रोनाल्डोका सन्तान कतार जाने
रोनाल्डो, फुटबल र कतार यी तीन विश्वमा चर्चित नाम हुन् । पोर्चुगलका प्रख्यात फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्व विख्यात छन् । फुटबल आफैँ लोकप्रिय खेल हो र कतारले सन् २०२२ को विश्वकपको सफल आयोजना गरिसकेको छ । अब यी तीनसँग नेपाल र हात्तीको पनि सम्बन्ध जोडिन लागेको छ । कतारका अमिर सेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका अवसरमा उपहार दिन लागिएका दुई हात्तीले त्यस्तो सम्बन्ध स्थापना गराउने भएका हुन् अर्थात् दुई हात्तीको नाम रोनाल्डो रहेको छ ।
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा
जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा गरेको म्यान्माको सीमाक्षेत्रमा रहेको महत्वपूर्ण शहर म्यावाडीमा सेना पुनः फर्किएको सैनिक स्रोतहरूले मङ्गलबार एएफपीलाई जानकारी दिएका छन् ।
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शिष्टाचार भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच शिष्टाचार भेटवार्ता भएको छ ।
फ्रयान्कफर्टमा रन्जुको एकल चित्रकला प्रदर्शनी
मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा सम्पन्न भएको छ । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा हुनुहुन्छ ।
दराजबाट करिब छ लाख चोरी आरोपमा तीन पक्राउ
पोखरा नयाँ बजारमा रहेको दराजको अनलाइन डेलिभरी भवनबाट नगद, मोबाइल र झोला चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
विमानस्थलमा कतारका अमिर शेखको स्वागत (फोटो फिचर)
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभएको छ।
पुल निर्माणको काम अलपत्र
कैलालीको ६ लेन सडकमा पुल निर्माणको काम अलपत्र परेको छ । गोदावरी नगरपालिका –५ स्थित मनहरा र सुनी खोलामा पुल निर्माणको काम अलपत्र परेको हो ।
थारुसहित चार भाषामा नागरिक बडापत्र
बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको हो ।
तनहुँका २३ सामुदायिक वनमा आगलागी : सबै नियन्त्रणमा
तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ । फागुनदेखि वैशाख महिनाको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो ।
हेटौँडामा ५२ फिट अग्लो हनुमान मूर्ति
मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१० गोरक्षश्वर मन्दिर परिसरमा ५२ फिट अग्लो हनुमानको मूर्ति स्थापना गरिएको छ । मूर्ति निकै कलात्मक र आकर्षक रहेको छ ।
तोलामा दुई हजार सात सयले घट्यो सुनको मूल्य
स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा मङ्गलबार गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै रु दुई हजार सात सयले ओरालो लागेको छ ।
‘समस्या आउन नदिन बेलैमा आँखाको उपचार’
विद्यालय जाने उमेरका बालबालिकाको आँखा जाँच गराउन चिकित्सकको सुझाव छ । आँखा रोग विशेषज्ञ डा.सञ्जीव भट्टराईले विद्यालय जाने उमेरका बालबालिकाको विद्यालय जानुभन्दा पहिले आँखा जाँच गराउन आग्रह गर्नुभयो ।
अलौमा सात घर जले, करिब ५४ लाखको क्षति
वीरगन्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगन्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा ५३ लाख ९० हजार बराबरको क्षति भएको वीरगन्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताउनुभयो ।
लगानी सम्मेलन लक्षित अध्यादेश सिफारिस
लगानी सम्मेलन लक्षित गरी सरकारले अध्यादेशमार्फत नौ वटा कानुन संशोधनका लागि अध्यादेश ल्याउने भएको छ । लगानी सहजीकरणका लागि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश मन्त्रीपरिषद्को सोमबारको बैठकले पारित गरी राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।
पाँच विदेशी पर्यटकको उद्धार
मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उहाँहरुको उद्धार गरिएको छ । मनास्लु पदमार्गअन्तर्गत नासोँ गाउँपालिका –७ भीमथाङबाट उहाँहरूको उद्धार गरिएको हो ।
सुनौलो हजार दिनका आमालाई पोषण झोला
अर्जुन चौपारी गाउँपालिकाले सुनौलो हजार दिनका आमालाई पोषण झोला वितरण गरेको छ । पोषण तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत पोषण झोला वितरण गरिएको हो ।
नागरिकता नहुँदा गुम्यो जागिर
करिब चार वर्षअघि आफ्नै श्रीमानद्वारा एसिड छ्यापिएकी एसिडपीडित आरती साहको नागरिकता अभावमा जागिर गएको छ । नागरिकता अभावमा मधेश प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयमा पाएको जागिर गुमाउनु परेको उहाँले बताउनुभयो ।
उपनिर्वाचन : मतदाताको पहिचान प्रमाणपत्र सम्बन्धमा आयोगको निर्देशन
निर्वाचन आयोगले वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनका लागि मतदाताको पहिचान गर्ने प्रमाणपत्र सम्बन्धमा सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
‘कतारका अमिरको नेपाल भ्रमणमा जलविद्युत् र पर्यटनमा लगानीका लागि आग्रह गरौँ’
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि मङ्गलबार नेपाल आउँदै हुनुहुन्छ ।
सर्प उद्धारमा सक्रिय सारु कान्छा
तराईमा गर्मी सुरु भएपछि सर्प उद्धारकर्ता चेतबहादुर (सारु कान्छा) को दैनिकी पनि व्यस्त बन्दै जान्छ । सारु कान्छाले सर्प उद्धार मात्रै होइन सर्पबाट बच्न हरेक वर्ष सचेतनाका कार्यक्रम सँगै झुल समेत वितरण गर्दै आउनुभएको छ ।
पूर्व राष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव’ बाट सम्मानित
नेकपा (एमाले) ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ बाट सम्मानित गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सवको अवसर पारेर एमालेले उहाँलाई सो सम्मान प्रदान गरेको हो ।
निगमको न्यारोबडी जहाज आज आउने
नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज सोमबार (आज) काठमाडौँ आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा सो जानकारी दिनुभयो । उहाँका अनुसार इन्जिन मर्मतका लागि इजरायलमा रहेको न्यारोबडी जहाज (नाइन एन एकेएक्स एयरबस ३२० लुम्बिनी) सोमबार काठमाडौँ आइपुग्ने छ । “न्यारोबडी जहाज ग्राउन्डेड भएको विषय मेरो जानकारीमा थियो । इन्जिन मर्मतका लागि जहाज इजरायल पठाउँदा निगमलाई दैनिक घाटा बढ्दै गएपछि मैले तत्काल इन्जिन बनाएर ल्याउन ताकेता गरेको थिएँ । जहाज मर्मत भएर आएपछि समस्या समाधान हुने विश्वास लिएको छु,” उहाँले भन्नुभयो । विभिन्न प्राविधिक समस्याका कारण जहाज समयमा मर्मत भएर आउन नसकेको भन्दै उहाँले इजरायलको कम्पनीले समयमा जहाजको इन्जिन मर्मत गर्न नसकेकाले तत्काल क्षतिपूर्ति माग दाबी गरिने जानकारी दिनुभयो ।
उपनिर्वाचनका लागि सत्र सय जनशक्ति
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचनमा करिब एक हजार सात सय जनशक्ति परिचालन गरिने भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अगाडि बढाएको हो । आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सात जना रहने गरी कर्मचारी नियुक्त गर्न निर्वाचन अधिकृतको कार्यालयलाई सहमति दिइएको छ । इलाम–२ मा १४९ र बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएको छ । मतदान केन्द्र अनुसार इलाममा एक हजार ४३ र बझाङमा ६५१ गरी कुल एक हजार ६९४ जनशक्ति परिचालन गरिने छ ।
पापुङमा एक घर जलेर नष्ट
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –५ पापुङमा एक घर जलेर नस्ट भएको छ । पापुङका वडाध्यक्ष ग्यान्जे शेर्पाका अनुसार आइतबार (आज) दिउँसो स्थानीय नुपु लामाको घरमा आगलागी भएको हो ।