• १७ असार २०८१, सोमबार

नेपाल बौद्ध महासंघको अध्यक्षमा भण्डारी निर्वाचित

blog

गृहमन्त्री वालकृष्ण खाणलाई मायाको चिनो हस्तान्तण गर्नुहुँदै नेपाल बौद्ध महासंघका निर्वतमान अध्यक्ष आचार्य नुर्वु लामा । फोटो सौजन्यः नेपाल बौद्ध महासंघ

काठमाडौँ, साउन १६ गते । नेपाल बौद्ध महासंघको अध्यक्षमा खेन्पो कमल भण्डारी निर्वाचित हुनु भएको छ । सोमबार साँझ सम्पन्न छैटौँ महाधिवेशनले खेन्पो भण्डारी सहित १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । 

बौद्धधर्मालम्वीहरुको एक मात्र संस्था महासंघको निर्वाचित कार्य समितिमा उपाध्यक्ष नुर्बु थुन्डु शेर्पा (गेशे जिन्पा), महासचिव टिम्बर सिङगी लामा (खेन्पो कर्मा लेग्जीन) सचिव पेमा दोन्देन गुरुङ, कोषाध्यक्ष पेमा दोर्जे तामाङ रहनु भएको छ । त्यसै गरी समितिको सदस्यमा जिग्मे लोसाल लामा, पासाङ डोमा शेर्पा, राजु गुरुङ, टसी साङमो गुरुङ, छोक्यी शेर्पा, आचार्य किशोर तामाङ, मिङमार मगर र साङ दोर्जे लामा रहनु भएको छ । 

निर्वाचित नयाँ कार्यसमितिहरूलाई बौद्ध परम्परा अनुसार बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका पूर्व अध्यक्ष खेन्पो ङवाङ होशेर लामा शेर्पाले शपथ ग्रहण गराउनु भएको छ । महाधिवेशनको उद्घाटन गृह मन्त्री बालकृष्ण खाणले गर्नुभएको थियो । महाधिवेशनले भोट भाषाको संरक्षण, संवर्द्धन, विकास, बौद्ध गोन्पा शिक्षाको नीति निर्माण तथा पाठ्यक्रम पाठ्यपुस्तक लेखन र नेपाल बौद्ध महासंघलाई विभिन्न क्षेत्रमा सहयोग गर्नु हुनेहरूलाई दोसल्ला सहित सम्मान गरिएको थियो ।

गृहमन्त्री खाणले बौद्ध शिक्षाले दिगो शान्ति स्थापनामा गर्नमा ठुलो भूमिका खेल्ने भएकोले जनसमुदायसम्म बुद्धको शिक्षालाई पुर्याउनु पर्ने र लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध दर्शन, कला, साहित्य, इतिहासलाई थप व्यापक रूपमा अध्ययन, अध्यापन र अनुसन्धान केन्द्रको रूपमा विकास गर्दै लैजानु पर्ने बताउनुभयो ।