सोलार लिफ्टमार्फत सुनकोशीबाट सिँचाइ व्यवस्था
सुनकोशी नदी छेउमै रहेको बलखुबेँसीका खेतहरु सिँचाइ सुविधाबाट वञ्चित भएका बेला सोलार लिफ्टिङ्ग मार्फत सिँचाईको व्यवस्था गरिएको छ । सिंचाई व्यवस्था भएपछि किसान खुशी भएका छन् ।
व्यापारघाटा कम गर्न बङ्गलादेशले सहजीकरण गर्ने
नेपाल र बङ्गालादेशबीचको ब्यापार घाटा कम गर्न बङ्गलादेशले कतिपय वस्तुहरु निर्यातमा सहजीकरण गर्ने भएको छ । नेपालका लागि वंगलादेशका राजदूत सालाहुदिन नोमन चौधरीले नेपालको पुर्वी नाँका मेची भन्सार कार्यालयमा आएर यस बिषयमा आफुहरु तयारीमा रहेको बताउनुभयो ।
ताप्लेजुङमा औद्योगिक तथा पर्यटन मेला सुरु
ताप्लेजुङमा पाँचदिने औद्योगिक तथा पर्यटन मेला बिहीबार सुरु भएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन, वृद्धि विकास र बजारीकरण गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको मेला बिहीबारदेखि सुरु भएको हो ।
विपक्षीद्वारा नीति कार्यक्रमको आलोचना
प्रदेश सभामा पेस भएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि बिहीबारबाट छलफल आरम्भ भएको छ । सरकारको नीति तथा कार्यक्रमलाई लिएर प्रमुख प्रतिपक्ष दलले खरो आलोचना गरेको छ भने सत्तापक्षका सांसदहरूले बचाउमा उभिएर सुझाव व्यक्त गरेका छन् ।
चित्रकलामै व्यस्त डिल्लीकृष्णको सेवानिवृत्त जीवन
धनकुटाका डिल्लीकृष्ण आले । ६५ वर्षीय आले आफूले देखे भोगेका जीवन र जगत्का चित्रहरुमा अनेक रंग भरेर सेवानिवृत्त जीवन सजाइरहेका छन् ।
सूर्योदयको कार्यपालिका बैठक डिजिटल डिस्प्लेमा
इलामको सूर्योदय नगरपालिकाको पहिलो कार्यपालिका बैठक ‘डिजिटल डिस्प्ले’ मार्फत बसेको छ । प्रविधिमा फड्को मारेको सूर्योदय नगरपालिकाको बैठकलाई जनतामाझ पारदर्शी बनाउन सबैले सुन्ने र देख्नेगरी कार्यपालिका बैठक डिजिटल डिस्प्लेमा सार्वजनिक गरेको हो ।
सुविधासम्पन्न भवन विद्यालयलाई हस्तान्तरण
झापाको शिवसताक्षी नगरपालिकामा जापान सरकार र नगरपालिकाको लगानीमा निर्माण भएको सुविधा सम्पन्न भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाको वडा १ मा रहेको लक्ष्मीनारायण माध्यमिक विद्यालयको भवन जापान सरकारको सहयोगमा बनेको हो ।
लागूऔषध ब्राउनसुगर र दुई लाख नगदसहित दुईजना पक्राउ
प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र दुई लाख नगदसहित दुईजनालाई पक्राउ गरेको छ ।
पाथीभरामा पोर्टेबल शौचालय निर्माण
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा पोर्टेबल शौचालय निर्माण गरिएको छ । पाथीभरा दर्शनमा आउने दर्शनार्थीका लागि मन्दिर परिसरमा पोर्टेबल शौचालय निर्माण गरिएको हो ।