विवादका कारण स्थगित दुई पालिकाको मतदान प्रक्रिया अझै सुरु भएन
स्थानीय तह सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेकाे अवस्थामा ७५३ पालिकामध्ये विवादका कारण स्थगित दुई पालिकाको मतदान प्रकृया अझै सुरु हुन सकेको छैन । बाजुराको बुढीगंगा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना रोकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उदयपुरको त्रियुगा नगरपालिकामा मतदान चल्दाचल्दै विवाद भएर मतदान प्रकृया नै रोकिएको थियो ।
स्थानीय निर्वाचनमा १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी
देशका सातै प्रदेशका विभिन्न स्थानीय तहको प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारहरु निर्वाचित हुनुभएको छ । यो समाचार तयार पार्दासम्म निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रदेशगतरुपमा विजयी स्वतन्त्र उम्मेदवारको अवस्था निम्न अनुरुपको छ ।
भंगहा नगरपालिका मेयरमा लोसपा उपमेयरमा काँग्रेस विजयी
महोत्तरीको भंगहा नगरपालिकामा प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल र उपमेयरयमा नेपाली काँग्रेस पार्टीका उम्मेदवार विजयी हुनुभएको छ । भंगहा नगरपालिकाको मेयरमा लोसपा नेपालका संजिव साह र उपमेयरमा नेपाली काँग्रेसका शान्तिकुमारी सिंह निर्वाचित हुनुभएको छ ।
सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्छाैं : श्रममन्त्री कृष्णकुमार श्रेष्ठ
कपिल ज्ञवालीसिद्धार्थनगर, जेठ ८ गते । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातवटै मन्त्रालयमा प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । शिक्षालय स्थापनाको लागि आवश्यक अध्ययनका लागि बुटवलस्थित कोरिया नेपाल बहुप्राविधिक शिक्षालयको मन्त्री कृष्णकुमार श्रेष्ठसहितको टोलीले अवलोकन गरेको छ । अवलोकनपछि मन्त्री श्रेष्ठले सात वटै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने सरकारको योजना रहेको बताउनुुभयो । उहाँले देशमै नमुना मानिएको शिक्षालयको अवलोकनपछि सातवटै प्रदेशमा यस्तो शिक्षालयको आवश्यकता झनै महसुस भएको बताउनुुभयो ।मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि स्वदेश र विदेशमा सिपयुुक्त प्राविधिक जनशक्ति निर्माण गर्ने योजना अघि सारेको बताउनुुभयो ।मन्त्रालयका निमित्त सचिव एंव मन्त्रालयका प्रवक्ता डण्डुुराज घिमिरेले चाहेजति सिप दिन नसकेकाले त्यस्तो जनशक्ति निर्माणका लागि सात वटै प्रदेशमा प्रशिक्षण केन्द्रहरु स्थापनाका लागि अध्ययन अनुसन्धान गर्न कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयको अवलोकन गरिएको बताउनुुभयो ।उक्त अवसरमा शिक्षालयका उपप्रमुख इञ्जिनियर किरण काफ्लेले डिप्लोमा इन इञ्जिनियरिङ कार्यक्रम अन्र्तगत अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, मेकानिकल र रिग्रेरिशन तथा एयर कन्डिशनका कक्षा सञ्चालनमा रहेको बताउनुुभयो । कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयमा ८ सय विद्यार्थी अध्ययनरत छन् ।बुटवल १२ तामनगरमा रहेको कोरिया नेपाल बहुुप्राविधिक शिक्षालय अवलोकन । तस्वीर ः कपिल ज्ञवाली ।
तीन दिनदेखि चितवन अन्धकार
विद्युत अवरुद्ध हुँदा चितवन विगत तीन दिन देखि अन्धकारमय भएको छ । गत शुक्रवार पानीसँगै आएको हावाहुरीले विजुलीको पोल भाचेपछि अवरुद्ध भएको विजुली अझै मर्मत सुधार हुन नसक्दा चितवन अन्धकारमै बनेको हो ।
मकवानपुरमा 'पिकअप' दुर्घटना : चार जनाको मृत्यु
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा वडा नम्बर २ स्थित कुलेखानी ड्याम नजिक पिकअप गाडी दुर्घटन हुँदा चार जनाको मृत्यु भएको छ।
तीन दिनदेखि उच्च रक्तश्राव भएकी सुत्केरीको उद्धार
एक जना सुत्केरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। सुत्केरी भएको तीन दिनसम्म लगातार रक्तश्राव नरोकिएपछि हेलिकप्टरबाट उद्धार गरिएको हो।
विकास निर्माणको काम अवरुद्ध
निर्माण व्यवसायीको हडताल (कन्स्ट्रक्सन होलिडे)का कारण पूर्वाधार निर्माणको मुख्य समय (सिजन)मै विकास निर्माणको काम अवरुद्ध भएको छ । निर्माण सामग्रीको मूल्य तीन गुणासम्म बढेकाले सम्झौता भएका सम्पूर्ण आयोजनामा बढेको मूल्य समायोजन गर्नुपर्ने माग गर्दै निर्माण व्यवसायीले सम्पूर्ण निर्माण कार्य एक महिनादेखि बन्द गर्दै आएका छन् । बन्दका कारण करिब पाँच हजार ठेक्काको काम अवरुद्ध हुँदा चालू आर्थिक वर्ष २०७८/७९ मा पुँजीगत खर्चसमेत अवरुद्ध भएको छ ।
११ उपमहानगरपालिका : कहाँ कसको अग्रता ?
देशैभरमा ११ उपमहानगरपालिकामध्ये प्रमुखमा गठबन्धनका तर्फबाट मधेस प्रदेशको जीतपुर सिमरा र लुम्बिनी प्रदेशको नेपालगञ्ज गरी दुई उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भइसकेको छ।
महिला हिंसासम्बन्धी भिडियोको छानबिन गर्न पाँच सदस्यीय समिति गठन
काठमाडौं, वैशाख ६ गते। गृह मन्त्रालयले केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा सम्बन्धमा प्रकाशित भिडियोबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।सो भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति बनाएको छ।प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहनुभएको छ। समितिले शुक्रबारबाटै काम सुरु गरेको जानकारी पनि गृह मन्त्रालयले दिएको छ।
बलात्कारविरुद्ध कडा कानुन बनाउन डा. आरजुको अनुरोध
काठमाडौं, जेठ ६ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले बलात्कारसम्बन्धी कानून संशोधन गर्न संसद्लाई अनुरोध गर्नुभएको छ।उहाँले बलात्कारको कानून संशोधनका लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र उक्त कानून छिटो प्रक्रिया (फास्ट ट्रयाक) बाट पारित गर्न पनि संसद्लाई अनुरोध गर्नुभएको छ।यसबारे सामाजिक सञ्जालमार्फत् धारणा शुक्रबार सार्वजनिक गर्नुहुँदै डा. देउवाले भन्नुभएको छ, ‘‘बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्छन्। उनीहरूका लागि जिन्दगीको सबैभन्दा त्रासद् क्षणमा पुगेर समयको घडी ठप्प रोकिएजस्तो हुन्छ।’’बलात्कारको पीडाबारे बोल्ने र कानूनी उपचार खोज्ने कुनै समय सीमा नभएको उहाँको भनाइ छ। डा. देउवाले न्यायको लडाइँ सुरु गर्ने साहस जुटाउन धेरै वर्ष लाग्नसक्ने बताउनुभयो। उहाँले भन्नुभएको छ, ‘‘अन्य राष्ट्रहरूले दशकौंपछि पनि बाल यौन दुराचारी र बलात्कारीमाथि अभियोग लगाउन र कानूनी कठघरामा ल्याउन अनुमति दिने समय सीमा रहेका कानूनहरू परिवर्तन गरेका छन्।’’बलात्कारको उजुरी दिने समय सीमाबारे प्रश्न गर्दै डा. देउवाले भन्नुभएको छ, ‘‘अपराध सबै अपराध नै हुन्, कुनै अपराधमा २० औं वर्षपछि पनि अभियोग लगाउन सकिन्छ भने बलात्कारीलाई एक वर्षभित्र अभियोग लगाउनुपर्ने समय सीमा किन ?’’नेपालले अब कानून परिवर्तन गर्दै समय सीमा हटाएर महिलालाई सुरक्षाको प्रत्याभूति दिन ढिलाइ गर्नु नहुने उहाँको भनाइ छ। ‘‘एकजना बैनीले आफूमाथि भएको बलात्कारको पीडाबारे सार्वजनिक रूपमा बोल्ने हिम्मत गरिन्, म उनको साहसलाई कदर गर्छु’’, उहाँले थप्नुभयो।यससम्बन्धी कानुनलाई शीघ्र पारित गर्न आग्रह गर्नुभएको छ। साथै उहाँले महिला हिंसाबाट बचाउन सम्बन्धित निकायलाई अनुरोधसमेत गर्नुभएको छ। उहाँले थप्नुभएको छ, ‘‘म नेपाल सरकार र विशेष गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई बलात्कारको कानून संशोधनका लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र संसद्लाई उक्त कानून फास्ट ट्रयाकबाट पारित गर्न अनुरोध गर्दछु।’’
सरकारी शिक्षकको पोशाक परिवर्तन
