• २४ असोज २०८१, बिहिबार

गाजा युद्धबारे छलफल गर्न हमास र फतहबिच भेटवार्ता

blog

फाइल तस्बिर

दोहा, असोज २३ गते । हमासले बुधबार आफ्नो प्रतिद्वन्द्वी प्यालेस्टाइनी गुट फतहसँग गाजा पट्टीमा वर्षौ लामो युद्ध र राष्ट्रिय एकतातर्फको प्रयासबारे छलफल गर्न कायरोमा बैठक सुरु गरेको बताएको छ ।

“इजिप्टको राजधानी कायरोमा हमास र फतह आन्दोलनका प्रतिनिधिमण्डलबीच बैठक सुरु भएको छ”, हमासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । दुवै समूहबिच गाजा पट्टीमा आक्रामकताको अन्त्य, राजनीतिक र क्षेत्रीय घटनाक्रम तथा राष्ट्रिय प्रयास र श्रेणीहरुलाई एकताबद्ध गर्नेबारे छलफल गरिरहेको बताइएको छ ।

हमास र फतह दीर्घकालीन प्रतिद्वन्द्वी हुन् । उनीहरुले सन् २००७ मा छोटो तर रक्तपातपूर्ण युद्ध लडेका थिए । फतहले प्यालेस्टिनी प्राधिकरणमा प्रभुत्व जमाउन जारी राखेको छ, जसको इजरायलले कब्जा गरेको वेस्ट बैङ्कका सहरी क्षेत्रहरूमा सीमित प्रशासनिक नियन्त्रण छ ।

जुलाईमा हमासले राष्ट्रिय एकताका लागि सँगै काम गर्न फतहलगायत अन्य प्यालेस्टिनी सङ्गठनहरूसँग बेइजिङमा एउटा सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको थियो । रासस/एएफपी