• २४ वैशाख २०८१, सोमबार

पापुङमा एक घर जलेर नष्ट

blog

आगलागीबाट नस्ट भएको नुपु लामाको घर ।

चन्द्र पन्दाक

ताप्लेजुङ, बैशाख ९ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –५ पापुङमा एक घर जलेर नस्ट भएको छ । पापुङका वडाध्यक्ष ग्यान्जे शेर्पाका अनुसार आइतबार (आज) दिउँसो स्थानीय नुपु लामाको घरमा आगलागी भएको हो । 

पापुङ, किलिङ टोलका लामाको ढुङ्गा, माटो, काठ र जस्तापाताले बनेको घर आगलागी हुँदा करिव सात लाख रुपियाँ बढी मूल्य बराबरको धनमाल जलेर नस्ट भएको वडाध्यक्ष शेर्पाको भनाइ छ । 

आगलागीबाट घरमा भएको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सामग्री जलेर नस्ट भएको उहाँले बताउनुभयो । यता क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । आगलागीको कारण नखुलेको उहाँको भनाइ छ ।