काठमाडौं, जेठ ६ गते। सरकारी विद्यालयका शिक्षकको पोशाक परिवर्तन भएको छ। शुक्रबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाई र सबै स्थानीय तहलाई पत्र लेख्दै पोशाक परिवर्तन भएको जानकारी गराएको हो। विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको पोशाक परिवर्तन गर्ने सन्दर्भमा नेपाल शिक्षक महासंघबाट अनुरोध भएर आएको भन्दै केन्द्रले यो पत्र पठाएको हो। “तोकिए अनुसारको पोशाक चालु शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउनुहुन अनुरोध छ,” केन्द्रका निर्देशक गणेशप्रसाद पौडेलले सार्वजनिक गर्नुभएको पत्रमा भनिएको छ। गाढा खैरो रङको सुट (कोट, पेन्ट्स) महिला\पुरुष शिक्षक कर्मचारीले लगाउनुपर्ने छ भने हल्का निलो रङको शर्ट (कमिज), मौसम अनुसार गाढा खैरो रङको ज्याकेट, कलेजी स्वेटर र कालो जुत्ता पोशाकको रुपमा लगाउनुपर्नेछ। साडी, ब्लाउज, कुर्ता सुरुवालमा (चाप्पल) परिवर्तन गरिएको छैन भने शैक्षिक पोशाकको नमुना नेपाल शिक्षक महासङ्घबाट प्राप्त गर्न सकिने पत्रमा उल्लेख छ। पोशाकको नमुना नेपाल शिक्षक महासंघबाट प्राप्त गर्नसकिने व्यहोरा पत्रमा उल्लेख गरिएको छ। साडी, ब्लाउज, कुर्ता सुरुवाल परिवर्तन नगरिएको पत्रमा प्रष्ट पारिएको छ ।
पेशागत महासङ्घ २८ औँ वर्षमा प्रवेश
गोरखापत्र अनलाइनकाठमाडौँ, जेठ ६ गते । औपचारिक र अनौपचारिक क्षेत्रमा क्रियाशील पेशाकर्मीहरुको छाता सङ्गठन नेपाल पेशागत महासङ्घ (कोनेप) स्थापनाको २८ औँ वर्षमा प्रवेश गरेको छ । महासङ्घको केन्द्रीय कार्यालय थापाथलीमा आज आयोजित अठ्ठाइसौँ स्थापना दिवस तथा शुभकामना आदानप्रदान कार्यक्रममा महासङ्घका संयोजक एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य बाबुराम थापाले पेशागत मर्यादा, स्वाभिमान र सुरक्षाका लागि सङ्घर्षशील हुँदै ट्रेड युनियन अधिकार र बौद्धिक श्रमिकका हितका सवालमा बुलन्द आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । महासङ्घका सल्लाहकार कुलबहादुर आचार्यले पेशागत हक, हित र सुरक्षाका सवालमा एकताबद्ध भएर लाग्न शुभकामना दिनुभयो । महासङ्घका सचिव डा.ऋषिकेश पन्थीका अनुसार महासङ्घमा हाल २९ आबद्ध घटक (राष्ट्रिय सङ्घ), ४३ प्रतिष्ठान कमिटी र छ लाख ३० हजार साधारण सदस्य छन् । महासङ्घमा निजामति कर्मचारी, शिक्षक, वित्तीय कर्मचारी, स्थानीय तह तथा स्वास्य क्षेत्रका कर्मचारी, विश्वविद्यालयका कर्मचारी, इञ्जिनीयरिङ पेशाकर्मी, सामुदायिक क्याम्पसका प्राध्यापक, सार्वजनिक संस्थाका कर्मचारीलगायत आबद्ध छन् ।ट्रेड युनियन अधिकार र हितको प्राप्ति तथा संरक्षण गर्दै पेशागत सङ्घ—सङ्गठनमा आवद्ध शक्तिलाई एकापसमा समायोजन तथा सबलीकरण गरी राष्ट्रको सेवामा समर्पित भई पेशागत दक्षता वृद्धिका लागि विसं. २०५२ जेठ ५ गते सो महासङ्घको स्थापना भएको थियो । शुरुमा पेशागत ऐक्यबद्धता मञ्च नेपालको नामबाट स्थापित सो संस्थाको २०५३ जेठ ४ र ५ गतेको राष्ट्रिय भेलाबाट महासङ्घमा परिणत भएको हो ।
गृहमन्त्री खाण र कानुनमन्त्री शर्माद्वारा जसपा अध्यक्ष यादवसँग भेटघाट
गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट गर्नुभएको छ । यादव ललितपुर हात्तीबनस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ ।
नागरिकता विधेयक र नीति तथा कार्यक्रमबारे छलफल
गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग आज भेटघाट गर्नुभएको छ । अध्यक्ष यादवको निवास ललितपुरको हात्तीवनमा भएको भेटमा समसामयिक राजनीतिक विषयका साथै सरकारको नीति तथा कार्यक्रमलगायत सरकारद्वारा संसद्मा पेस गर्न लागिएका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणको भनाइ उद्धृत गर्दै उहाँको सचिवालयले जनाएको छ ।
