थाइल्यान्डको फेउ थाई पार्टीद्वारा पेटोङ्टार्न सिनावात्रा प्रधानमन्त्री उम्मेदवार चयन
थाइल्यान्डको फेउ थाई पार्टीले अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३७ वर्षीया पेटोङ्टार्न सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा छनोट गरेको छ ।
अफगानिस्तानको पार्किङ स्थलमा राखिएको ट्रकमा आगलागी
पश्चिमी अफगानिस्तानको हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात सहरमा भन्सारको पार्किङस्थलमा आगलागी हुँदा व्यापारिक सामान बोकेका धेरै ट्रकहरू खरानीमा परिणत भएका छन् ।
इजिप्टमा बेरोजगारी दर ६.५ प्रतिशतमा घट्यो
इजिप्टको बेरोजगारी दर यस वर्षको दोस्रो त्रैमासिकमा ६.५ प्रतिशतमा झरेको छ । जुन पहिलो त्रैमासिकमा ६.७ प्रतिशत रहेको देशको आधिकारिक तथ्याङ्क निकायले बिहीबार जनाएको छ ।
अफगानिस्तानमा १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध
अफगानिस्तानमा तालिबान सरकारले जानाजानी १४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले बिहीबार जनाएको छ ।
डब्लुएचओद्वारा एमपक्सलाई स्वास्थ्य आपत्काल घोषणा
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एमपक्सको प्रकोपलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक आपत्काल घोषणा गरेको छ ।
युक्रेनलाई ५१ डलर चन्दा दिँदा १२ वर्षको जेल सजाय
अमेरिका र रुसको दोहोरो नागरिकता भएकी केन्सिया खवानालाई बिहीबार एक रुसी अदालतमा देशद्रोहको आरोपमा दोषी ठहर गरिएको छ ।
जापानमा ‘शक्तिशाली भूकम्प’ को चेतावनी अन्त्य
जापानले एक हप्तादेखि लागू गरेको शक्तिशाली भूकम्प (मेगाक्वेक) आउन सक्ने चेतावनी बिहीबार हटाएको छ । ‘मेगाक्वेक’ ले हुने मानवीय तथा भौतिक क्षतिको खतराको जोखिम समाप्त भएसँगै सरकारले चेतावनी हटाई मानिसहरूलाई सामान्य अवस्थामा फर्कन आग्रह गरेको छ ।
रुसी सैन्य हवाई अखडामा युक्रेनी आक्रमण
पछिल्लो समय युक्रेनले रुसको कुस्र्क क्षेत्रमा आक्रमण बढाउँदै गएको छ । यसै क्रममा बुधबार सबैभन्दा ठुलो र लामो दूरीको ड्रोन आक्रमण गरी चार रुसी सैन्य हवाई क्षेत्रमा आक्रमण गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
श्रीलङ्काको राष्ट्रपतीय निर्वाचनमा ३८ जना प्रतिस्पर्धी
श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आगामी महिना हुने निर्वाचनमा ३८ जना प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने निर्वाचन आयोगले बिहीबार जनाएको छ ।
थाइल्याण्डमा फेउ थाई पार्टी प्रधानमन्त्रीको नयाँ उम्मेदवार चयन गर्न छलफलमा
थाइल्यान्डका अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टीले बिहीबार प्रधानमन्त्रीका लागि उम्मेदवार चयन गर्न बैठक बोलाएको छ ।
बिहीबार बाइडेन र ह्यारिसले चुनावी अभियानलाई संयुक्तरूपमा नेतृत्व गर्ने
अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पूर्व घोषणाअनुसार बिहीबारदेखि सन् २०२४ को अमेरिकी राष्ट्रपतिको संयुक्त चुनावी अभियानको नेतृत्व गर्नुहुने भएको छ ।
म्यान्मारकी प्रजातन्त्रवादी नेत्री सुकीको घर किन्न पुनः बोलपत्र आह्वान
जेलजीवन बिताइरहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई वर्षौंसम्म नजरबन्दमा राखेको लेकसाइडस्थित घर बिहीबार दोस्रो पटक लिलामीका लागि राखिएको छ ।
अस्ट्रेलियामा बेरोजगारी वृद्धि
