चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे
निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । जिल्लाका सबै भेगमा बिरामी बढेका स्थानीय अस्पतालले जनाएका छन् ।
मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया
यहाँको खाँदबारीमा सञ्चालित तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा ६३ जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ
त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरूसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठ रहेका छन् ।
स्वास्थ्य बिमा सुधार कार्ययोजना बनाउन आन्तरिक कार्यदल गठन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार सुधार योजना अघि बढाउनुभएको छ ।
शिक्षण अस्पतालले स्थगन गरेको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालनमा
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल(टिचिङ)ले पूर्ण रुपमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
स्याङ्जाका ९ हजार बढी छात्रालाई 'एचपिभी खोप' लगाइने
स्याङ्जामा आगामी माघ २२ गतेदेखि एचपिभी खोप लगाउन सुरु गरिने भएको छ ।
‘अध्ययन सकिएपछि अधिकांश चिकित्सक विदेश जाने योजनामा’
नेपाल मेडिकल काउन्सिलका विदेश जाने चिकित्सकको सङ्ख्या बर्सेनी बढिरहेको अध्ययनले देखाएको छ । चार वर्षको अवधिमा विदेश जाने प्रक्रियामा लाग्ने चिकित्सकको सङ्ख्या २.६७ गुणले बढेको काउन्सिलको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
‘५० वर्षपछि देखिनुपर्ने रोग कम उमेरमै देखिदै’
हृदयघात भनेको नै मुटु अट्याक हो । यसलाई छुट्याएर हेर्न मिल्दैन । मुटु भनेको मासु हो । मुटु रगतको पम्प हो । जसले शरीरका प्रत्येक अङ्गहरुमा रगत पुर्याउने काम गर्छ । मुटु आफैँलाई पनि चाहिन्छ । मुटुले आफूले रगत पाउने तीन वटा नसाहरुमा समस्या आएर मुटुले रगत नपाउने अवस्थालाई हृदयघात भनिन्छ ।
एक सय वर्षमाथिका ४७ जना ज्येष्ठ नागरिक
काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुले सेवन गर्ने दीर्घ रोगका औषधीसम्बन्धी लगत सङ्कलन गरिरहेको छ ।
स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
चिसो मौसममा आँखामा हुने समस्या र उपचार विधि
चिसो मौसममा वायुमण्डलमा देखिएको अदृश्य जलवाष्पका कारण सापेक्षिक आद्रता कम हुँदै जाने गरेको छ । उक्त मौसममा हावा बढी चल्ने पनि गर्दछ । मानिसले पानी प्रशस्त मात्रामा नपिँउदा शरीर सुख्खा हुँदै जाने गर्दछ ।
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताउनुभएको छ ।
उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता भएपछिमात्र बजेट विनियोजन गर्नुपर्ने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा औजार उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता नभई उपकरण खरिदका लागि बजेटको विनियोजन गर्न नपाइने व्यवस्था गरेको छ ।
‘विपद् पूर्वतयारीमा स्वास्थ्यलाई प्राथमिकतामा राखौँ’
विपद् पूर्वतयारी गर्दा स्वास्थ्यका कार्यक्रमलाई पनि सँगै अघि बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विपद्पछि विभिन्न रोगहरु फैलिनसक्ने अवस्थालाई मध्यनजर गरेर सरकारले विपद्का लागि पूर्वतयारी गर्दा स्वास्थ्य क्षेत्रलाई पनि सँगै अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।
'खानपान र थकान हृदयघातका मुख्य कारण'
अल्का अस्पतालका मुटुरोग विशेषज्ञ डा.शिवजीविक्रम सिलवालले ६० प्रतिशत मुटुको चालभन्दा कम गतिमा मुटुको धड्कन भइरहेको छ भने त्यसलाई मुटुरोगको समस्या भन्ने बुझेर अस्पताल जानुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय २०/२२ वर्षमै हृदयघातको समस्या बढ्नुले चिन्ता थपिएको जानकारी दिनुभयो ।
योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : प्रथम राष्ट्रपति
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने बताउनुभएको छ ।
बागमतीमा निःशुल्क आँखा शिविर
सर्लाहीको बागमती नगरपालिकामा आजबाट बृहत आँखा परीक्षण शिविर सुरु भएको छ । नगरपालिका कार्यालयले तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँसँग समन्वय गरी निःशुल्क आँखा शिविर प्रारम्भ गरेको हो ।
‘एचपिभी खोप र बाँझोपनबिच कुनै सम्बन्ध छैन’
पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरसविरुद्धको (एचपिभी) खोप र बाँझोपनबिच कुनै सम्बन्ध नरहेकाले ढुक्कसँग खोप लगाउन अनुरोध गरिएको छ ।
ऐन तथा नियमावली उल्लङ्घन गरेमा १११५ मा जानकारी गरौँ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ऐन तथा नियमावली उल्लङ्घन गरेमा हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा जानकारी गराउनुहुन अनुरोध गरेको छ ।
चन्द्रपुर नगरपालिकामा १५ शय्याको अस्पताल निर्माण
रौतहटको चन्द्रपुर नगरपालिकामा १५ शय्याको थप एक अस्पताल निर्माण हुने भएको छ ।
‘सङ्क्रमित बङ्गुर, सुँगुर र बँदेलको मासु जथाभावी किनबेच नगरौँ’
बङ्गुर, सुँगुर र बँदेल प्रजातिमा अफ्रिकन स्वाइन फिभर पुन पुष्टि भएको छ। पशुसेवा विभागका अनुसार बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही जिल्लामा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भएको छ।
पक्षघातको औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने महँगो औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गर्नुभएको छ।
विद्यालयमा एक जना हेल्थ एम्बेस्डरको व्यवस्था गर्नुपर्ने
विद्यालयमा एक जना हेल्थ एम्बेस्डर (विद्यार्थी स्वास्थ्यदूत)को व्यवस्था गर्नुपर्ने भएको छ । विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका २०८१ ले नियमित पठन पाठनमा असर नपर्ने गरी कक्षा ७ र ८ मा अध्ययनरत एक जना छात्र र एक जना छात्रा सम्बन्धित विद्यालयको हेल्थ एम्बेस्डर तोक्नु पर्ने व्यवस्था गरेको छ ।
पाँच सय ३१ जनाको आँखाको निःशुल्क शल्यक्रिया
नेपाली सेनाको सहयोगमा रौतहटका विपन्न तथा गरिब परिवारका पाँच सय ३१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । गत पुस २८ गतेदेखि माघ २ गतेसम्म रौतहटको गरुडा–५ शिवनगरमा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सय ३१ जनाको आँखाको शल्यक्रिया गरिएको हो ।