यो महिना हिमालबाट ४८ करोड राजस्व सङ्कलन
हिमाल आरोहणका लागि अनुमति प्रदान गरेवापत पर्यटन विभागले यस महिना ४८ करोड एक लाख १९ हजार ५०१ रुपियाँ राजस्व संकलन गरेको छ । विभागले २७ वटा हिमाल आरोहणका लागि १२३ आरोहणदलबाट उक्त राजस्व संकलन गरेको विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
गणतन्त्र दिवस तीन दिन मनाइने
सरकारले गणतन्त्र दिवस, २०७९ विविध कार्यक्रमको आयोजना गरी तीन दिनसम्म भव्य रूपमा मनाउने निर्णय गरेको छ । जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाइँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, प्रधान सेनापति, विशिष्ठ श्रेणीका राजपत्राङ्कित कर्मचारी र सुरक्षा निकायका प्रमुख सम्मिलित मूल समारोह समिति गठन गरिएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेकोे बैठकले उक्त निर्णय गरेको हो ।
नयाँ दललाई फापेको निर्वाचन
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी नयाँ राजनीतिक दलहरू जनमत परीक्षणमा सफल देखिएका छन् । पार्टी गठनको छोटो अवधिमा नै त्यस्ता दलहरूलाई जनताले राम्ररी विश्वास गरेको निर्वाचनको घोषित परिणाम र तिनीहरूले लिएको अग्रताबाट पुष्टि भएको छ ।
मृतक सुरक्षाकर्मीका परिवारलाई २० लाख : घाइतेको उपचार सरकारले गर्ने
केन्द्रीय सुरक्षा समितिको बैठक गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बिहीबार बस्यो । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा ३० वैशाखमा एकै चरणमा मुलुकभर सम्पन्न स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापनबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
धनुषामा हतियारसहित चारजना पक्राउ
पक्राउ पर्नेमा धनुषा जिल्लास्थित नगराईन नगरपालिका–८ का अकौरा टोल बस्ने ३५ वर्षीय धर्मेन्द्र पासमान, ३० वर्षीय राजिव पासमान, ५८ वर्षीय श्रीनारायण पासमान र ३१ वर्षीय राजिव पासमान रहेको रहेका छन् ।
गणतन्त्र दिवस तीन दिनसम्म भव्यरूपमा मनाइने
सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गणतन्त्र दिवस २०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म कार्यक्रम गरी भव्यरूपमा मनाउने निर्णय गरेको हो ।
विद्युतीय सवारीसाधन बढाइने
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउने र प्रोत्साहन गर्ने नीतिगतसहितको तयारी भइरहेको बताउनुभएको छ।
नौतले दरबारको पुनर्निर्माण पुनः सुरु
दुई वर्षदेखि ठप्प रहेको काठमाडौँ वसन्तपुर क्षेत्रको नौतले दरबार पुनर्निर्माण पुनः सुरु भएको छ । कोभिड–१९ को महामारीका कारण स्वदेश फर्केका चिनियाँ प्राविधिक र कामदार टोली नेपाल आएसँगै काम सुरु भएको हो ।
पहिलो स्थानीय तहको कार्यकाल पूरा
देशभरका ७५३ वटा स्थानीय तहका जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकालको आज (बिहीबार) अन्तिम दिन हो । २०७४ मा चार चरणमा भएको स्थानीय तहको निर्वाचनको पहिलो चरणको वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट चयन भएका जनप्रतिनिधिको कार्यकाल जेठ ६ गते सुरु भएको थियो ।