• २० असोज २०८१, आइतबार

भारतमा हेलिकप्टर दुर्घटनामा तीनजनाको मृत्यु

blog

फाइल तस्विर

नयाँदिल्ली,  असोज १६ गते । पश्चिमी भारतको  पुणे जिल्लाको बावधन नजिक बुधबार हेलिकप्टर दुर्घटना हुँदा  हेलिकप्टरमा सवार तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । हेलिकप्टर हेरिटेज एभिएसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् ।  

अधिकारीहरुका अनुसार मुम्बईको दक्षिणपूर्वमा रहेको पुणे सहरको बाहिरी इलाकामा स्थानीय समय अनुसार बिहान ६ः४५ बजे दुर्घटना हुँदा हेलिकप्टरमा आगो लागेको थियो ।  ।

दुर्घटनामा हेलिकप्टरमा सवार दुई जना पाइलट र एक जना इन्जिनियरको मृत्यु भएको प्रमुख अग्नि नियन्त्रक अधिकारी  देवेन्द्र पोटफोडले पत्रकारसमक्ष बताउनु भएको छ ।  उहाँले आफूहरु घटनास्थलमा पुग्दा, हेलिकप्टर दुर्घटनाग्रस्त भएको र यसका सबै भागहरू छरिएको देखेको उल्लेख गर्नुभएको छ  ।  

उहाँले दुर्घटनामा मृत्यु वरण गरेका तीनैजनालाई निकाली शव प्रहरीलाई हस्तान्तरण गरेको बताउनुभएको छ ।  

हेलिकप्टर विपक्षी राष्ट्रवादी काङ्ग्रेस पार्टीले भाडामा लिएको र मुम्बईतर्फ गइरहेको स्रोतले जनाएको छ ।  

दुर्घटनाको आधिकारिक कारण अहिलेसम्म पत्ता लागेको छैन । स्थानीय मिडियाले दुर्घटनाको समयमा यस क्षेत्रमा घना कुहिरो लागिरहेकाले दुर्घटना भएको रिपाेर्ट गरेका छन् । रासस, एएफपी