बोक्सी भन्दै कुटपिट तथा अमानवीय व्यवहार गर्ने दुई जना पक्राउ
महोत्तरीमा अन्धविश्वास र कुरीति अझै पनि कायमै रहेको पाइएको छ । भर्खर महोत्तरीको सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकामा बोक्सीको आरोपमा दुई जना महिलामाथि कुटपिट र अमानवीय व्यवहार भएको छ ।
‘भाषा संस्कृति जोगाउनुपर्छ’
प्रदेश–१ का स्वास्थ्य मन्त्री जयराम यादवले नेपालीहरूले आफ्नो भाषा, कला र जातीय संस्कृति जोगाउनु पहिलो आवश्यकता भएको बताउनुभएको छ । शनिबार इलाममा सुरु भएको राष्ट्रिय गणित सम्मेलनको उद्घाटन गर्दै मन्त्री यादवले अहिले नानीहरूले अङ्ग्रेजी भाषा फर्रर बोले भने अभिभावकहरू खुसी हुने गरेको भन्दै आफ्नो भाषाभन्दा अङ्ग्रेजीलाई प्राथमिकता दिनु गलत भएको बताउनु भयो ।
तमोर आयोजनाबाट स्थानीय उत्साही
पूर्वको तमोर नदीमा बन्ने भनिएको तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको निर्माणको लागि चाइना पावर कम्पनीले जिम्मा लिएपछि यस क्षेत्रका नागरिक उत्साही छन् । राष्ट्रिय गौरवको तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना ७६२ मेगावाट विद्युत् उत्पादन क्षमताको हुनेछ । आयोजना निर्माणका लागि लगानी बोर्डले चाइना पावर कम्पनीलाई जिम्मा दिएपछि तेह्रथुम, पाँचथर, ताप्लेजुङ र धनकुटावासीमा खुसी छाएको छ ।
जिसस सुनसरीको निर्वाचन ३० गते
जयकृष्ण यादव/इनरुवा इनरुवा, जेठ २८ गते । जिल्ला समन्वय समिति (जिसस) सुनसरीको निर्वाचनमा गठबन्धन र एमालेका उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । जेठ ३० गते हुने जिसस सुनसरीको निवार्चनमा गठबन्धनको पूरै प्यानल र नेकाप एमालेका तीनजना उम्मेदवार मैदानमा छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीसहितको प्यानलका उम्मेदवारहरुमा जिसस प्रमुखमा राजन मेहता, उपप्रमुखमा कमला दाहाल, महिला सदस्यमा शेषकुमारी घिमिरे, लालकुमारी चौधरी, कलावति माझी, दलित सदस्यमा कुमारी विश्वकर्मा, खुल्ला सदस्यमा टंकप्रसाद गुरुङ्ग, सलिम मियाँ र भूपेन्द्र उरावले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी, नेकपा एमालेबाट जिल्ला समन्वय समितिका प्रमुखमा जगनारायण मेहता, उपप्रमुखमा सबिना सिग्देल र दलित महिला सदस्यमा श्रृजना विश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । जिससमा प्रमुख र उपप्रमुख तथा दलित महिला सदस्यमा दुई जनाको उम्मेदवारी दर्ता भएकाले जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुले मतदान गर्ने भएको छ । जिल्लामा गठबन्धनसँग स्पष्ट बहुमत छ । नेपाली कांग्रेसका १३, नेकपा(माओवादी केन्द्र)का एक तथा समाजवादी पार्टीको एक गरी १५ मत छ भने एमालेसँग आठ र स्वतन्त्रको एक मत छ ।
सुरु हुने भयो आयुर्वेद चिकित्सालय
झापाको कमल गाउँपालिका वडा नं. ७ मा ५० श-याको भवन निर्माण सम्पन्न भएको प्रादेशिक आयर्वेुद चिकित्सालय आउँदो आर्थिक वर्षदेखि सञ्चालन हुनेभएको छ । गाउँपालिकाको संयोजनमा मासिक रूपमा चिकित्सालयमा निःशुल्क आर्युवेदिक स्वास्थ्य शिविर भने हुँदै आएको छ ।
जीप दुर्घटना उपाध्यक्षको मृत्यु, अध्यक्ष सहित पाँच घाईते
कर्णाली बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी चढेको गाडी इलामको हर्कटेमा दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनमा ५ जना घाइते भएका छन् ।
प्रदेश सरकार संघीयता कमजोर बनाउन लागेको पूर्वमुख्यमन्त्री राईको आरोप
पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार ठिक ढंगले नचलेको र संघीयताको अभ्यासलाई कमजोर बनाउन लागेको आरोप लगाउनुभएको छ।
दुई लाख ७० हजार रुपियाँसहित एक पक्राउ
झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गाबजारमा सुभृक्षा बचत तथा ऋण सहकारी संस्थाको ताला फोडेर रकम चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
सल्लेरीमै बायोमेट्रिक प्रणालीमा कर दर्ता सेवा
सन्तोष राउतसोलुखुम्बु, जेठ २७ गते। सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बायोमेट्रिक प्रणालीमा कर दर्ता सेवा सञ्चालन गरिने भएको छ। प्यान तथा भ्याटमा दर्ता भएका व्यवसायीको यस प्रणालीमा दर्ता गर्नका लागि सल्लेरीमै दुई दिने सेवा प्रदान गरिने भएपछि व्यवसायीलाई सहज हुने भएको छ।यही जेठ २८ र २९ गते उद्योग वाणिज्य संघ सोलुखुम्बु र करदाता सेवा कार्यालय ओखलढुङ्गाको संयुक्त आयोजनामा उद्योग वाणिज्य संघ सल्लेरीको कार्यालयमा प्यान तथा भ्याटमा दर्ता भएका व्यवसायीको बायो मेट्रिक प्रणालीमा दर्ता गर्ने कार्यक्रम राखिएको उद्योग वाणिज्य संघ सोलुखुम्बुका प्रतिनिधि सदस्य रामलाल श्रेष्ठले जानकारी दिनुभयो।अन्य समयमा यही कामको लागि ओखलढुङ्गामा रहेको कार्यालयमा पुग्नुपर्ने र भनेको समयमा काम नहुँदा व्यवसायी समस्यामा थिए। यो अवसरलाई सबै व्यवसायीले उपयोग गर्नुपर्ने उद्योग वाणिज्य संघ सोलुखुम्बुका सदस्य भानुभक्त उपाध्यायले बताउनुभयो। सोलुखुम्बुमा कर कार्यालय नहुँदा कर सम्बन्धी सबै काम गर्न झन्झटिलो र खर्चिलो हुने गरेको व्यवसायीको भनाइ छ।करदाता सेवा कार्यालय ओखलढुङ्गाको फाइल तस्बिर