९९ वर्षीय गुरुङद्वारा स्टेचरमा आएर पुनः मतदान
अमरराज नहर्कीतनहुँ, जेठ ४ गते । तनहुँमा एक ९९ वर्षीय वृषसिंह गुरुङले स्टेचरमा आएर पुनः मतदान गर्नुभएको छ । व्यास नगरपालिकाको नगर प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीबाट कुटपिट भएपछि रोकिएको मतदान केन्द्रमा बुधबार पुनः मतदान गर्नुभएको हो । व्यास नगरपालिका वडा नं. ८ को २ वटा मतदान केन्द्रमा बुधबार पुनः मतदान गरिएको थियो । निर्वाचन आयोगको शनिबार भएको निर्णयानुसार शुक्रबार भएको मतदानलाई रद्ध गरी पुनः मतदान गर्नु भनी निर्देशन भई आएकाले बुधबार पुनः मतदान भएको हो । वडा नम्बर ८ को रिस्तीस्थित पुरानो गाविस भवन फेदी क र ख केन्द्रमा पुनः मतदान भइरहेको छ । यसअघि वैशाख ३० गते पनि गुरुङले मतदान गर्नुभएको थियो । बुधबार गुरुङले दोस्रो पटक मतदान गर्नुभएको हो । मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाका अनुसार विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म पुनः मतदान हुँदैछ ।
प्रधानसेनापति र फ्रान्सेली कार्यवाहक राजदूतबीच भेटवार्ता
प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि मित्रराष्ट्र फ्रान्सका कार्यवाहक राजदूत लिला डेभराज्वलाउबीच भेटवार्ता भएको छ।
सार्वजनिक यातायातको भाडा बढ्यो
यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै सो जानकारी दिएको हो।
टेकुका स्थानीयको विरोधले उपत्यकाको फोहोर उठेन
काठमाडौंका सडकमा फेरि फोहोर थुप्रिन थालेको छ । उपत्यकाका सडक र गल्लीमा थुप्रिएको फोहोर उठाउन नसक्दा फेरि फोहोर थुप्रिन थालेको हो।
प्रतिनिधिसभामा आठ अध्यादेश पेश : अर्को बैठक बुधबार बस्ने
प्रतिनिधिसभाको बैठक मङ्गलबारबाट सुरु भएको छ। बैठकको पहिलो दिन आज आठ अध्यादेश पेश भएको छ।
हाेमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयाे
काठमाडौं, जेठ ३ गते । होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२२ मङ्गलबार विभिन्न कार्यक्रम गरी मनाइएकाे छ । मितिनी नेपालकाे आयाेजनामा 'हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार' भन्ने नाराका साथ आज यो दिवस मनाइएको हो । कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन प्रमुख अतिथीको रुपमा रहनुभएको हो भने महिला आयोग, समावेशी आयोग, सूचना आयोगका आयुक्तको साथै कलाकारको पनि बाक्लो उपस्थिति रहको थियो । संस्थाकी कार्यकारी अध्यक्ष सरिता केसीले महिला र पुरुषको जस्तै लैङ्गिक, अल्पसङ्खयक समुदायको पनि अधिकार हुने भएकाले यो दिनलाई विशेष दिनका रुपमा मनाउने गरेकाे बताउनुभयो ।यस्तै, कार्यक्रममा लैंगिक तथा यौनिक अल्पसंख्यकहरुसँग जोडिएको 'हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार' नामक पुस्तक पनि सार्वजनिक गरिएको हो । नीति निर्माता, सरोकारवाला, संघसस्थाको ध्यानआकर्षण गराउन आजको दिनले प्रमुख भूमिका खेलेको उपराष्ट्रपति पुनको भनाइ छ । जाे जस्ताे छ, त्यस्तै रुपमा स्विकार गर्नुपर्ने र लैङ्गिक, अल्पसङ्खयक समुदायको भावनाकाे कदर गर्नुपर्नेसमेत पुनले बताउनुभयाे । होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस हरेक वर्षको मे १७ मा विश्वव्यापी रुपमा यौनिक तथा लैङ्गिक विविधता भएको समुदायले मनाउने गर्दछन् ।सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैङ्गिकलाई मानसिक रोगको सूचीबाट हटाई समलैङ्गिकता हुन प्राकृतिक प्रक्रिया हो भनी घोषणा गरिएको दिनको स्मरण गर्दै विश्वव्यापी रुपमा हाेमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ ।
