• ११ पुस २०८१, बिहिबार

विना कर फनपार्क सञ्चालन

blog

लीलाराज खडका 

बिर्तामोड, जेठ २१ गते । झापाको कनकाई नगरपालिका– ३ र २ को सिमानामा सञ्चालित हेप्पी लेण्ड फनपार्कले कनकाई नगरपालिकालाई बर्षौदेखि कर नतिरी सञ्चालनमा आएको पाइएको छ । 

फनपार्कका सञ्चालक दिनेश शिवाकोटीले इलामको माई नगरपालिका–२ मा सञ्चालनमा ल्याएको अर्को चेप्टी फनपार्कले करोडौंको सरकारी र वनको जमिन हडपेको कुरा विभिन्न मिडियामार्फत वाहिर आएसँगै उहाँले गाउँमा बर्षौदेखि सञ्चालनमा ल्याएको फनपार्क पनि विवादमा तानिएको छ ।

फनपार्कले करोडौंको रकम आम्दामी गर्दा पनि कनकाई नगरपालिका लाई भने ५ बर्षसम्म कर नतिरेको कनकाई नगरपालिकाका अधिकृत विवेक भण्डारीले बताउनुभयो । कनकाई नगरपालिकाले कर बुझाउन भनी पटक पटक फन पार्कलाई पत्र काटेपनि अटेर गरिरहेको कनकाई नगरपालिकाले जनाएको छ ।  

कनकाई नगरपालिकाको मनोरञ्जन कर शीर्षकमा हरेक टिकटबाट ५ प्रतिशत रकम नगरपालिकालाई मनोरञ्जन कर वापत तिर्नुपर्ने व्यावस्था छ । यसरी हैप्पी लैण्ड फनपार्क अर्थात सेल्फी डाँडाँले हालसम्म ५ बर्षमा करोडौं रुपियाँ कर कनकाई नगरपालिकालाई तिर्नुपर्ने देखिन्छ ।