• १२ पुस २०८१, शुक्रबार

जिसस सुनसरीको निर्वाचन ३० गते

blog

जयकृष्ण यादव/इनरुवा
इनरुवा, जेठ २८ गते ।
जिल्ला समन्वय समिति (जिसस) सुनसरीको निर्वाचनमा गठबन्धन र एमालेका उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । जेठ ३० गते हुने जिसस सुनसरीको निवार्चनमा गठबन्धनको पूरै प्यानल र नेकाप एमालेका तीनजना उम्मेदवार मैदानमा  छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीसहितको प्यानलका उम्मेदवारहरुमा जिसस प्रमुखमा राजन मेहता, उपप्रमुखमा कमला दाहाल, महिला सदस्यमा शेषकुमारी घिमिरे, लालकुमारी चौधरी, कलावति माझी, दलित सदस्यमा कुमारी विश्वकर्मा, खुल्ला सदस्यमा टंकप्रसाद गुरुङ्ग, सलिम मियाँ र भूपेन्द्र उरावले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी, नेकपा एमालेबाट जिल्ला समन्वय समितिका प्रमुखमा जगनारायण मेहता,  उपप्रमुखमा सबिना सिग्देल र दलित महिला सदस्यमा  श्रृजना विश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । जिससमा प्रमुख र उपप्रमुख तथा दलित महिला सदस्यमा दुई जनाको उम्मेदवारी दर्ता भएकाले जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुले मतदान गर्ने भएको छ ।

जिल्लामा गठबन्धनसँग स्पष्ट बहुमत छ । नेपाली कांग्रेसका १३, नेकपा(माओवादी केन्द्र)का एक तथा समाजवादी पार्टीको एक गरी १५ मत छ भने एमालेसँग आठ र स्वतन्त्रको एक मत छ ।