• ४ जेठ २०८२, आइतबार

मौलिक संस्कृति संरक्षणका लागि पुख्र्यौली नाच

blog

धवलागिरि गाउँपालिका केन्द्र मुनामा आयोजित पुख्र्यौली नृत्य प्रतियोगिता । तस्बिर : ठाकुरप्रसाद आचार्य

बेनी समाचारदाता 

म्याग्दी (बेनी), जेठ ४ गते  । परम्परागत पुख्र्यौली नृत्यको संरक्षणका लागि धवलागिरि गाउँपालिकाले शनिबार पुख्र्यौली नृत्य प्रतियोगिता गरेको छ । मगर र छन्त्याल समुदायको मौलिक संस्कृतिका रूपमा रहेको पुख्र्यौली नृत्यको संरक्षण गर्न पालिकाले प्रतियोगिता सञ्चालन गरेको थियो । 

प्रतियोगितामा वडा नं. ३ को मुना पुख्र्यौली समूह, ४ को मुदी र खिवाङ पुख्र्यौली समूह, ७ को काफलडाँडा पुख्र्यौली समूह र ताकम राधाकृष्ण नाट्य समूहले भाग लिएका थिए । प्रतियोगितामा मुना पुख्र्यौली समूह प्रथम, मुदी पुख्र्यौली समूह द्वितीय, खिबाङ पुख्र्यौली समूह तृतीय भए । यसै गरी राधाकृष्ण नाट्य समूह र काफलडाँडा पुख्र्यौली समूह सान्त्वना भए । प्रतियोगिताका विजेता समूहलाई गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेसम पुनमगर र प्रमुख प्रशासकीय अधिकृत मोतीप्रसाद अर्यालले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

संस्कृतिको संरक्षण, स्थानीय कलाकारलाई प्रोत्साहन र समाजमा मौलिक कला संस्कृतिका बारेमा चेतना जगाउने उद्देश्यले पालिकाले पुख्र्यौली नृत्य प्रतियोगिता आयोजना गरेको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो । 

मगर तथा छन्त्याल समुदायको मौलिक कला संस्कृतिका रूपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचारप्रसार र नयाँ पुस्तामा कला संस्कृतिको पुस्तान्तरणमा प्रतियोगिताले टेवा पु¥याउने पालिका अध्यक्ष पुनले विश्वास व्यक्त गर्नुभयो । पुख्र्यौली नाच पुनमगर समुदायमा मौलिक संस्कृतिका रूपमा रहेको छ । पछिल्लो समय पुख्र्यौली नाच युवापुस्ताले अगाडि बढाउन नसक्दा संस्कृति नै लोप हुने जोखिम बढेकाले गाउँपालिकाले पुख्र्यौली नाचको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका उपाध्यक्ष रेसम पुनमगरले बताउनुभयो । उहाँका अनुसार “नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने माध्यमका रूपमा पालिकाले प्रतियोगिताको आयोजना गरेको हो । मगर तथा छन्त्याल समुदायमा लोप हुन लागेको आफ्नो संस्कृति संरक्षण हुने विश्वास छ ।”