प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण (फाेटाे फिचर)
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना भाइ स्वर्गीय प्रेमबहादुर देउवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रधानमन्त्री देउवाले पशुपतिस्थित आर्यघाट जानु भई भाइ प्रेमबहादुरको पार्थिव शरीरमा नेपाली कांग्रेसको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
काठमाडौं महानगर प्रमुखमा ९ हजार ४९९ मतसहित साहकाे अग्रता
काठमाडौं महानगर प्रमुखमा ९ हजार ४९९ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साह पहिलो स्थानमै हुनुहुन्छ । प्रमुखमा नेकपा एमालेका केशव स्थापित पाँच हजार १९६ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह ४ हजार ५४० मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
मुसिकोट नगरमा एमालेका खरेल र श्रेष्ठ विजयी
गुल्मीको मुसिकोट नगरपालिकामा नेकपा एमालेका जीवन खरेल ७ हजार ३९९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरीनारायण सापकोटाले ६ हजार ६०६ मत प्राप्त गर्नुभएको छ ।
अमेरिकाद्वारा मकवानपुरमा पुनर्निर्मित स्वास्थ्य चौकी उद्घाटन
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्ल्यु बेरी मकवानपुरस्थित काँकडा स्वास्थ्य चौकीको उद्घाटन समारोहमा सहभागी हुनुभएको छ ।
मर्यादित लोेकतान्त्रिक अभ्यासका लागि स्थायित्वको पक्ष अनिवार्य – महासचिव पोखरेल
गाेरखापत्र अनलाइनकाठमाडाैं, जेठ ३ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतान्त्रिक अभ्यासलाई मर्यादित बनाउन लोकतन्त्रको स्थायित्व अनिवार्य पक्ष रहेको बताउनुभएको छ । स्वर्गीय जननेता मदन भण्डारी र जीवराम आश्रितको २९ औं स्मृति दिवसमा राजधानीमा आयोजित कार्यक्रममा उहाँले मर्यादित लोकतन्त्रका लागि जुन प्रकारको कमी छ त्यसलाई मनन गर्दै स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।मदन–आश्रितप्रति श्रद्धासुमन व्यक्त गर्नुहुदै “२०४९ सालसम्म जुन प्रकारको संशोधन प्रस्ताव जननेता मदन भण्डारीले गर्नुभएको थियो, २०५४ सालमा स्वायत्त शाषण विधेयकको माध्यमबाट स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने काम ग¥यौं”, उहाँले भन्नुभयो, “यसलाई जनताको भरोसायोग्य बनाउने कुरामा एमालेले खेलेको भूमिकामा भण्डारीकोयोगदान छ ।”लोकतन्त्रको स्थायित्व र विकासका लागि पनि यो महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । स्थानीय निर्वाचन विभिन्न ढंगले प्रभावित पार्न खोजिएको भन्नुहुदै उहाँले प्राविधिक रुपमा गठबन्धन बलियो देखिए पनि जनमतको हिसाबले एमाले पहिलो भएको उहाँले बताउनुभयो । एमालेसँग एक्लै मुकमबिला गर्ने आँट कसैसँग नभएको र चुनावबाट पनि यो प्रमाणित भएको उहाँले बताउनुभयो ।
लुम्बिनीको सुरक्षा व्यवस्थापकलाई गृहमन्त्रीको धन्यवाद
गृहमन्त्री बालकृष्ण खाणले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनीमा भएको भ्रमणमा सरकारका विभिन्न निकायले गरेको सुरक्षा प्रबन्ध र व्यवस्थापनप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
बुद्ध जयन्तीमा स्वयम्भू (फोटो फिचर)
