालक घाइते भएको उहाँले बताउनुभयो ।
मुलुकले दिएको जिम्मेवारी पूरा गर्न लाग्छु : राष्ट्रपति पौडेल
मुलुकले दिएको जिम्मेवारी पूरा गर्न लाग्छु : राष्ट्रपति पौडेल
सुनको सिक्री लुट्ने दुई प्रहरीको नियन्त्रणमा
हेटौँडा उपमहानगरपालिका ११ थानाभर्याङस्थित राप्ती खोलाको बगरमा खुकुरी देखाइ सुनको सिक्री लुट्नमा संलग्न दुई जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालको गोललाई मान्यता नदिएपछि रंगशालामा होहल्ला
साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि तनाव सिर्जना भएको छ ।
लेबनानमा इजरायली हवाई आक्रमणमा १५ को मृत्यु, पाँच घाइते
दक्षिणी लेबनानमा आइतबार बिहान इजरायली हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
ठमेललाई भेट्रान्स फुटबल उपाधि
भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि ठमेल टुरिजम डेभलपमेन्ट काउन्सीलले जितेको छ ।
नेपाल र भारतबिचको पहिलो हाफ गोलरहित बराबरी
साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारतबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
सरकार एआईसम्बन्धी नीति निर्माणका क्रममा छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले इन्टेलिजेन्स आर्टिफिसियल (एआई) र रोबर्टजन्य यन्त्रको प्रयोगले नेपालको समृद्धिको यात्रालाई तीव्र गति दिने सम्भावनालाई ध्यानमा राख्दै सरकार यससम्बन्धी नीति निर्माणमा लागिपरेको बताउनुभएको छ।