जापानमा आँधीपछि गएको पहिरोमा परी चार जना बेपत्ता
जापानमा आँधी र भारी वर्षापछि आएको बाढीसँगै र गएको पहिरोले एउटै परिवारका चार सदस्य बेपत्ता भएको अधिकारीहरूले बुधबार बताएका छन् ।
इजरायली आक्रमणबाट गाजामा २१ जनाको मृत्यु
गाजापट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली आक्रमणको शृङ्खलामा कम्तीमा २१ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् ।
इजरायली सेनाद्वारा गाजामा भूमिगत सुरुङबाट बन्धकको उद्धार
इजरायली सेनाले दक्षिणी गाजापट्टीको भूमिगत सुरुङबाट इजरायली बन्धकलाई उद्धार गरेको छ । ५२ वर्षीय कायद फरहान अल्कादी कुनै गार्ड वा अन्य बन्धक बिना सुरुङमा एक्लै फेला परेको सेनाले जनाएको छ ।
गाजाको अवस्था दयनीय
प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का अधिकारीहरूले गाजाको अवस्था “विनाशकारी’’ भएको जनाएका छन् । यसै क्रममा उनीहरुले र विगत दुई हप्तामा गाजामा जारी थप निकासी आदेशको बिचमा मानिसहरूलाई सीमित गरिएको ठाउँ “धेरै सानो’’ र साँगुरो भएको पनि दोहोर्याएका छन् ।
अस्ट्रेलिया सरकार अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना सीमित गर्दै
अस्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायक माझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने मङ्गलबार घोषणा गरेको छ ।
भियतनामले अक्टोबरमा नयाँ राष्ट्रपति पाउने
भियतनामको राष्ट्रिय सभाले अक्टोबरमा देशको नयाँ राष्ट्रपति चयन गर्ने राष्ट्रिय सञ्चारमाध्यमले मङ्गलबार बताएको छ ।
जलवायु परिवर्तनविरुद्ध तत्काल आवश्यक कदम चाल्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
टुङ्गाको नुकुआलोफामा आयोजित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीन हजार वर्षमा नदेखेको विश्वव्यापी समुद्री सतहमा अभूतपूर्व वृद्धिलाई उल्लेख गर्दै जलवायु परिवर्तनविरुद्ध तत्काल आवश्यक कदम चाल्न विश्व नेताहरूलाई आह्वान गर्नुभएको छ ।
युक्रेनी ऊर्जा केन्द्रमा भएको रूसी हमलाको राष्ट्रपति बाइडेनद्वारा निन्दा
अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसले सोमबार युक्रेनी ऊर्जा केन्द्रमा गरेको हमलाको निन्दा गर्दै कियभलाई आफ्नो निरन्तर समर्थन रहने वाचा गर्नुभएको छ ।
जापानमा चक्रवातका कारण उडान र रेल सेवा अवरुद्ध
दक्षिण जापानतर्फ मङ्गलबार भारी वर्षासँगै आएको एउटा शक्तिशाली चक्रवात दक्षिणी जापानतर्फ अघि बढेसँगै देशको उडान र रेल सेवाहरु अवरुद्ध भएका छन् ।
टर्कीमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम
टर्कीमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । मध्यपूर्वमा चलिरहेको अशान्तिका कारण टर्कीमा सुनको मूल्य प्रतिग्राम २८ सय टर्किस लिरा (८२.३ अमेरिकी डलर) पुगेको छ ।
पाकिस्तानको बलुचिस्तान प्रान्तमा स्ट्रिङ आक्रमणमा परी ५३ जनाको मृत्यु
पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा सोमवार भएको शृङ्खलावद्ध आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा ५३ व्यक्तिको मृत्यु हुनुका साथै अन्य दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन् ।
डेरी फर्मलाई साढे दुई लाख डलरभन्दा बढी जरिवाना
‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ डेरी उत्पादन भनी कारोबार गर्दै आएको न्युजिल्याण्डको डेरी कम्पनीमा छापा मारी कारबाही गरिएको छ ।
रुसद्वारा युक्रेनमा ड्रोन तथा मिसाइल आक्रमण : तीनको मृत्यु
रुसले सोमबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको ड्रोन तथा मिसाइल आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको जनाइएको छ ।
श्रीलङ्कामा विदेशी पुँजी भित्र्याउने मार्क्सवादी नेताको घोषणा
श्रीलङ्काका प्रमुख मार्क्सवादी नेता तथा आगामी महिना हुने राष्ट्रपतिका उम्मेदवारले आफू राष्ट्रप्रमुख निर्वाचित भएमा विशेषगरी हरित ऊर्जाका क्षेत्रमा विदेशी लगानीकर्तालाई छानेर स्वागत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
‘ब्लु लाइन’ पार गर्दा क्षेत्रीय सुरक्षामा खतरा : संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले लेबनान–इजरायल सीमाको ‘ब्लु लाइन’मा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले स्थानीय बासिन्दालाई जोखिममा पार्ने तथा क्षेत्रीय सुरक्षा र स्थिरतालाई खतरामा पार्ने बताउनुभएको छ ।
जापानमा शक्तिशाली चक्रवातको चेतावनी
यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् ।
इजरायलका ‘नयाँ सर्त’ अमान्य : हमास
हमासले युद्धविराम सम्झौताका लागि इजरायलले राखेका ‘नयाँ सर्तहरू’ आफूहरूलाई अमान्य भएको भन्दै हमासको प्रतिनिधिमण्डल वार्ताबाट पछि हटेको छ ।
पाकिस्तानमा सशस्त्र विद्रोहीद्वारा राजमार्गमा गाडी रोकी २२ जनाको हत्या
पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् ।
एयर फ्रान्सले तेल अभिव र बेरुतका उडान निलम्बन
इजराइलले लेबनानमाथि हवाई आक्रमण सुरु गरेपछि एयर फ्रान्सले आइतबार र सोमबार तेल अभिव र बेरुतका लागि निर्धारित उडानहरू निलम्बन गरेको छ ।
अफगानिस्तानी सदाचार कानुनप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त
अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगले तालिबानले हालै पारित गरेको सदाचारसम्बन्धी कानुनप्रति ‘चिन्तित’ रहेको बताएको छ ।
टेलिग्रामका मालिक पावेल फ्रान्समा पक्राउ, अनुसन्धानलाई छरितो बनाउन रूसको आग्रह
पेरिसस्थित रूसी दूतावासले टेलिग्राम म्यासेजिङ प्लेटफर्मका मालिक पावेल डुरोभको पक्राउपछि अदालती प्रक्रियालाई छिटो गर्न फ्रान्सेली अधिकारीहरूले ‘सहयोग गर्न इन्कार गरेको’ आरोप लगाएको छ ।
पाकिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु
पाकिस्तानको आजाद पाटन शहरनजिक र मकरान सामुद्रिक तटीय राजमार्गमा आइतबार भएका दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।
इजरायलमा ४८ घण्टाका लागि सङ्कटकाल घोषणा
लेबनानसँगको बढ्दो तनावका बिच इजरायलले आगामी ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको छ ।
हिजबुल्लाहका हजारौँ रकेट लन्चर नष्ट गरेको इजरायली दाबी
इजरायली सेनाले आफ्नो लडाकु विमानले उत्तरी र मध्य इजरायललाई लक्षित गरी हिजबुल्लाह समूहले पठाएका हजारौँ रकेट लन्चरलाई लेबनानको दक्षिणी सिमानामा आक्रमण गरेको जनाएको छ ।