गाजाको शरणार्थी शिविरमा हवाई आक्रमण : मृत्यु हुनेको सङ्ख्या ७० पुग्यो
गाजाको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ । मध्य गाजा पट्टीमा रहेको अल–मगाजी शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ ।
युक्रेनद्वारा क्रिमियामा रुसी जहाज ध्वस्त
युक्रेनको वायुसेनाले मङ्गलबार उसले क्रिमिया प्रायद्वीपमा ड्रोन बोकेको आशङ्कामा मस्कोको कीभविरुद्धको युद्धमा प्रयोग गरिएको रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ ।
गाजास्थित शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, ७० जनाको मृत्यु
गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलिभिजनले जनाएको छ ।
क्रिसमसको अवसरमा एक हजार कैदी रिहा
श्रीलङ्काले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ ।
‘ब्याट’ फिर्ता लिन पीटीआई उच्च अदालत जाने
पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले पार्टीको चुनाव चिन्ह क्रिकेटको ‘ब्याट’ हटाउने निर्णयविरुद्ध पेशावर उच्च अदालत वा सर्वोच्च अदालतमा जाने बताएको छ ।
जापानको मुख्य उपभोक्ता मूल्य २.५ प्रतिशतले बढ्यो
जापानको कोर उपभोक्ता मूल्य नोभेम्बरमा एक वर्षअघिको तुलनामा २.५ प्रतिशतले बढेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयकाअनुसार राष्ट्रव्यापी उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा वृद्धिको गति उनीहरूको अस्थिरताका कारण ताजा खाद्यान्न मूल्यहरू बाहेक, लगातार २० औं महिनामा बैंक अफ जापानको २ प्रतिशत मुद्रास्फीति लक्ष्यभन्दा माथि रह्यो ।
टर्कीको ६६ प्रतिशत भूभाग भूकम्पको जोखिममा
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशको ६६ प्रतिशत भूभाग र ७१ प्रतिशत जनसङ्ख्या भूकम्पको जोखिममा रहेको चेतावनी दिनुभएको छ ।
टर्की संसदले स्वीडेनको नाटो प्रस्तावमा छलफल गर्ने
टर्की संसदले अर्को हप्ता स्वीडेनको नाटो प्रस्तावमाथि छलफल गर्ने भएको छ । संसदको विदेश मामिला समितिले अर्को हप्ता स्वीडेनको नाटो प्रस्तावका बारेमा संसदमा छलफल हुने बताएको हो ।
गाजामा ७५ दिनमा १३६ सहकर्मी मारिएको संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको भनाइ
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल र हमासबिच जारी युद्धमा विगत ७५ दिनमा संयुक्त राष्ट्रसङ्घका १३६ जना कामदारको ज्यान गइसकेको र कैयौँ कर्मचारीलाई घरछोड्न बाध्य पारिएको बताउनुभएको छ ।