सामुदायिक विद्यालय पुग्ने अभिभावकलाई भत्ता
गुल्मीमा सामुदायिक विद्यालय पुग्ने आभिभावकलाई भत्ता प्रदान गरिने भएको छ । जिल्लाको मदाने गाउँपालिका –१, अग्लुङ्गले सामुदायिक विद्यालयका अभिभावकलाई भत्ता प्रदान गर्ने भएको हो।
ठुला आयोजनालाई प्राथमिकतामा राख्न मुख्यमन्त्रीको आग्रह
कर्णाली प्रदेशका मुखयमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त परिषदको नवौं बैठकमा प्रदेश सरकारका तर्फबाट सङ्घीय सरकारलाई ठुला आयोजना प्राथमिकतामा राखिदिन सुझाव पेश गर्नुभएको छ ।
सार्वजनिक सम्पत्तिमा क्षति पुर्याए तिर्नुपर्ने
सरकारले सार्वजनिक सम्पत्तिमा क्षति तथा नोक्सान पुर्याए क्षतिपूर्ति भराउने भएको छ । विभिन्न आन्दोलन र विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड तथा आगजनी गरी क्षति पुर्याएमा आन्दोलनकारीबाटै क्षतिपूर्ति भराउनेसम्बन्धीको कार्यविधि स्वीकृत भएको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आइतबार सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्याङ्कनसम्बन्धी कार्यविधि स्वीकृत गर्नुभएको छ ।
अवहेलना कारबाहीको प्रक्रिया सुरु
सर्वोच्च अदालतले बहालवाला न्यायाधीश डा. आनन्दमोहन भट्टराईविरुद्ध भ्रामक सामग्री प्रकाशन प्रसारण गरेको भन्दै सिधाकुरा डटकम नामक अनलाइनमाथि अवहेलना कारबाहीको प्रक्रिया अघि बढाएको छ । अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुङ्गानालगायत प्रकाशन/प्रसारणमा संलग्नलाई कारबाहीको मागसहित अदालत प्रशासनले प्रतिवेदन उठाएको हो ।
स्थानीय तहमा बेमौसमी सरुवा
सरकारले बेमौसमी रूपमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत धमाधम सरुवा गर्न थालेको छ । नयाँ सरकार गठन भएसँगै अधिकांश मन्त्रालयका सचिव र सहसचिव सरुवा गरेको सरकारले अब स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पनि सरुवा गर्न थालेर स्थानीय तहको काममा समस्या सिर्जना गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब तीन सातामा ६० जना प्रमुख प्रशासकीय अधिकृत सरुवा गरेको छ । सरुवा भएकामध्ये अधिकांश दुई वर्षभन्दा कम सेवा गरेका प्रमुख प्रशासकीय अधिकृत छन् ।
न देखिन्छ हिमाल, न उड्छ जहाज : प्रदूषणले जनजीवन प्रभावित
बाक्लो तुवाँलो लागेपछि पोखरासहित देशैभरको मौसम बिग्रिएको छ । मौसमकै कारण आइतबार दिउँसो १ बजेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द रह्यो । त्यसपछि मात्रै विमान आवागमन भएको छ । पृथ्वी राजमार्ग स्तरोन्नति जारी रहँदा हवाई सेवासमेत अनियमित बनेपछि यात्रु प्रभावित भएका छन् । एक सातादेखिको तुवाँलोका कारण शनिबार पोखरा आउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पूर्वनिर्धारित कार्यक्रम नै रद्द भएको थियो । यो क्रम केही दिनदेखिकै हो । तुवाँलो लाग्न सुरु भएदेखि नै हवाई सेवा प्रभावित हुँदै आएको छ । शुक्रबार पोखराबाट दैनिक ३३ उडान हुनेमा तीन उडान मात्र भएका थिए । शनिबार विमानस्थलबाट उडान नै भएनन् । भिजिबिलिटी कम भएकाले उडान हुन नसकेको विमानस्थलले जनाएको छ ।
प्रदूषण र तातो हावाबाट बच्न अनावश्यक घरबाहिर नहिँड्न मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न आग्रह गरेको छ।
विवादले सडकमै पर्खाल
सामुदायिक वन हुँदै सडक विस्तार गर्न नपाएको बिवादका कारण म्याग्दीको मंगला गाउँपालिका –१ कुहुँको अँधेरी खोलामा रूख ढालेर तथा पर्खाल लगाएर स्थानीयले शनिबारदेखि अवरोध गरेका छन् ।
भनभनेमा तीन घरगोठ जलेर नष्ट
गुल्मीको मदाने गाउँपालिका –७ भनभने वनमा लागेको आगो बस्तीतर्फ फैलिएर तीन वटा घरगोठ जलेर नष्ट भएको छ ।
नेपाल–चीनका प्रतिनिधिबिच दुई पक्षीय छलफल
चीनको कान्च प्रिफेक्चर र नेपालका निजी क्षेत्रका प्रतिनिधिबिच व्यापार बिस्तारबारे आज यहाँ दुई पक्षीय छलफल भएको छ ।
सङ्गीत उद्यमी सूर्यलाई टेक्नोलोजी एक्सिलेन्स अवार्ड
नेपालका चर्चित तथा लोकप्रिय सङ्गीत उद्यमी सूर्यबहादुर मगरले टेक्नोलोजी एक्सिलेन्स २०२४ अवार्ड प्राप्त गर्नुभएको छ । हिजो शनिवार काठमाडौंको पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला र डमसोल टेक्नोलोजी मानव सद्भाव नेपालकी प्रमुख तथा कार्यकारी अधिकृत नमिता घिमिरेले संयुक्तरुपमा सूर्यलाई सो अवार्ड हस्तान्तरण गर्नुभयो ।
