• ७ पुस २०८१, आइतबार

म्यानमारमा रोहिङ्ग्या शरणार्थीलाई जबरजस्ती सेनामा भर्ती गर्ने क्रम बढ्दो

blog

कोक्स बजार (बङ्गलादेश), असोज ७ गते । सैयद गत महिना दोस्रो पटक म्यानमारबाट भाग्ने सयौँ रोहिङ्ग्या शरणार्थीमध्ये एक हुनुहुन्छ । सैयद (प्रतिशोधबाट बचाउनका लागि नाम परिवर्तन) उत्पीडनमा परेका राज्यविहीन मुस्लिम अल्पसङ्ख्यक हजारौं युवामध्ये एक हुनुहुन्छ ।

उनीहरूले सैयद र अन्य युवा रोहिङ्ग्याको हितका लागि नभई युद्ध लड्नका लागि बङ्गलादेशबाट बोलाई म्यानमारको सेना (लडाकू दस्ता) मा भर्ती गरेका थिए । तर त्यहाँ टिक्न नसकेपछि उनीहरू पुनः शरणार्थीका रूपमा बङ्गलादेश फर्किएका छन् ।

म्यानमारको सेनामा उनीहरूको भर्तीले नागरिकविरुद्ध बदलाको आक्रमणलाई उत्प्रेरित गरेको छ र हजारौँलाई बङ्गलादेशमा धकेलेको छ, जहाँ पहिले नै लगभग १० लाख रोहिङ्ग्या शरणार्थी छन् ।

’उनी भागेर विगत सात वर्षदेखि घर बोलाइएका बङ्गलादेशी राहत शिविरमा फर्केलगत्तै सैयदले एएफपीसँग भन्नुभयो, “त्यहाँ (म्यानमार)का जनताले निकै सास्ती भोगिरहेका छन् । मैले आफ्नै आँखाले त्यो देखेको छु ।

“कोही खानेकुराको अभावमा छन् त कतिको भोकमरीका कारण मृत्यु भइसकेको छ”, २३ वर्षीया उहाँले भन्नुभयो, “बाँकी सबै जना आफ्नो ज्यान बचाउने प्रयासमा व्यस्त छन्।”

सैयदले आफूलाई गत जुनमा शिविरमा कार्यरत रोहिङ्ग्या सशस्त्र समूहले भर्ती गरेको र म्यानमारको जुन्टाविरुद्ध युद्ध गरिरहेको विद्रोही समूह अराकान सेनाविरुद्ध लड्न पठाइएको बताउनुभयो ।

उहाँ र अन्य रोहिङ्ग्या भर्ती भएकाहरूलाई भरियाको रूपमा काम गर्न लगाइयो, खाडल खन्ने र म्यान्मारका सैनिकहरूका लागि पानी ओसार्ने काममा लगाइएको थियो ।

सैयदले भन्नुभयो, “सेना प्रहरी चौकीमा बस्छ, उनीहरू बाहिर जाँदैनन् । उनीहरूले हामीलाई कुनै प्रशिक्षण पनि दिएनन् । हाम्रो काम सेनाका लागि पानी बोक्ने र वारूदी सुरूङ खन्ने थियो ।”

एक मुस्लिम गाउँमा गस्तीमा पठाइएका बेला सैयदले आफुलाई जबरजस्ती सेनामा भर्ती गर्ने ‘अपहरणकारीहरू’लाई स्लिप दिएर र बङ्गलादेशमा फर्कन सफल भएको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायले बङ्गलादेश सरकारलाई दिएको तथ्याङ्कअनुसार सीमा नजिकको लडाइँ चर्किँदै गएपछि हालैका महिनाहरूमा सीमा पार गर्ने करिब १४ हजार रोहिङ्ग्यामध्ये उहाँ एक हुनुहुन्छ ।

विज्ञहरूका अनुसार यस वर्ष बङ्गलादेशको शरणार्थी शिविरबाट कम्तीमा दुई हजार रोहिङ्ग्यालाई जबरजस्ती सेनामा भर्ना गरिएको छ भने म्यान्मामा रहेका अन्य धेरै रोहिङ्ग्यालाई पनि भर्ती गरिएको छ ।

बङ्गलादेशमा सेवामा खटिनेहरूले म्यानमारको जुन्टाले उनीहरूलाई आफ्नो मातृभूमि फर्कन दिने छुटको बदलामा सेनामा भर्ती हुन बाध्य पारेको बताएका छन् ।

शिविरमा कार्यरत दुई सशस्त्र समूह अराकान रोहिङ्ग्या साल्भेसन आर्मी र रोहिङ्ग्या सोलिडारिटी अर्गनाइजेसन (आएसओ) दुवैले उनीहरूलाई शरणार्थीका रूपमा मान्यता दिन अस्वीकार गर्दै आएका छन् ।

आरएसओका वरिष्ठ नेता कोको लिनले एएफपीसँग भन्नुभयो, “हामीले कहिल्यै पनि आफ्नो वा अरूका लागि जबरजस्ती कसैलाई सेनामा भर्ती गरेका थिएनौँ ।”

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले म्यान्माको सेना र अराकान सेना दुवैले द्वन्द्वका बेला रोहिङ्ग्या समुदायमाथि गम्भीर दुर्व्यवहार गरेको जानकारी आफूसँग रहेको जनाएको छ ।

अन्य अधिकारवादी समूहहरूले म्यानमारका सेनासँगै रोहिङ्ग्याहरूलाई सेवामा खटाइएकाले अराकान सेनाले जवाफी आक्रमणलाई बढावा दिएको बताएका छन् ।

गत महिना फोर्टिफाई राइट्सले विद्रोही समूहले सीमामा ड्रोन र मोर्टार बमबारीमा १०० भन्दा बढी रोहिङ्ग्या पुरुष, महिला र बालबालिकाको हत्या गरेको बताएको थियो । रासस/एएफपी