• ३ कात्तिक २०८१, शनिबार

इजरायली प्रधानमन्त्री नेतन्याहूको निवासलाई निशाना बनाइ ड्रोन हमला

blog

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु

तेल अभिभ (इजरायल), कात्तिक ३ गते । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमलामा भएको इजरायलको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति मार्फत जनाएको छ ।

विज्ञप्तिमा नेतन्याहु र उहाँकी पत्नी सारा हमलाको समयमा घरमा नभएको तथा घटनामा कुनै चोटपटकको रिपोर्ट नभएको उल्लेख गरिएको छ । टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार शनिबार बिहान लेबनानबाट उडाइएका अन्य दुई ड्रोनहरू इजरायलको हवाई सुरक्षा द्वारा खसालेका थिए ।

इजरायल र हमासबिच चलिरहेको द्वन्द्वको बिचमा, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार गाजाका जनतालाई सम्बोधन गर्दै भन्नुभयो “यदि हमासले हतियार छोड्न र बन्धकहरूलाई फिर्ता गर्न सहमत भएमा युद्ध भोलि समाप्त हुन सक्छ ।”

इजरायलले हमास प्रमुख र अक्टोबर ७ मा भएको आक्रमणका मास्टरमाइन्ड याह्या सिन्वारको हत्या भएको पुष्टि गरेको केही घण्टापछि उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । इजरायली रक्षा बलले बिहीबार सिन्वार र अन्य दुई आतङ्ककारी इजरायलले मारेको खुलासा गरेको छ । नेतान्याहुले हमासले हाल गाजामा १०१ जनालाई बन्धक बनाएको खुलासा गर्नु भएको छ जसमा इजरायलसहित २३ वटा विभिन्न देशका नागरिकहरू रहेका छन् । रासस/एएनआई