शिवम् सिमेन्टले प्रदूषण फैलाएको आरोप
हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्ट उद्योग लिमिटेड जनताको स्वास्थ्यप्रति गैरजिम्मेवार बनेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएपछि स्थानीय बासिन्दाको मागको सुनुवाइ र समस्या समाधान गर्न समिति गठन गरिएको छ । उद्योगले सिमेन्ट उत्पादनका क्रममा कोइलाको सट्टा प्लास्टिकजन्य वस्तु प्रयोगमा ल्याएको आरोप लागेको छ ।
६७८ गर्भवतीको उद्धार
सात वर्षमा दुर्गम क्षेत्रबाट ६७८ गर्भवती तथा सुत्केरीलाई उद्धार गरिएको छ । यसरी उद्धार गर्दा १५ करोड ९७ लाख ५७ हजार ४६१ रुपियाँ खर्च भएको छ । सो रकम हेलिकोप्टर प्रयोग गर्दा खर्च भएको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट आर्थिक वर्ष २०७५/७६ देखि यही वैशाख ६ गतेसम्म सो रकम खर्च भएको हो । मन्त्रालयको राष्ट्रपति महिला उत्थान समन्वय एकाइका प्रमुख निता शर्माले दुर्गम क्षेत्रबाट गर्भवती तथा सुत्केरी उद्धार कार्यक्रम १९ जिल्लामा पूर्ण रूपमा र २९ जिल्लामा आंशिक रूपमा लागु भएको जानकारी दिनुभयो ।
११ हजार रसायनको ‘डाटाबेस’ तयार
बागमती प्रदेशभित्र रहेका विभिन्न औषधीय वनस्पतिमा एघार हजार २४० सक्रिय रसायन पत्ता लागेको छ । एक हजार ७७७ वटा औषधीय वनस्पतिमा गरिएको अनुसन्धानबाट विभिन्न रोगको उपचारमा काम लाग्न सक्ने ती रसायन पत्ता लागेको हो । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतको युवा वैज्ञानिक प्रोत्साहन कोषको अनुदानमा बागमती प्रदेशभित्र रहेका जडीबुटीमा गरिएको जैविक रसायन डाटाबेस अध्ययनमा ती रसायन पत्ता लागेका हुन् ।
आज हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै
सरकारले वैशाख १६ गते सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले यस वर्ष झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधी खुवाइने जानकारी दिनुभयो ।
जग्गा पाउने भए दलित समुदायले
पुस्तौँदेखि भोगचलन गर्दै आएको घरजग्गा दलित समुदायकै नाममा नामसारी गरिने भएको छ । नामसारी गर्दा लाग्ने खर्च पालिकाले नै बेहोरिदिने भएको छ । जग्गाधनीले आफ्नो जग्गा दलित समुदायलाई हस्तान्तरण गर्न तयार भएका छन् । दलित समुदायले पुस्तौँदेखि भोगचलन गर्दै आएको सिङ्गो गाउँकै लालपुर्जा गैरदलितका नाममा रहँदा विद्युत् मिटर जडान, जनता आवासको कार्यक्रमलगायतका सुविधाबाट दलित समुदाय वञ्चित थिए ।
टिप्परको ठक्करबाट एकको मृत्यु
पाल्पामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार बेलुकी ५ बजेतिर तिनाउ –२, सिसखोला नजिकै टिप्परको ठक्करबाट रैनादेवी छहरा –७, जुठापौवाका ४५ वर्षीय जगबहादुर बलालको मृत्यु भएको हो ।
इलाम र बझाङको उपनिर्वाचन उत्साहपूर्ण : निर्वाचन आयोग
शनिबार इलाम र बझाङ् जिल्लाको उपनिर्वाचन उत्साहजनक रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
लगानी सम्मेलन : सरकारको प्राथमिकतामा १४८ परियोजना
सरकारको प्राथमिकतामा अधिकांश जलविद्युत आयोजना रहेको लगानी बोर्डका प्रवक्ता एवम् सह–सचिव प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो। सम्मेलन परिसरमा १४८ परियोजना सोकेस (प्रदर्शनी) मा राखिने उहाँको भनाइ छ।
पत्रकारिता पेशा थप मर्यादित बनाउनुपर्छ : अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता पेशालाई थप मर्यादित बनाएर लैजानुपर्ने बताउनुभएको छ ।
सल बेरिएर बाइक दुर्घटना, एकको मृत्यु
पूर्व–पश्चिम लोकमार्गको बर्दीबास –५ स्थित टुटेश्वरको जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ओली परिवारद्वारा करोडौँको जग्गादान
झापा नगरपालिका–१ स्थित कनकाई नगरपालिकाको कार्यालय अगाडि रहेको कृष्णहरि मार्गमा ओली परिवारले २ करोड ५० लाख रुपियाँ बराबरको ५ कठ्ठा जमिन दान गर्नुभएको छ ।
अटो दुर्घटना हुँदा दुई गम्भीर
पुतलिबजार नगरपालिका–४ फूलबारीको भित्री सडक खण्डमा अटो दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।
बझाङमा ४३ प्रतिशतले गरे मतदान
बझाङ क्षेत्र नम्बर १ (क) मा दिउँसो २:३० बजेसम्म ४३ प्रतिशत मतदान भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले दिउँसो सो समयसम्म २६ हजार १९६ मत खसेको बताउनुभयो ।