गाजा सम्झौताका लागि बाइडेनद्वारा नेतान्याहुलाई दबाब
मध्यस्थकर्ताहरूको आग्रहमा आयोजित गाजा युद्धविराम वार्ता अवरुद्ध भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हमाससँग गाजा युद्धविराम सम्झौताका लागि दबाब दिनुभएको छ ।
आन्ध्र प्रदेशस्थित रिएक्टर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो
आन्ध्र प्रदेशको अनाकपल्लीको अच्यतापुरम्स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक औषधी कम्पनीमा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या बिहीबार १७ पुगेको छ ।
अस्ट्रेलियाद्वारा विश्वको ‘सबैभन्दा ठुलो’ सौर्य केन्द्रलाई स्वीकृति
अस्ट्रेलियाले ‘विश्वको सबैभन्दा ठुलो सौर्य क्षेत्र’ का रूपमा चिनिएको सौर्य तथा बेट्री फर्मको परियोजनालाई अनुमति दिएको छ । उक्त परियोजनाले सिङ्गापुरलाई ऊर्जा निर्यात गर्नेछ ।
भारतको झारखण्डमा हराएको विमानको खोजी सुरु
पूर्वी भारतको झारखण्ड राज्यका अधिकारीहरूले बुधबार दुई पाइलटसहित हराइरहेको एउटा प्रशिक्षार्थी विमान पत्ता लगाउन राष्ट्रिय प्रकोप प्रतिक्रिया बलसँग मद्दत मागेको बताएका छन् ।
बलात्कारको आरोपमा भविष्यवक्तालाई मृत्युदण्ड
मध्य इरानमा अधिकारीहरूले आफ्ना ग्राहकहरूसँग बलात्कार र यौन उत्पीडन गरेको आरोपमा एक भविष्यवक्तालाई मृत्युदण्ड दिएको न्यायपालिकाले बुधबार बताएको छ ।
लेबनानविरुद्धको इजरायली आक्रमणबाट फताह समूहका स्थानीय नेताको मृत्यु
लेबनानको दक्षिणी सहर सिदोनमा बुधबार इजरायली आक्रमणमा फताहका एक अधिकारीको मृत्यु भएको प्यालेस्टिनी समूहका एक वरिष्ठ सदस्य र एक सुरक्षा स्रोतले बताएका छन् ।
भारतीय प्रधानमन्त्री मोदी पोल्यान्डमा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ऐतिहासिक भ्रमणका क्रममा बुधबार पोल्यान्ड पुग्नुभएको छ ।
ह्यारिसलाई राष्ट्रपति स्वीकार्न अमेरिका तयार : पूर्वराष्ट्रपति ओबामा
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतिको रूपमा स्वीकार्न संयुक्त राज्य अमेरिका तयार रहेको बताउनुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदी बुधबार पोल्याण्ड प्रस्थान
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने पोल्यान्ड र युक्रेन भ्रमणका क्रममा बुधबार पोल्याण्डतर्फ प्रस्थान गर्नुभएको छ ।
इरानमा पाकिस्तानी तीर्थयात्री चढेको बस दुर्घटना हुँदा २८ जनाको मृत्यु
इराकमा शिया मुस्लिम धर्मावलम्बीको धार्मिक अनुष्ठानका लागि जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २८ जना पाकिस्तानी तीर्थयात्रीको मृत्यु भएको इरानको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दलित र जनजाति सङ्गठनद्वारा आज भारत बन्द
आरक्षणको विषयमा सर्वोच्च अदालतले गरेको निर्णयको विरोधमा बुधबार भारतका दलित र जनजाति सङ्गठनहरूले भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई दलित सङ्गठनबाहेक विभिन्न राज्यका धेरै राजनीतिक दलले पनि समर्थन गरेका छन् ।
