• २ कात्तिक २०८१, शुक्रबार

इजिप्ट-इरानी विदेशमन्त्रीद्वारा क्षेत्रीय अवस्थाबारे छलफल

blog

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उहाँका इरानी समकक्षी सेयद अब्बास अराघचीबिच छलफल हुँदै ।

इजिप्ट, कात्तिक २ गते । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उहाँका इरानी समकक्षी सेयद अब्बास अराघचीले बिहीबार कायरोमा लेबनान, गाजापट्टी र रेड सीको विकसित अवस्थाका बारेमा छलफल गर्नुभएको छ ।

उहाँले यस क्षेत्रलाई युद्धमा जानबाट रोक्न जोड दिनुभयो । अब्देलाट्टीले गाजापट्टीमा तत्काल युद्धविराम, विनाशकारी मानवीय अवस्थालाई नियन्त्रण गर्न र क्षेत्रीय स्थायित्व र सुरक्षा पुनःस्थापनाका लागि गाजामा मानवीय सहायताको बिनाशर्त वितरणको तत्काल आवश्यकतामा जोड दिनुभयो ।

उहाँले लेबनानको सार्वभौमसत्तामा हानि पुर्‍याउने कुनै पनि चाललाई पूर्ण रूपमा अस्वीकार गर्दै लाल सागरमा भएको घटनाक्रम र समुद्री नेभिगेसन स्वतन्त्रताको सम्मान गर्ने महत्त्वलाई जोड दिनुभयो । यसअघि अराघचीले इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग वार्ता गर्नुभएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल