औषधीसहित चिकित्सककाे टोली नरैनापुरमा
झाडापखाला लागेर चार जनाको मृत्यु भएको बाँकेको नरैनापुरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्वास्थ्य कार्यालय बाँकेको टोली चिकित्सक र औषधीसहित पुगेका छन् ।
बालबालिकामा हात्तीपाइले रोगको ‘ट्रान्समिशन’ परीक्षण सुरु
बर्दियाका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ र २ मा अध्ययनरत बालबालिकामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत ‘ट्रान्समिशन एसिसमेन्ट सर्भे’ (टास) सुरु गरिएको छ ।
प्रधानमन्त्रीलाई ‘काठमाण्डु इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ को प्रगतिबारे जानकारी
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक–निजी साझेदारीका रुपमा सञ्चालित गैह्रनाफमूलक ‘काठमाण्डुु इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ ले बाल स्वास्थ्य क्षेत्रमा थालेका कामको प्रगतिबारे जानकारी लिनुभएको छ ।
झाडा पखालाबाट बाँकेमा एकै दिन चारजनाको मृत्यु
बाँकेको नरैनापुरमा झाडा पखालाका कारण आइतबार ४ जनाको मृत्यु भएको छ ।
पोषण कार्यक्रमलाई तीन अर्ब ६७ करोड अनुदान
सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट र युनिसेफबाट प्राप्त हुने तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता सूचिकृत गर्ने निर्णय गरेको छ ।
छ हजार भन्दा बढीमा डेंगु पुष्टि, बागमती र गण्डकी प्रदेशमा सबैभन्दा बढी
पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार देशका ७५ जिल्लाबाट छ हजार ३४७ जनामा डेंगु पुष्टि हुनुका साथै तीन जना सङ्क्रमितको मृत्यु भएको छ।
क्यान्सरका बिरामीले अब सातै प्रदेशबाट सेवा पाउने
क्यान्सरका बिरामीले सबै प्रदेशबाट उपचार पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ पारित गरेसँगै यो सम्भव भएको हो ।
सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
स्याङ्जामा बढ्न थाल्यो डेंगुको सङ्क्रमण
स्याङ्जामा डेंगुको सङ्क्रमण बढ्न थालेको छ । पछिल्ला केही दिनहरूमा डेंगुसँग मिल्दो लक्षण भएका बिरामीहरूको सङ्ख्या बढेको जिल्लाका अस्पतालहरूले जनाएका छन् ।
लागूपदार्थ दुर्व्यसनीविरुद्धको अभियानलाई प्रभावकारी बनाऔँः अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लागूपदार्थ दुर्व्यसनीविरुद्धको अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
सेवा विस्तार गर्दै दमौली अस्पताल
तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा विभिन्न सेवा विस्तार गरिएको छ । अस्पतालले शल्यक्रियामार्फत प्रसूति सेवा, सर्जरी सेवा, एमडिजिपी सेवा र पाठेघर फाल्ने शल्यक्रिया सेवा विस्तार गरेको हो ।
सेतो पुतलीबाट बच्न मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सेतो पुतलीबाट शापू रोग लाग्नबाट बच्न आग्रह गरेको छ ।मन्त्रालयले सूचना निकाल्दै सेतो पुतलीले आँखामा शापू रागे लाग्ने हुँदा सावधान रहन आग्रह गरेको हो ।
कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गराउन स्वास्थ्य मन्त्रालयलाई कार्यदलको सुझाव
सङ्घीय अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकहरूको सेवा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।
स्वास्थ्य बिमालाई पाँच लाख पुर्याउने : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई पाँच लाख पुर्याउने बताउनुभएको छ ।
६८ जनामा हैजा पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पानीजन्य रोगबाट बच्न पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न आग्रह गरेको छ ।
रुपन्देहीका अस्पतालमा डेंगु बिरामीको चाप बढ्याे
रुपन्देहीका अस्पतालहरुमा डेंगु सङ्क्रमित बिरामीहरुको चाप बढ्न थालेको छ ।
पाँच हजारभन्दा बढीमा डेंगु पुष्टि, तीनको मृत्यु
