डाक्टर सा’ब पनि बेरोजगार !
नेपालमा चिकित्सकले नै रोजगारी पाउन कठिन देखिएको छ । नर्सिङ, प्याथोलोजी, फार्मेसी तथा अन्य पारामेडिक्स क्षेत्रमा रोजगारी पाउन फलामको चिउरा चपाए सरह छँदै छ तर ६० लाख रुपियाँभन्दा बढी खर्च गरेर एमबिबिएस पास भएका चिकित्सकसमेत बेरोजगार छन् । एमबिबिएस मात्र होइन, काठमाडौँ उपत्यकामा एमडी गरेका चिकित्सकसमेत बेरोजगार हुन थालेका छन् ।
मंकीपक्सबाट कङ्गोमा ५७० जनाको मृत्यु
मंकीपक्सका कारण कंगोमा ५७० जनाको मृत्यु भएको छ । मंकीपक्स प्रकोपलाई महाद्वीपीय आपतकाल घोषणा गरिएको छ ।
स्वास्थ्य बिमामा नागरिकको आकर्षण बढ्दै
जिल्लामा स्वास्थ्य बिमा प्रति नागरिक आकर्षण बढ्दै गएको छ । उपचारमा आफूले पैसा तिर्नुपर्ने भएपछि पछिल्लो समय नागरिक स्वास्थ्य बिमा प्रति आकर्षित हुँदै गएका हुन् ।
गोरखामा ५२९ जनामा डेंगु सङ्क्रमण, ११४ जनामा स्क्रबटाइफस
गोरखामा दुई महिनाको अवधिमा ५२९ जनामा डेंगु सङ्क्रमण देखिएको छ । अत्यधिक मात्रामा डेंगु सङ्क्रमण बढ्न थालेकाले असार र साउनमा मात्रै गोरखामा ५२९ जनामा डेंगु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामनाथ शर्माले जानकारी दिनुभयो ।
तयारी विनै गेटामा इनडोर सेवा सुरु
नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको बहुचर्चित कैलालीको गेटास्थित गेटा अस्पतालमा पूर्ण तयारी विनै इनडोर ( बिरामी भर्ना गरे) सेवा सुरु गरिएको पाइएको छ ।
नेपाली खाना र पौष्टिकता
रापूर्व कालदेखि नै आजको दिन विभिन्न प्रकारका पौष्टिक गेडागुडी भिजाएर उम्रिएपछि त्यसलाई राम्ररी पखालेर पकाएर खाने चलन छ। समुदाय अनुसार यसको नाम फरक होला तर पौष्टिक आहारका लागि यसलाई आधुनिक विज्ञानका चिकित्सकले सबैभन्दा राम्रो मानेका छन्।
क्यान्सर अस्पतालमा अतिरिक्त सेवा सञ्चालन : ‘सिटीस्क्यान’ सेवालिन पालो कुर्नुपर्ने
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘सिटीस्क्यान’ ’ सेवालिन पालो कुर्नुनपर्ने भएको छ । दैनिक ६० देखि ७० बिरामीको सिटीस्क्यान हुने सो अस्पतालमा सो सेवा लिन विगतमा एक साता पालो कुर्नुपर्दथ्यो ।
मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल रहेको जनाएको छ ।
शक्ति दिएर शरीरलाई बलियो बनाउने खाना 'क्वाँटी'
हिन्दु धर्म अनुसार जनै पूर्णिमामा जनै लगाउने र क्वाँटी खाएर मनाउने प्रचलन छ । जनै पूर्णिमाको दिन टुसा उमारेर क्वाँटी खाँदा जति स्वादिलो हुन्छ स्वास्थ्यका हिसाबले त्यती नै फाइदाजनक हुने पोषणविद् बताउँछन् ।
तीन वर्षमा बाँकेमा ६० जना सुत्केरीको मृत्यु
बाँके जिल्लामा तीन आर्थिक वर्षमा ६० जना गर्भवती र सुत्केरीको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । मृत्यु हुनेहरूमा बाँकेका मात्र नभई विभिन्न पहाडी र दुर्गम जिल्लाहरूबाट स्वास्थ्य अवस्था गम्भीर भइसकेपछि उपचारका लागि आउने गर्भवती र सुत्केरी महिलाहरू समेत रहेको कार्यालयले जनाएको हो।
दुई हजार चार सय ९७ पिन्ट रगत वितरण
नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले गत आर्थिक वर्षमा दुई हजार चार ९७ पिन्ट रगत वितरण गरेको छ । केन्द्रले दुई हजार पाँच सय ५९ पिन्ट रगत सङ्कलन गरेको थियो ।
‘पाँच जनाभन्दा बढी झाडापखालाका बिरामी भेटे १११५ मा फोन गरौँ’
सरकारले समुदायमा पाँच जनाभन्दा बढी झाडापखालाका बिरामी भेटेमा १११५ मा फोन गरी जानकारी गराउन आग्रह गरेको छ ।
पाल्पा अस्पतालमा बिहान ८ देखि ओपिडी सेवा