काठमाडौं, जेठ २ गते। विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६६ औँ जन्म जयन्ती नेपालसहित विश्वभर मनाइएको छ। ‘एसियाको तारा’को उपनामले चिनिनुहुने बुद्धले २९ वर्षसम्म पिताद्वारा प्रदत्त राजसी सुखमा बिताउनुभएको थियो। संसारमा व्याप्त दुःखको कारण र त्यसको निवारण के होला भनी उहाँ राजकुमार रहे पनि सँधै चिन्तित रहनुहुन्थ्यो।सिद्धार्थ बुद्धको कथा अनुसार उहाँको पूर्वजन्ममा बोधिसत्व भएकाले दुःखको कारण र दुःखको निवारण भारतका विभिन्न ठाउँमा सात वर्षसम्म तपस्या गर्दै हिँड्नुभयो। तपस्याबाट प्राप्त ज्ञानलाई उहाँले प्रचार गर्नुभयो। त्यही उहाँको सन्देशलाई आज विश्वभरका बौद्धधर्मलम्बीले अनुसरण गर्दै आएका छन्। बुद्ध जयन्तीको अवसरमा काठमाडौंको स्वयम्भूमा देखिएको चहलपहल तस्बिरमा :
लागूऔषध गाँजासहित एक पक्राउ
तनहुँ प्रहरीले लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–३२ बस्ने २३ वर्षका अमन भुजेल रहेका छन् ।
हामोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै
होमोफोविया, बाइफोविया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मङ्गलबार मनाइदै छ । ‘हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार’ भने नाराका साथ दिवश मनाउन लागिएको हो ।
हुप्सेकोटको पाँच वडामा कांग्रेसको प्यानल विजयी, अध्यक्ष र उपाध्यक्षमा अग्रता
छ वटा वडा रहेको हुप्सेकोट गाउँपालिकामा पाँच वटा वडामा मतगणना सम्पन्न भइसकेको छ । मतगणना सकिएका सबै वडामा नेपाली कांग्रेसका उम्मेद्वारहरु विजयी भएका छन् ।
विजय उत्सव मनाउन सुरु
भोटराज राईउदयपुर, जेठ २ गते । उदयपुरमा मगगणनाको अन्तिम परिणाध धमाधम आउन थालेपछि विजय उत्सवको लहर बढेको छ । आठ स्थानीय तह मध्ये एउटा पालिका र विभिन्न वडाहरुको अन्तिम मत परिणाम सार्बजनिक भएसँगै विजय जुलुस, सभा, र्यालीको सुरुवात भएको लिम्चुङबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले बताउनुभयो । लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट जीत भएको छ । सो पालिकाको अध्यक्षमा गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र) का मेजरकुमार राई, उपाध्यक्षमा गठबन्धनकै नेपाली काङ्ग्रेसका पुष्पलाल राई, १ नं. वडाध्यक्षमा जनदिप मगर, २ नं. मा जितेन राई, ३ नं. गुरुमणी कुमाई, ४ नं. मा क्षत्र राई र ५ नं. मा बसन्त राईको विजय हाँसिल भएको छ । उपाध्यक्षसहित चार वडाको नेतृत्व गठबन्धनको र एक वडाको नेतृत्व स्वतन्त्रले पाएको हो । सो पालिकामा विजय उत्सव मनाइएको छ । वडावडामा विजय उत्सव कार्यक्रम आज राखिएको छ । गणना भइरहेका नगरपालिकाहरु बेलका, चौदण्डीगढी तथा गाउँपालिकाहरु ताप्ली, उदयपुरगढी, रौतामाईका विभिन्न वडाको जीतमा विजय उत्सव मनाइदैछ । जनताले पाँचवर्षको विकासको बाटो कोर्नका लागि चुनेको जनप्रतिनिधिको विजयको खुसीयालीमा फुलमाला, अबिरले सजाउने गरेका छन् । हालसम्म २० वटा जति वडाहरुको अन्तिम परिणाम आइसकेको छ । वडा नेतृत्वमा गठबन्धनको अग्रस्थान रहेको छ ।
इलामको माङसेबुङ गाउँपालिका अध्यक्षमा एमालेका हेमन्त राई विजयी
इलामको माङसेबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार हेमन्त राई विजयी बन्नुभएको छ । गाउँपालिका उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी हुनु भएको हो । गठबन्धनका तर्फबाट उम्मेद्वारी दिनु भएका नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३ सय २३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी बन्नु भएको हो ।
