• ३ कात्तिक २०८१, शनिबार

ब्रिक्स सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री मोदीले रूसको भ्रमण गर्ने

blog

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

नयाँदिल्ली, कात्तिक २ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी साता सुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिन मस्को प्रस्थान गर्नुहुने भएको नयाँदिल्लीले शुक्रबार जानकारी गराएको छ ।

ब्रिक्स पाँच प्रमुख उदीयमान अर्थव्यवस्थाहरूः ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकालाई जोड्ने गरी तयार पारिएको संक्षिप्त रूप हो । वासिङ्टन र अन्य पश्चिमी सहयोगीहरूसँग नजिकको सुरक्षा साझेदारीको बावजुद भारतको मस्कोसँग लामो समयदेखि सुमधुर रहँदै आएको छ ।

मस्को र पश्चिमा मुलुकहरूसँगको सन्तुलित सम्बन्धका कारण भारतले युक्रेनमा रूसी युद्धको विरोध गरेको छैन । यसको सट्टा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानको मध्यस्थता गर्न मध्यस्थकर्ताको रूपमा भारतले आफूलाई प्रस्ताव गरेको छ ।

भारतीय विदेश मन्त्रालयले भोल्गा नदीको किनारमा रहेको कजान शहरमा हुने शिखर सम्मेलनमा भाग लिन मोदी अक्टोबर २२ र २३ मा रुस जाने जनाएको छ ।

गत जुलाईमा मस्कोको भ्रमण गरेका प्रधानमन्त्री मोदीको यो उकै वर्षमा हुन लागेको दोस्रो रूस भ्रमण हो ।

रूस भारतका लागि तेल र हतियारको महत्वपूर्ण आपूर्तिकर्ता हो तर मस्को पश्चिमबाट अलग्गिनु र बेइजिङसँगको बढ्दो सम्बन्धका कारण नयाँदिल्लीसँगको रूसको साझेदारी प्रश्नचिन्ह खडाभएको छ ।

युक्रेन युद्धले भारतलाई परम्परागत रूपमा यसको सबैभन्दा ठूलो आपूर्तिकर्ता रूसको सट्टा हतियारका लागि अन्य स्रोतहरू खोज्न बाध्य पारेको छ ।

युरोपमा परम्परागत खरीदकर्ताहरूले छोडेको आवश्यक निर्यात बजारका लागि भारत रूसी कच्चा तेलको एक विश्वसनीय प्रमुख क्रेता बनेको छ । यसले नाटकीय रूपमा उनीहरूको आर्थिक सम्बन्धलाई पुनः संरचना गरेको छ, भारतले मस्कोको युद्ध कोषलाई बलियो बनाउन अर्बौँ डलर योगदान गरेको छ ।

सन् २००९ मा ब्राजिल,रूस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच सदस्य राष्ट्रको प्रारम्भिक अक्षरबाट स्थापित यस सङ्गठनमा इरानलगायत मध्यपूर्वका देशहरूलाई पनि समेटिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सहयोगी युरी उशाकोभले यसै महिना सम्मेलनमा २४ देशका नेता सहभागी हुने बताउनुभएको थियो । रासस/एएफपी