नर्सिङ सङ्घको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी
नर्सिङको साझा हकहितका लागि काम गर्ने संस्था नेपाल नर्सिङ सङ्घको नयाँ कार्यसमितिका लागि यहि मङ्सिर २८ गते निर्वाचन हुँदैछ । संघको २० औँ कार्यसमिति साथै नेपाल नर्सिङ परिषद् सदस्यका लागि नर्सहरुले दुईवटा प्यानल र स्वतन्त्रबाट चुनावी मैदानमा उत्रिएका छन् ।
स्थानीय तहका आफ्ना एम्बुलेन्स छैनन्
हिमाली जिल्ला म्याग्दीमा रहेका छ वटा स्थानीय तहमध्ये हालसम्म पनि चार वटा स्थानीय तहको आफ्नो एम्बुलेन्स छैन ।
स्वास्थ्य सेवासम्बन्धी गुनासो सुन्न ‘हेल्लो स्वास्थ्य’ सुरु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका स्वास्थ्य संस्थाको सेवा सम्बन्धमा गुनासो सम्बोधन गर्न हेल्लो स्वास्थ्य सुरु भएको छ ।
प्रादेशिक अस्पतालमा सातै दिन शल्यक्रिया सेवा
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अब हप्ताको सातै दिन प्रसूति शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ । अस्पतालले प्रसुति सेवाका लागि छुट्टै अपरेशन कक्ष सञ्चालनमा ल्याएपछि सातै दिन प्रसुति सेवा शल्यक्रियाको सुविधा उपलब्ध गराउने भएको हो ।
क्यानाइन डिस्टेम्पर रोग वन्यजन्तुमा पुष्टि
घरपालुवा कुकुरमा लाग्ने क्यानाइन डिस्टेम्पर रोग वन्यजन्तुमा पुष्टि भएको छ । सेन्टर फर डायनामिक नेपालको सहयोग र स्वास्थ्य लाइभ मिडियाको आयोजनामा बर्दिया राष्ट्रिय निकुञ्जमा गरिएको कार्यक्रममा कुकुरबाट क्यानाइन डिस्टेम्पर रोग वन्यजन्तुमा सरेको जानकारी दिइएको हो ।
नगर प्रमुख हमालको स्वास्थ्य अवस्थामा सुधार
धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालको स्वास्थ्य अवस्थामा सुधार आएको छ । चिकित्सकले विभिन्न परीक्षण र निगरानीको आधारमा उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको बताएको हमालका भाइ श्याम हमालले जानकारी दिनुभयो ।
बालबालिकामा कुपोषणको अवस्था पहिचान गरिँदै
दाङको गढवा गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने अभियान सुरु गरिएको छ । कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै गढवा गाउँपालिकाको आठ वटै वडाका ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न लागिएको हो । कुपोषण पहिचानको काम गढवा गाउँपालिका वडा नं. ६ को कुमाल गाउँबाट सुरु गरिएको छ ।
मेलम्चीमा सुविधासम्पन्न स्वास्थ्य चौकी
मेलम्ची नगरपालिका–१३ फटकशिलामा एक करोड ९९ लाख ५६ हजार ३६५ रुपियाँ लागतमा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण भएको छ । नगरपालिकाको आफ्नै बजेटमा निर्माण सम्पन्न उक्त स्वास्थ्य चौकीको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले उद्घाटन गर्नुभएको छ ।
आँखा शिविरमा निःशुल्क सल्यक्रिया गरिने
आँखाकोे समस्या भएका पहाडी तीन जिल्लाका नागरिकलाई सेवा दिन पाँचथरको फिदिममा तीन दिने निःशुल्क आँखा शिविर आयोजना गरिएको छ ।
स्पष्ट निरोधात्मक नीति आवश्यक छ : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक रोगीहरूको सङ्ख्या बढिरहेको बताउनुभएको छ । राष्ट्रिय जनस्वास्थ्य दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नगर प्रमुख हमालको दिल्लीस्थित म्याक्स हस्पिटलमा उपचार हुँदै
स्वास्थ्य समस्या देखिएका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको भारतको नयाँ दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा उपचार भइरहेको छ।
गिजर र हिटर प्रयोग गर्दा के के कुरामा सावधानी अपनाउने ?