सत्यवतीमा नेकपा एमालेका टीकाराम पाण्डे विजयी
गुल्मीको सत्यवती गाउँपालिकामा नेकपा एमालेका टीकाराम पाण्डे विजयी हुनुभएको छ । पाण्डेले ६ हजार २६७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका पारीश्वर ढकालले ५ हजार ६११ मत प्राप्त गर्नुभएको हो ।
२५६६ औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइयाे (फाेटाे फिचर)
विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६६ औँ जन्म जयन्ती नेपाललगायत विश्वभर धुमधामका साथ मनाइएको छ । नेपालको लुम्बिनी प्रदेशको लुम्बिनीस्थित तिलाराकोटको राजदरबारमा आजभन्दा २५६६ वर्षअघि राजा शुद्धोधन र रानी मायादेवीको एक्लो सन्तानको रुपमा जन्म भएको हो । ‘एसियाको तारा’को उपनामले चिनिनुहुने बुद्धले २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताउनुभएको थियो ।
जलविद्युत्, विकास र सम्पर्क सञ्जाल विस्तारमा केन्द्रित हुने
प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज मध्याह्न यहाँ हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित हुने भएको छ । दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच हुने वार्तामा आपसी हित र चासोका समग्र पक्षमा विचारविमर्श हुनाका साथै व्यापार, पर्यटन, लगानी, जनस्तरको सम्पर्क एवं सम्बन्ध अभिवृद्धिबारे पनि छलफल हुनेछ ।
सर्लाहीका ३६ वडाको नतिजा : १५ वडामा काँग्रेसको जित
आइतबार साँझसम्म सर्लाहीको ३६ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
त्रिभुवन विश्वविद्यालयले दुई दिन सार्वजनिक बिदा नदिने
काठमाडौं, जेठ १ गते । त्रिभुवन विश्वविद्यालय (त्रीवी )ले दुई दिन सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । त्रीवीको सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार सूचना निकाल्दै विद्यार्थीको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवालगायत अन्य सेवालाई नियमित रुपमा सञ्चालन गर्ने जनाएको हो । सूचनामा विश्वविद्यालयमा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिका पहिले नै निर्धारण भइसकेको हुँदा अर्को सूचना जारी नभएसम्म विश्वविद्यालयका सेवा सञ्चालन गर्ने उल्लेख छ । मन्त्रिपरिषद्को वैशाख १३ गतेको निर्णय अनुसार गृह मन्त्रालयले चैत २६ गते नेपाल राजपत्रको सूचनामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । हप्तामा दुई दिन विदा कार्यान्वयन भएपछि कार्यालय समय भने सोमबारदेखि शुक्रबारसम्म बिहान ९ः३० देखि ५ः३० सम्म तोकेको छ । सरकारले कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यलय समय ९ः३० देखि ४ः३० सम्म तोकेको छ । यस्तै, सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिइने राजप्रत्रमा उल्लेख छ ।
भारतका प्रधानमन्त्री मोदी साेमबार लुम्बिनी आउनुहुँदै
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी सोमबार विहान लुम्बिनीमा भ्रमणको लागि आउनु हुनेभएको छ । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनय मोहन क्वात्रालगायत ११ सदस्यीय टोलीसहित प्रधानमन्त्री मोदी औपचारिक भ्रमणमा लुम्विनी आउनु हुने भएको हो ।