पाल्पा अस्पतालमा बिरामीलाई सेवा छिटोछरितो सेवा दिने उद्देश्यले बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गरिएको छ । ‘धेरै बिरामीहरू ओपिडीमा आउने हुँदा अस्पतालले पहिलो प्राथमिकता दिएर सेवाहरू दिँदै आइरहेको सूचना अधिकारी रेडियोग्राफर प्रमीला पाठकले बताउनुभयो ।
‘बिमाको दायरा बढाएर पाँच लाख पुर्याउने प्रस्ताव महत्त्वाकाङ्क्षी छ ’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायर एक लाखबाट बढाएर पाँच लाख पुर्याउने प्रस्ताव राख्नुभएको छ । सरकारको सबैभन्दा प्राथमिकताको केन्द्रबिन्दुमा रहेकाे स्वास्थ्य बिमा कार्यक्रम अस्तव्यस्त अवस्थामा पुगेको बेला मन्त्री पौडेलले यस्तो प्रस्ताव ल्याउनुभएको हो ।
तनहुँमा डेङ्गी सङ्क्रमित एक हजार नाघे
तनहुँमा डेङ्गी सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । यहाँ शुक्रबारसम्म एक हजार ८२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
आइसियू, भेन्टिलेटर थन्काएर सर्पदंशका बिरामीको उपचार
विषालु सर्पले डसेर उपचारका लागि आउने बिरामी बढिरहँदा सर्पदंश उपचार केन्द्रसँग रहेको आइसियू र भेन्टिलेटर भने पाँच वर्षअघि खरिद गरेदेखि नै थन्काएर राखिएको छ।
जीपी कोइराला श्वासप्रश्वास केन्द्रलाई हजार शय्याको बनाउन राष्ट्रपतिको पहल
राष्ट्रपति रामचन्द्र पौडेलको विशेष आग्रह र पहलमा दुई देशका प्रधानमन्त्रीबिच भएको समझदारी अनुसार भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानका रूपमा निर्माण गर्ने चासो देखाएको छ ।
एक हजार बढीमा डेङ्गु सङ्क्रमण, एकको मृत्यु
तनहुँमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । जिल्लामा एक हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । एक जनाको ज्यान गएको छ । डेङ्गुको प्रकोप बढ्न थालेपछि तनहुँ जोखिममा छ ।
पाकिस्तानमा देखियो मङ्कीपक्स, प्रकोपलाई शीघ्र सम्बोधन गर्न आह्वान
पछिल्लो समय विश्यव्यापी रूपमा मङ्कीपक्सको सङ्क्रमणका घटना पुष्टि भइरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले प्रभावित देशहरूलाई मङ्कीपक्स प्रकोपको सामना गर्न मिलेर काम गर्न आग्रह गर्दै प्रकोपलाई शीघ्र सम्बोधन गर्न आह्वान गर्नुभएको छ
चिकित्सक दम्पतिकाे परोपराकी मन
चितवनका एक चिकित्सक दम्पत्तीले एक करोड रुपियाँ अक्षय कोष बनाउने गरि ट्रष्ट घोषणा गर्नुभएको छ ।
कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु
बाँकेको कोहलपुर नगरपालिकामा रहेको नगर अस्पतालमा भदौ १ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिने भएको छ ।
डेंगु नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले सुरु गर्यो सरसफाइ अभियान
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाइ अभियान सुरु गरेको छ । ‘स्वस्थ नेपाल र निरोगी नेपाली’का लागि स्वास्थ्य मन्त्रालयले हप्ताको एक दिन कार्यालय/घर सरसफाइ अभियान सुरु गरेको हो ।
डब्लुएचओद्वारा एमपक्सलाई स्वास्थ्य आपत्काल घोषणा
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एमपक्सको प्रकोपलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक आपत्काल घोषणा गरेको छ ।
९४ जनामा डेंगु पुष्टि
भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा डेंगुको जोखिम बढ्दै गएको छ । गत आर्थिक वर्षमा जिल्लामा ९४ जना बिरामीमा डेंगु पुष्टि भएपछि यो जिल्ला डेंगुको जोखिममा रहेको पाइएको हो ।