• २७ वैशाख २०८१, बिहिबार

ओली परिवारद्वारा करोडौँको जग्गादान

blog

लीलाराज खड्का 

बिर्तामोड, वैशाख १५ गते । झापा नगरपालिका–१ स्थित कनकाई नगरपालिकाको कार्यालय अगाडि रहेको कृष्णहरि मार्गमा ओली परिवारले २ करोड ५० लाख रुपियाँ बराबरको ५ कठ्ठा जमिन दान गर्नुभएको छ । 

लक्ष्मीप्रसादका ओलीका आफ्ना सन्तानबाट सो जमिन ओलीवंश समन्वय समिति नेपाल, ओलीवंश कुल मन्दिर तथा ओलीवंश सामुदायिक भवनका लागि उक्त जमिन प्रदान गर्नुभएको ओलीवंश समन्वय समिति नेपालका केन्द्रीय सदस्य अनिरुद्ध ओलीले बताउनुभयो । 

सो जमिन गोपालप्रसाद ओली, राजु ओली, बद्रीप्रसाद ओली, निमेश ओली, अनुप ओली, सुर्यप्रसाद ओली, प्रकाश ओली, सुरज ओली, गङ्गाप्रसाद ओली, गणेश ओली र विनोद ओलीले करोडौँ मूल्यको जमिन ओलीवंश परिवारलाई सामाजिक कार्यका लागि दान गर्नुभएको हो ।

यसैबिच दाता परिवारका तर्फबाट विशेष पूजाअर्चनासाथ दान गरिएको जमिनमा सामुदायिक भवन तथा कुलदेउता उपमन्यु गोत्रीय ओलीको मूल मन्दिरसहितको संरचना निर्माणको शिलान्यास सुरु गरिएको छ । 

दाता परिवार र ओली वंश समन्वय समितिका केन्द्रीय अध्यक्ष उमेशचन्द्र ओली र जिल्ला अध्यक्ष भवानीप्रसाद ओलीले बन्धु भवन तथा मन्दिरको शिलान्यास गर्नुभयो । सामुदायिक भवन दाता परिवारबाटै सहयोग सङ्कलन गरी बनाइने आयोजक समितिले जनाएको छ ।  

यसरी आफ्नो बन्धुका लागि करोडौँको जमिन दान गरेर ओली बन्धुको संस्था विकास र कुलदेउता मन्दिर सामुदायिक भवन बनाउने हौसला प्रदान गरेको भन्दै दाताको सम्मानका लागि पनि जतिसक्दो चाँडो उक्त क्षेत्रमा भवन र मन्दिर बनाइ छाडने ओलीवंश समन्वय समितिका जिल्ला सचिव राजेन्द्र ओलीले बताउनुभयो ।