संसदीय समितिद्वारा फुङफुङ्गे झरना अवलोकन
प्रदेश १ को उद्योग, पर्यटन तथा वातावरण समितिले ताप्लेजुङस्थित फुङफुङ्गे झरनाको अवलोकन गरेको छ । प्रदेशसभा सदस्य तथा समिति सभापति सीता थेबे नेतृत्वको टोलीले झरना भ्रमण र अवलोकन गरेको हो ।
मेरुदण्ड वाथ परीक्षण सेवा विस्तार
कोसी अस्पताल विराटनगरमा मेरुदण्डको वाथ ‘स्पोनडाइलो आर्थराइटिस्’ रोगको प्याथोलोजी परीक्षण सेवा विस्तार भएको छ । मेरुदण्डसहित शरीरका जोर्नी र अङ्गमा असर गर्ने दीर्घकालीन रोगको पहिचानका लागि ल्याब सेवा विस्तार गरिएको हो । कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. यज्ञराज खरेलका अनुसार यो सेवा पूर्वमा कोसी अस्पतालले सुरुवात गरेको छ ।
‘अब राजसंस्था फर्कदैन’
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीतिमा नयाँ शक्तिका रूपमा आफ्नो पार्टी उदय हुने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले आगामी दिनमा बलियो राष्ट्रवादी शक्तिका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल स्थापित हुने दाबी गर्नुभयो ।
भिरबाट लडेर महिलाको मृत्यु
ओखलढुङ्गाको श्रीचउरमा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । आईतबार मोलुङ गाउँपालिका –६ श्रीचौरकी ५५ बर्षिय दुधमाया कटुवालको भिरबाट लडेर ज्यान गएको हो ।
इलेक्ट्रोनिक्स पसलमा आगलागी
विष्णुप्रसाद पोखरेलदमक, जेठ २२ गते । झापाको मेचीनगर नगरपालिकामा आइतबार विहान एक इलेक्ट्रोनिक्स पसलमा आगलागी भएको छ । मेचीनगर–१० धुलाबारीमा रहेको न्यू पाथीभरा भेराइटिज स्टोरमा विहान १० बजेतिर शुरु भएको आगलागी मध्यान्ह १२ बजे नियण्त्रणमा आएको प्रहरीले जनाएको छ ।स्थानीय व्यवसायी ज्योति कोइराला सञ्चालन गर्नुभएको उक्त पसलमा विद्युत सर्ट भई आगलागी भएको र करिब एक करोडको क्षति भएको बताइएको छ । इलाका प्रहरी कार्यालय धुलाबारीकाअनुसार आगलागी नियत्रणका लागि मेचीनगर, भद्रपुर, दमक र विर्तामोड नगरपालिकाको दमकल बोलाइएको थियो ।पसलमा रहेका फ्रिज, इन्डक्सन, राइस कुकर, प्रेसर कुकर, हिटर, कुलरलगायतका सम्पूर्ण सामानहरु जलेर खरानी भएको बताइएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । बजारको बीच भागमा आगलागी भएका कारण स्थानीय व्यवसायीहरु त्रसित हुनुभएको थियो ।
ताप्लेजुङमा पाँच दिनसम्म औद्योगिक तथा पर्यटन मेला
ताप्लेजुङमा पहिलो पटक औद्योगिक तथा पर्यटन मेला हुने भएको छ । जिल्लाको पर्यटन, लघु–घरेलु उत्पादनको प्रवद्र्धन साथै बजारीकरण गर्ने उद्देश्यले औद्योगिक तथा पर्यटन मेला–२०७९ को आयोजना गर्न लागिएको हो ।
महेन्द्रको शालिक राख्ने विषयमा झापामा तनाव
विष्णुप्रसाद पोखरेलदमक, जेठ २१ गते। झापाको भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा रहेको पुरानो महेन्द्र पार्कलाई सौन्दर्यकरण गरेर राजा महेन्द्र शाहको शालिक पुनस्र्थापना गर्न आएको समूहलाई प्रशासनले बल प्रयोग गरेर फिर्ता पठाएको छ। शनिबार शालिक पुर्नस्थापनाको घोषणा भएपछि बिहानैदेखि यहाँ सुरक्षाकर्मी परिचालन गरेर प्रशासनले यो कार्यलाई रोक लगाउन बल प्रयोग गर्ने तयारी गरेको थियो। सशस्त्र र जनपथ प्रहरीले पार्कलाई घेरा हालेका थिए।स्वतस्फूर्त रुपमा समिति बनाएर पार्कमा पूर्वराजा महेन्द्र शाहको शालिक पुर्नस्थापनाको प्रयास भएको थियो। लोकतान्त्रिक आन्दोलनको क्रममा त्यहाँ रहेको शालिक तत्कालीन अवस्थामा माओवादीका कार्यकर्ताले तोडफोड गरेर ढालेका थिए।शालिक पुर्नस्थापनाको समितिका संयोजक सञ्जीव मैनालीसहितको टोलीलाई प्रहरीले पार्क प्रवेशद्वारमा रोकेपछि पार्कस्थलमा दुई घटनासम्म तनाव भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार सामान्य बल प्रयोग गरिएको हो।भद्रपुर नगरपालिकाको स्वामित्वमा रहेको महेन्द्र पार्कमा शालिक पुर्नस्थापनाको तयारी भएपछि यसलाई रोक्नका लागि नगरपालिकाले प्रशासनलाई आग्रह गरेको थियो। बुधबार प्रशासनमा भएको छलफलमा शालिक राख्नका लागि नदिने निर्णय भएपछि शनिबार बिहानैदेखि यसलाई रोक्न प्रहरी परिचालन भएको हो।समितिका संयोजक मैनालीले पार्कभित्र जसरी पनि पूर्वराजाको शालिक राखेरै छाडने बताउदै प्रशासनले यसमा हस्तक्षेप गर्नु नहुने बताउनुभयो। १६ वर्षसम्म पार्कको अवस्था दयनीय रहँदा कसैले नहेरेका कारण आफूहरुले यसको संरक्षणमा स्वतस्फूर्त रुपमा चासो दिएको पनि उहाँको भनाइ छ।नगरपालिकाबाट स्वीकृति नलिई सार्वजनिकस्थल र पार्कमा अनाधिकृत रुपमा संरचना निर्माण, रंगरोकन, शालिक निर्माण, अतिक्रमण जस्ता कार्य हुन नदिने निर्णय भएकाले यो रोक्नका लागि आफूहरुले प्रशासनसँग माग गरेको भद्रपुर नगरपालिकाका एक जनप्रतिनिधिले बताउनुभयो।
विना कर फनपार्क सञ्चालन
झापाको कनकाई नगरपालिका– ३ र २ को सिमानामा सञ्चालित हेप्पी लेण्ड फनपार्कले कनकाई नगरपालिकालाई बर्षौदेखि कर नतिरी सञ्चालनमा आएको पाइएको छ ।
खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल न्यून
केही समय अघिसम्म पर्यटकले खचाखच भरिने सोलुखुम्बुको खुम्बुक्षेत्र अहिले सुनसान बनेको छ । पर्यटकीय ‘सिजन’ मा भरिभराउ विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थलहरु ‘सिजन’ सकिएसँगै सुनसान बनेका हुन् ।