• ६ कात्तिक २०८१, मङ्गलबार

लागूऔषध ब्राउनसुगर र दुई लाख नगदसहित दुईजना पक्राउ

blog

झापा, जेठ २६ गते । प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र दुई लाख नगदसहित दुईजनालाई पक्राउ गरेको छ ।

झापा बिर्तामोड नगरपालिका–५ स्थितमा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही स्थान बस्ने ४८ वर्षीय डिजेन राजवंशी र पाँचथर फिदिम नगरपालिका–७ बस्ने २२ वर्षीय सुजन गुरुङ हुनुहुन्छ ।

प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता वसन्त पाठकले राजवंशीको घर कोठामा चेकजाँच गर्दा लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ १५ ग्राम, तौल गर्ने डिजिटल तराजु एक थान र दुई लाख ८४ हजार ७५० रुपियाँ नगदसहित नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

राजवंशीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा गुरुङ समेत संलग्न रहेको खुल्न आएकोले नियन्त्रणमा दिई दुबै जनालाई ईलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धन भइरहेको उहाँले जानकारी दिनुभयो ।