मङ्सिरको अन्त्यसम्म चिसोको आभास हुन थालिसकेको छ । शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, कोइला तथा हिटर बाल्ने तथा पानी तताउन गिजरको प्रयोग गर्ने गरिन्छ । यी सबैको प्रयोग गर्ने क्रममा सावधानी नअपनाउँदा मृत्युको मुखमा समेत पुग्नसक्ने सम्भावना रहने भएकाले सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।
एघार वर्षपछि आँखा देख्न पाएका घिसिङ दिदी–भाइ
धुलिखेल (काभ्रेपलाञ्चोक), मङ्सिर २३ गते । दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रोसँग आँखा देख्ने भएपछि दङ्ग छन् । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–३ सानोपोखराका उहाँले १३ वर्षपछि आँखा देख्न पाएको बताउनुभयो ।नजिकको मात्रै अलिअलि देख्ने उहाँको नजिक आएर बोलेपछि बोलीबाट मात्रै मान्छे चिन्ने गरेका थिए । उहाँले यसरी नै ११ वर्ष बिताएपछि गाउँमा सञ्चालित आँखा शिविरमा शल्यक्रियापश्चात छ्याङ्गै आँखा देखेपछि खुसीले उहाँ दङ्ग हुनुभएको छ । “जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेपछि घिसङगाउँमा नै सञ्चालन भएको आँखा शिविरबाट नयाँ जीवन पाएकामा धेरै खुसी छु”, उहाँले भन्नुभयो, “आँखा देख्ने भएपछि अहिले गाउँघर, छरछिमेक, साथीभाइ र डाँडापाखा सबै देख्न र हेर्न पाएकामा खुुसी छँु ।”प्रकाशमात्र होइन, दिदी सुस्मिता घिसिङको पनि अवस्था उस्तै थियो । गाउँकै कक्षा ६ मा अध्ययनरत उहाँले धेरै नजिकको मात्रै देख्ने र टाढाको कुनै पनि वस्तु देख्न नसक्ने अवस्थामा रहेको बेला आँखा शिविरबाट नयाँ जीवन पाएको बताउनुभयो । दिउँसो जसोतसो हिँडडुल गरे पनि राति अरुको सहारामा हिँड्नुपर्ने बाध्यता रहेको उहाँले शल्यक्रियपश्चात राम्रोसँग देख्न पाएको बताउनुभयो । जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेको थियो । “देख्न ठप्पै भएपछि बेलाबखत आँखा उपचारका लागि जाउँ भन्ने कुरा आए पनि खर्च अभावका कारण हामीले उपचार गर्न पाएका थिएनौँ”, सुस्मिताले भन्नुभयो, “गाउँमा आएको शिविरमा उपचारपछि बल्ल सबै चिज देख्न पाएका छु ।”दुई जनामात्र होइन, गाउँमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार तीन सय ६ जनाले घरआँगनमा नै उपचार सेवा पाएका छन् । महाभारत गाउँपालिकाको आयोजनामा नेपाल आँखा कार्यक्रम ख्वप तिलगङ्गा आँखा अस्पताल भक्तपुरको प्राविधिक सहयोग र अगचभ दष्लिमलभकक परियोजनाको आर्थिक सहयोगमा पालिकाका विभिन्न वडामा सञ्चालन गरेको शिविरबाट एक सय जनाको आँखाको शल्यक्रिया गरेको छ ।तिलगङ्गा ख्वप आँखा अस्पतालका इन्चार्ज धिरज अधिकारीले शिविरमा आँखा परीक्षणबाट छनोट भएका मोतियविन्दुका बिरामीको घर्तिछाप स्वास्थ्य चौकीमा डा सुदीप राजभण्डारीको नेतृत्वमा एक सय ३५ जनाको शल्यक्रिया गरेको बताउनुभयो । सो क्रममा शल्यक्रियासहित आवश्यक औषधि र चश्मालगायत सामग्री निःशुल्क वितरण गरिएको थियो । शिविरमा १३ वर्षदेखि १०० वर्षसम्मका नागरिकको आँखा परीक्षण गरिएको थियो । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गाउँमा नै बसेर विशेषज्ञ डाक्टरबाट सेवा लिन निकै कठिन र खर्चिलो भएको, कतिपय रोग लुकाएर बस्ने भएको तथा जटिल प्रकारका रोग भएको अवस्थामा पनि प्रस्ट भन्न नसक्ने अवस्थाका नागरिकहरु भएका कारण वार्षिक रूपमा गाउँका बस्ती–बस्तीमा नै गएर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको बताउनुभयो । त्यसरी विभिन्न समस्यामा रहेको नागरिकलाई सेवा दिने क्रममा यसपटक मङ्सिर १७ देखि २१ गतेसम्म निःशुल्क आँखा शिविर सञ्चालन गरी नागरिकलाई सेवा दिएको उहाँले बताउनुभयो । रासस