अस्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्च स्तरमा पुगेको छ । ‘अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)’ ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क अनुसार जुलाईमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.२ प्रतिशत पुगेको छ ।
यूएस सीपीआई जुलाईमा २.९ प्रतिशत बढ्यो
जुलाईमा अमेरिकी उपभोक्ता मुद्रास्फीति एक वर्ष अघिको तुलनामा २.९ प्रतिशतले बढेको छ । जुन जुनमा ३.० प्रतिशत र मेमा ३.३ प्रतिशतले बढेको छ, अमेरिकी श्रम विभागले बुधबार रिपोर्ट गरेको छ ।
अमेरिकाद्वारा सुडानका सेनालाई युद्ध अन्त्यका लागि वार्तामा सामेल हुन आग्रह
संयुक्त राज्य अमेरिकाले सुडानको सेनालाई युद्ध अन्त्यका लागि वार्तामा सामेल हुन आग्रह गरेको छ । स्विट्जरल्याण्डमा सुरू भएको वार्तामा सुडानमा द्वन्द्वरत अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) समूह सहभागी भएको छ ।
एमपोक्सका विषयमा विज्ञसहितको बैठक गर्दै डब्ल्यूएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अफ्रिकामा मन्कीपक्स (एमपक्स) को वृद्धिलाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने निर्णय गर्न बुधबार विज्ञहरूको बैठक गरेको छ ।
भारतको ७८औँ स्वतन्त्रता दिवसमा छ हजार विशेष अतिथि
प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट १५ मा दिल्लीको ऐतिहासिक लालकिल्लाबाट ७८औँ स्वतन्त्रता दिवस मनाउन राष्ट्रको नेतृत्व गर्नुहुनेछ ।
बङ्गलादेशका अपदस्थ सांसद एवं क्रिकेटर शकिबलाई पाकिस्तानमा खेल्न अनुमति
बङ्गलादेशका अपदस्थ सांसद एवं क्रिकेटर शकिब अल हसनलाई बुधबार पाकिस्तानमा राष्ट्रिय टोलीबाट खेल्न अनुमति दिइएको छ ।
बङ्गलादेशमा बेपत्ता वकिलको रिहाइ र अनुभव
आँखामा पट्टी बाँधेर, हतकडी लगाएर गोप्य जेलमा राखिएका बङ्गलादेशी वकिल अहमद बिन कासेमले आठ वर्षपछि जेलबाट बाहिर ल्याइएको महसुस गर्नुभयो ।
लेबनानमा बढ्दो नागरिक मृत्यु र विस्थापन चिन्ताजनक : राष्ट्रसङ्घ
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएचए) ले लेबनान र इजरायली अस्तित्वलाई छुट्याउने ‘ब्लु लाइन’मा बढ्दो वैमनस्यताको बिचमा नागरिक मृत्यु र बढ्दो विस्थापनप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।
तालिबान सत्तारोहणका तीन वर्ष
अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले आफ्नो शासनको तेस्रो वर्षगाँठको अवसरमा बुधबार पूर्व अमेरिकी बगराम एअर बेसमा उत्सव मनाएको छ ।
थाई प्रधानमन्त्री श्रेथा जिम्मेवारीमुक्त, अदालतको आदेशको सम्मान गर्ने भनाइ
थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदीय मर्यादामा आँच आउने कार्य गरेको अभियोग सम्बन्धमा फैसला दिँदै बुधबार जिम्मेवारीबाट मुक्त गर्न आदेश दिएको छ ।
बङ्गलादेशको अन्तरिम सरकारलाई समावेशी बनाउन आग्रह
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बङ्गलादेशमा संसदीय चुनावको आह्वान गर्दै अन्तरिम सरकारलाई समावेशी बनाउन आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घका प्रमुखले महिला तथा अल्पसङ्ख्यक समुदायलाई निर्वाचनमा समावेश गरी सो आग्रह गर्नुभएको हो ।
जापानका प्रधानमन्त्री किशिदा निर्वाचन नलड्ने
जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी सेप्टेम्बरमा हुने पार्टी नेतृत्वको निर्वाचनमा भाग नलिने घोषणा गर्नुभएको छ ।