हेपाटाइटिस बी र हैजाविरुद्धको खोप ल्याइने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय खोप कार्यक्रममार्फत हेपाटाइटिस बी र हैजाविरुद्धको खोप कार्यक्रम ल्याउने योजना रहेको बताउनुभएको छ ।
अपाङ्गतामैत्री शब्दावलीको प्रयोगमा जोड
अपाङ्गता भएका व्यक्तिहरूको सन्दर्भमा प्रकाशित समाचार, लेख, रचनाहरूमध्ये ४० प्रतिशतमा शब्दहरू अपाङ्गतामैत्री नभएको सर्वेक्षणले देखाएको छ ।
नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध छ : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ ।
डेङ्गी सङ्क्रमण घट्दो क्रममा
जिल्लामा डेङ्गीको सङ्क्रमण घट्दै गएको छ। यहाँका अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये दैनिक आठदेखि १० जनासम्ममा डेङ्गीको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न
राष्ट्रपति रामचन्द्र पौडेलको आज प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ ।
धौलागिरि अस्पतालमा दुई वर्षयता सात सय शल्यक्रिया
धौलागिरि अस्पतालले पछिल्लो समय विशेषज्ञसहित विशिष्टीकृत सेवा दिन थालेको छ । धौलागिरि अस्पतालले दुई वर्षमा हाडजोर्नी तथा नशारोगसम्बन्धी सात सय सफल शल्यक्रिया गरेको हो ।
बाँके बैजनाथमा एक हजार बढीको आँखा परीक्षण
बाँकेको बैजनाथ गाँउपालिकाका विभिन्न वडाहरुमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा एक हजार २९० जनाले आँखा जाँच गराएका छन् ।
जाडोमा स्वास्थ्य समस्याबाट कसरी बच्ने ?
जाडो मौसममा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या देखिने गर्छन् । प्रेसर बढ्ने, हृदयाघात हुने, मानसिक समस्या, चिसो कठेङरियर हाइपोथमिया हुनेजस्ता स्वास्थ्य समस्या देखिने गर्छन् । जाडोमा श्वासप्रश्वाससम्बन्धी समस्या र सङ्क्रामक रोगले बढी दुःख दिने गर्छ ।
अपाङ्गता दिवसमा रक्तदान
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नेपालगन्जको होटल द ग्यालेक्सी दरबारले रक्तदान कार्यक्रम गरेको छ । नेपालगन्ज उपमहानगरपालिका – १ धम्बोझीस्थित होटल परिसरमा गरिएको रक्तदानमा ३५ जनाले रक्तदान गर्नुभयो ।
महाभारतमा बृहत् स्वास्थ्य शिविर
शिविरमा प्रयोगशाला परीक्षण, एक्सरे, अल्ट्रासाउण्ड र निःशुल्क औषधि वितरण गरिएको छ । एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियानअन्तर्गत सेवा प्रवाह गरिएको हो ।
राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि अस्पताल भर्ना
राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएको छ ।
‘अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहायता सामग्री सरकारले उपलब्ध गराउँछ’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सहायता सामग्री सरकारले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
साढे दुई लाख महिलाको पाठेघर मुखको क्यान्सर परीक्षण गरिने
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर साढे दुई लाख महिलाको परीक्षण गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका दुई लाख ५० हजार महिलामा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा रोग पहिचान गर्ने भएको हो ।
नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी
वीरगञ्जको नारायणी अस्पताललाई थप व्यवस्थित गराउन गुरुयोजनाको काम अघि बढाइएको छ । जीर्ण भवन र जनशक्तिे अभावको समस्या खेप्दै आएको अस्पताललाई व्यवस्थित रूपमा सञ्चालनका लागि गुरुयोजना बनाउन लागिएको हो ।
प्रसूति गृहको कुपण्डोलस्थित नयाँ भवनबाट स्त्रीरोग उपचार सेवा सुरु
परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले कुपण्डोलस्थित नयाँ भवनबाट स्त्रीरोग उपचार सेवा सुरु गरेको छ ।
एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दाे
पाल्पामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।
नसर्ने रोग नियन्त्रणका लागि एकमहिने परीक्षण अभियान सुरु गरिने
सरकारले नसर्ने रोग नियन्त्रण गर्न परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै ‘समुदायमा नसर्ने रोगहरु (मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग, शरिरको उचाइ र तौलको अनुपात) पहिचानका लागि एक महिने अभियान सञ्चालन निर्देशिका २०८१’ स्वीकृत गर्नुभएको हो ।
वेस्टर्न अस्पताल नेपालगन्जमा क्रिटिकल केयर कोर्स सुरु
नेपालगन्जस्थित वेस्टर्न अस्पतालले विस्तृत क्रिटिकल केयर कोर्सको औपचारिक सुरुवात गरेको छ ।
डुडुवामा २५४ जनाको निःशुल्क आँखा जाँच
डुडुवा गाउँपालिका वडा –६ भंघोटनामा कोरी कल्याण समाज नेपालगञ्जको आयोजनामा आँखाको निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
निःशुल्क स्वास्थ्य शिविरमा ११५ को उपचार
बाँकेको राप्तिसोनारी गाउँपालिकामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ११५ जनाको नाक कान घाँटीको चेकजाँच र उपचार गरिएको छ ।
फार्मेसीमा परिचय र पोसाक अनिवार्य गर्न सघाउने मन्त्री पौडेलको प्रतिबद्धता
नेपाल फार्मेसी परिषद्ले पुस ४ गतेबाट लागू हुने गरी गर्न लागेको अनिवार्य पोसाकको व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सघाउने भएको छ ।
विश्व एड्स दिवस : सङ्क्रमित भन्छन्,“नियमित औषधी सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”
आफू एचआइभी सङ्क्रमित भएको थाहा पाउँदा धरानका खगेन्द्र खड्कालाई संसारै अन्धकार लागेको थियो । एकातिर परिवार र समाजले के भन्ला भन्ने भय, अर्कोतिर अब धेरै बाँचिँदैन भन्ने डर । लागूऔषध प्रयोग गर्ने क्रममा २६ वर्षअघि उहाँमा एचआइभी देखिएको थियो ।
दाङमा बढ्दै एचआइभी सङ्क्रमित, पुरुषभन्दा महिला धेरै
दाङमा एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या बर्सेनि बढ्दै गएको पाइएको छ । जिल्लामा २०८० सालमा चार सय चार जना एचआइभी सङ्क्रमित रहेकोमा अहिले बढेर चार सय ३७ पुगेको छ ।
बाँकेमा एचआइभी सङ्क्रमितले 'एआरटी' सेवा लिँदै
बाँके जिल्लामा एचआइभी सङ्क्रमित हुनेका सङ्ख्या घट्दो छ । जिल्लामा आर्थिक वर्ष २०८०-०८१ मा १०१ जना एचआइभी सङ्क्रमित फेला परेका छन् ।