राष्ट्रपति पौडेल अस्पतालबाट 'डिस्चार्ज'
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी डिस्चार्ज हुनुभएको छ ।
म्याग्दीको दुर्गम क्षेत्र चिमखोलामा नयाँ स्वास्थ्य चौकी भवन निर्माण
रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका ८३ वर्षीय लबहादुर पुन गाउँमा स्वास्थ्य चौकी भवन बनेपछि खुसी हुनुहुन्छ ।
‘बिरामीलाई अस्पताल लैजाने मानिस पनि पाउन मुस्किल पर्न थाल्यो’
बागलुङको काठेखोला गाउँपालिका–५ करलिम गाउँ बसाइसराइले गर्दा सुनसान बनेको छ । छरछिमेक र आफन्त बसाइँ सरेर बजार झरेपछि अहिले गाउँमा रहेका पनि निराश छन् ।
गर्भवती महिलालाई विशेषज्ञसहितको भिडियो एक्सरे सेवा
ग्रामीणस्तरका गर्भवती महिलाहरुलाई विशेषज्ञ चिकित्सकबाट भिडियो एक्सरे गराउन सदरमुकाम तम्घास आउन समय र पैसा दुबैको बढी खर्च हुन्थ्यो । जिल्लाको भौगोलिक रुपमा विकट मानिने मालिका गाउँपालिकाले सोही समस्यालाई मध्यनजर गर्दै विशेषज्ञ चिकित्सकबाट गाउँमै शिविरमार्फत भिडियो एक्सरे सेवा प्रदान गरेको छ ।
बालबालिकाको श्रवण जाँचका लागि ‘मोबाइल अडियोमेट्री भ्यान’
कोशी प्रदेशका बालबालिकाहरुको श्रवणशक्ति जाँच तथा उपचारका लागि किओच दमक बाल अस्पतालले पहिलो पटक सुविधायुक्त मोबाइल अडियोमेट्री भ्यान (एम.ए.भि.) सञ्चालनमा ल्याएको छ ।
‘सुख्खा छाला रोगको घर हो ’
चिसो मौसममा छालासम्बन्धी समस्याले बढी दुख दिने गर्छ । यो मौसममा छाला सुख्खा हुने, चिलाउने, एलर्जी हुने, अनुहारमा पोतो आउने, हातखुट्टा फुट्ने, औंला सुन्निने जस्ता छालासम्बन्धी समस्या देखिने गर्छ ।
बङ्गुरमा ‘स्वाइन फिभर’ को सङ्क्रमण बढ्यो
यहाँ पालिएका बङ्गुरमा अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमण देखिएपछि दुई सय बढी बङ्गुर मरेका छन् । ‘स्वाइन फिभर’ सङ्क्रमणका कारण खोरमा रहेका बङ्गुर धमाधम मर्न थालेपछि किसानमा चिन्ता बढेको हो ।
नाेबेल मेडिकल कलेजले २ सय प्रतिशत बाेनस दिने
विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पब्लिक लिमिटेडले २ सय प्रतिशत लाभांश घोषणा गरेको छ ।
गाउँमै बर्थिङ सेन्टरसहितको स्वास्थ्यचौकी
दुर्गम गाउँ त्रिपुरासुन्दरी गाउँपालिका–२ चोकटीस्थित बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी निर्माण भएपछि त्यहाँका थामी समुदाय सहित सबै नागरिकमा खुशी फर्किएको छ ।
विश्व स्वास्थ्य सङ्गठनद्वारा क्षयरोगको पहिलो परीक्षणलाई स्वीकृति प्रदान
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार क्षयरोगको परीक्षणलाई पहिलो पटक अघि बढाउन स्वीकृति दिएको छ । क्षयरोगले गत वर्ष १२ लाख ५० हजार मानिसको ज्यान लिएको थियो ।
भीरकोटमा ११ जना क्षयरोगका बिरामी
स्याङ्जाको ग्रामीण बस्तिमा क्षयरोगीको संख्या बढेको छ । भीरकोट नगरपालिका –१ बयघारीमा गरिएको क्षयरोग परीक्षण शिविरमा ११ जना क्षयरोगका बिरामी फेला परेसँगै यहाँ क्षयरोगीको संख्या अझ बढी हुनसक्ने आँकलन गरिएको हो ।