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडिसिडी )को तथ्याङ्क अनुसार ७५ जिल्लाबाट पाँच हजार ५८९ जनामा डेंगु पुष्टि हुनुका साथै तीन जना सङ्क्रमितको मृत्यु भएको छ ।
जनस्वास्थ्य सङ्कटकाल लगाउनुपर्ने अवस्था छैन : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा मनसुनको समयमा देखिने हैजाको हाल जनस्वास्थ्य सङ्कटकाल लगाउनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
सरकारी अस्पताल नभए क्यान्सर नमुना परीक्षण जनस्वास्थ्य प्रयोगशालाले गर्ने
देशका सरकारी क्यान्सर अस्पतालको ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ ।
धादिङ अस्पतालमा ‘मेमोग्राम सेवा’ थपियो
नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीमा रहेको धादिङ अस्पतालले पहिलोपटक स्तन क्यान्सर पहिचान र परीक्षणका लागि मेमोग्राम सेवा सुरु गरेको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले रु एक करोड नौ लाख ६१ हजार मूल्य बराबरको मेसिन उपलब्ध गराएसँगै जिल्ला अस्पतालले मङ्गलबारदेखि सेवा सुरुआत गरेको हो ।
नेपाल हेल्थ समिट आयोजना गर्न आठ सदस्यीय समिति गठन
नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि विदेशमा रहेका नेपालीको ज्ञान, सीप र दक्षता देशमा भित्राउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपाल हेल्थ समिट २०२४’ आयोजना गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा उपचार रोकिने जोखिम
स्वास्थ्य बिमाको रकम शोधभर्ना नपाउँदा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिरामीको उपचार रोकिने जोखिम भएको छ ।
१८ वर्षमै तिम्ल्याहा बच्चाकी आमा
राजु लामिछानेरुकुमपश्चिम, भदौ ११ गते। रुकुमपश्चिमको सानीभेरीमा रहेको गाउँपालिका अस्पतालमा एक महिलाले १८ वर्षको उमेरमा तीन जना बच्चाको जन्म दिनुभएको छ। चौरजहारी नगरपालिका १४ घर भइ हाल सानीभेरी गाउँपालिका ८ स्थित माइती घरमा बस्दै आउनुभएकी १८ वर्षीया कौशिला पुनले तिम्ल्याहा बच्चा जन्माउनुभएको हो। अस्पतालका स्टाफ नर्स अम्बिका ओलीका अनुसार आज (मङ्गलबार) बिहान ८:१५, ८:३७ र ९:०० बजे पुनले तीन बच्चा जन्माउनुभएको हो। जन्मिएका नवजात शिशु दुई छोरी र एक छोरा हुन्। स्टाफ नर्स ओलीका अनुसार पुनले समय पूरा नहुँदै (करिब २८ हप्तामै) तीन बच्चाको जन्म दिनुभएको हो। सामान्यतया ४० हप्ताको अवधिमा बच्चाको जन्म हुने आँकलन गरिएको हुन्छ। सुत्केरी व्यथा लागेर आफैँ अस्पताल पुग्नुभएकी पुनको स्वास्थ्य अवस्था भने सामान्य छ। सुरुमा जन्मिएका दुई छोरीको अवस्था सामान्य र तौल एक किलो रहेको छ भने अन्तिममा जन्मिएका छोराको तौल नौ सय ग्राम मात्र छ। तौल पनि कम र श्वासप्रश्वासमा केही समस्या देखिएपछि बच्चालाई अक्सिजनसहित सुविधासम्पन्न अस्पतालमा आवश्यक समन्वय गरेर पठाइएको उहाँले जानकारी दिनुभयो। स्टाफ नर्स ओलीका अनुसार गाउँपालिका अस्पताल स्थापना भएयता तिम्ल्याहा बच्चा जन्मिएको पहिलो पटक हो। जुम्ल्याहन बच्चा जन्माएको घटना फेस गरेको भएता पनि पहिलोपटक तिम्ल्याहा बच्चा जन्मिएको घटना फेस गरेको उहाँले जनाउनुभयो। गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले तिम्ल्याहा बच्चा विरलै जन्मिने गरेको बताउनुभयो। सुत्केरी र नवजात शिशुलाई गाउँपालिका एम्बुलेन्समार्फत अस्पताल इन्चार्ज कर्णवीर केसीको साथमा नेपालगञ्ज लगिएको अध्यक्ष विष्टले जानकारी दिनुभयो । गाउँपालिकाले गर्भवती, सुत्केरी र दैवी प्रकोपमा परेर बिरामी तथा घाइतेहरुलाई निःशुल्क एम्बुलेन्स सेवा दिने गरेको छ।
चार गुणाले बढ्यो शल्यक्रियाबाट बच्चा जन्माउनेको सङ्ख्या
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा शल्यक्रियाबाट बच्चा जन्माउनेको सङ्ख्या चार गुणाले बढेको छ ।