पाकिस्तानद्वारा ब्यालेस्टिक मिसाइल शाहिन–२ को प्रक्षेपणको प्रशिक्षण सञ्चालन
पाकिस्तानले मगलवार ब्यालेस्टिक मिसाइल शाहिन–२ को सफलतापूर्वक प्रक्षेपण गरेको सेनाले जनाएको छ ।
अमेरिकासँगको संयुक्त सैन्य अभ्यासको विरोधमा कोरियाली नागरिक समूह
दक्षिण कोरियाली शान्ति समूहहरूले संयुक्त राज्य अमेरिकासँग देशको संयुक्त सैन्य अभ्यासको विरूद्ध विरोध र्याली निकालेका छन् । जसले कोरियाली प्रायद्वीप र वरपर टकराव र युद्धको सङ्कट बढाएको छ ।
बङ्गलादेशी कपडा कारखानाले पुनः उत्पादन सुरु गर्यो
राजनीतिक उथलपुथलपछि बङ्गलादेशका कपडा र गार्मेन्ट कारखानाहरू विस्तारै सञ्चालनमा आएका छन् ।
भारतमा चिकित्सक सुरक्षा सुनिश्चित गर्ने राष्ट्रिय कार्ययोजना बनाउन कार्यदल गठन
भारतको सर्वोच्च अदालतले चिकित्सकहरुका लागि हिंसामुक्त र सुरक्षित कार्यस्थल सुनिश्चित गर्ने राष्ट्रिय कार्ययोजना बनाउन मङ्गलबार १० सदस्यीय कार्यदल गठन गरेको छ ।
गाजाको विद्यालयमा इजरायली आक्रमण हुँदा १२ जनाको मृत्यु
गाजाको नागरिक सुरक्षा विभागले मङ्गलबार आश्रय शिविरको रुपमा प्रयोग भइरहेको एक विद्यालयमा इजरायली आक्रमण हुदाँ कम्तिमा १२ जनाको मृत्यु भएको बताएको छ ।
भारतको राजधानीका सपिङ मलमा बम आक्रमणको धम्की
भारतको राजधानीका विभिन्न सपिङ मलहरूमा मङ्गलबार बम आक्रमणको धम्की आएको दिल्ली प्रहरीले जनाएको छ ।
एमपक्स कोभिड भाइरसको नयाँ रुप होइन : डब्लुएचओ
मङ्किपक्स ’एमपक्स’ भाइरस र यसको नियन्त्रणबारे पूर्वजानकारी रहेकोका जोड दिँदै यसको प्रकोप अर्को कोभिड–१९ भेरियन्ट नभएको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार बताएको छ ।
विश्वको सबैभन्दा वृद्ध व्यक्ति ब्रान्यासको निधन
विश्वको सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको मङ्गलबार ११७ वर्षको उमेरमा निधन भएको उहाँको परिवारले जनाएको छ ।
भियतनाममा बाढीका कारण बालबालिका विद्यालय जानबाट वञ्चित
उत्तरी भियतनाममा बाढी र पहिरोले घर र बाली नष्ट गरी यस क्षेत्रलाई अन्य समुदायसँग अलग्गाएपछि हजारौँ बालबालिकाहरू विद्यालयको पहुँचभन्दा टाढा हुन बाध्य भएको एक परोपकारी संस्थाले मङ्गलबार जनाएको छ ।
गाजाबाट छ जना बन्धकको शव बरामद
इजरायली सेनाले आन्तरिक सुरक्षा निकाय शिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनूसबाट छ जना बन्धकको शव बरामद गरिएको मङ्गलबार जनाएको छ ।
जापानमा सेप्टेम्बर २७ मा नयाँ प्रधानमन्त्रीको निर्वाचन गरिने
जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीले नयाँ नेता चयन गर्ने तथा सेप्टेम्बर २७ मा प्रधानमन्त्री चयन गर्ने जनाएको छ ।
मंकीपक्सबाट कङ्गोमा ५७० जनाको मृत्यु
मंकीपक्सका कारण कंगोमा ५७० जनाको मृत्यु भएको छ । मंकीपक्स प्रकोपलाई महाद्वीपीय आपतकाल घोषणा गरिएको छ ।
पाकिस्तानमा वर्षाका कारण १९ जनाको मृत्यु
पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी बर्षाका कारण १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए)ले जनाएको छ ।