• १२ कात्तिक २०८१, सोमबार

साफ महिला च्याम्पियनसिप पुनः सुरु

blog

काठमाडौं, कात्तिक ११ गते । साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि लामो समय स्थगित खेल पुनः सुरु भएको छ । 

भारतका खेलाडीले गोल गरेर खुसीयाली मनाउँदै गर्दा नेपालले गोल गरेको पछि त्यसलाई मान्यता नदिएपछि होहल्लाका साथै तनाव सुरु भएको थियो । 

हाफ टाइमपछि नेपालकी अग्र पङ्क्तिकी खेलाडी रेखा पौडेलले रातो कार्ड पाएपछि खेलमा विवाद उत्पन्न भएको थियो । दशरथ रङ्गशालामा जारी खेलमा भारतीय खेलाडीलाई फाउल गरेको भन्दै रेफ्रीले नेपालकी फरवार्ड रेखा पौडेललाई दोहोरो पहेँलो कार्ड देखाउँदै रातो कार्ड दिइएको थियो । 

यो पनि पढ्नुहोस

नेपालको गोललाई मान्यता नदिएपछि रंगशालामा होहल्ला