दन्त शिविरबाट पाँचसय बढी लाभान्वित
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा सञ्चालित दन्त तथा मुखसम्बन्धी स्वास्थ्य शिविरबाट पाँचसय बढी लाभान्वित भएका छन् । बिहीबार सम्पन्न चार दिने निःशुल्क उक्त शिविरबाट सो सङ्ख्यामा सेवाग्राही लाभान्वित भएका हुन् ।
कम उमेरमै देखिन थाल्यो मधुमेह
वीर अस्पतालको बहिरङ्ग (ओपिडी) कक्षमा दैनिक आउने दुई हजार पाँच सय बिरामीमध्ये १८० जना मधुमेह विभागमा आउने गरेका छन् ।
जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट
चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ। जाडो मौसममा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई निमोनियाको सङ्क्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो।
‘जीवनशैली नसुधारे १८ देखि २० प्रतिशतमा मधुमेह’
पछिल्लो समय मधुमेह महामारीको रूपमा देखा पर्दै गइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वमा ४२ करोड २० लाख मानिसमा मधुमेह छ ।
विश्व मधुमेह दिवसमा घोराहीमा प्रभातफेरी
विश्व मधुमेह दिवसका अवसरमा घोराहीमा सचेतनामूलक र्याली गरिएको छ । स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायतको सहभागीतामा सचेतनामुलक र्याली गरिएको हो ।
सरुमारानीमा आँखा उपचार केन्द्र स्थापना
प्युठानको सरुमारानी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । तिलगङ्गा आँखा प्रतिस्ठानको साझेदारीमा आँखाका रोगीलाई लक्षित गरी केन्द्र स्थापना गरिएको पालिकाका पदाधिकारीको भनाइ छ ।
एचपिभी खोप अभियान माघमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ महिनादेखि देशभरका किशोरीहरूलाई निःशुल्क पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने भएको छ ।
लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विषादी
नेपालगन्ज उपमहानगरपालिकाले डेङ्गी सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विषादी छर्किन सुरु गरेको छ।
निःशुल्क आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित
कावासोतीमा भएको निःशुल्क आँखा शिविरबाट एक हजारभन्दा बढी सर्वसाधारणले निःशुल्क उपचार सेवा लिएका छन् ।
कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्छौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताउनुभएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल सहभागी हुनुभयो ।
१६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरुलाई निःशुल्क खोप लगाउने निर्णय गर्नुभएको छ ।
मुस्ताङ जिल्ला अस्पतालमा १५ महिनादेखि शल्यक्रिया सेवा अवरुद्ध
जिल्ला अस्पताल मुस्ताङमा २०८० भदौ महिनादेखि पछि बिरामीहरुले शल्यक्रिया सेला लिन सकेका छैनन् ।
मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम
अस्वस्थ्य जीवनशैलीका कारण मधुमेहपीडितको सङ्ख्या बढिरहेको छ । नसर्ने रोगमध्येको एक मधुमेहपीडितमा ‘डायबेटिक रेटिनोपेथी’को जोखिम पनि उत्तिकै हुने गरेको चिकित्सकले बताएका छन् ।
जाडोमा बालबालिकालाई निमोनिया हुन नदिन के गर्ने ?
निमोनिया सबै उमेर समूहका मानिसलाई देखिए पनि विशेषगरी पाँच वर्ष मुनिका बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएमा मानिसमा बढी जोखिम हुने गर्छ । पाँच वर्ष मुनीका बच्चाहरूको मृत्युको प्रमुख कारण निमोनिया हो ।
नियमित मोतीबिन्दु शल्यक्रियाले राहत
नेपाल रेडक्रस शाखा दैलेखले नियमित रूपमा २०४७ सालदेखि सामुदायिक आँखा उपचार केन्द्रमार्फत आँखा र कानको स्वास्थ्य उपचार सेवासँगै दैविक विपद् पछिको उद्धार र प्रतिकार्यको काम नियमित गर्दै आएको छ ।
सिकलसेलको औषधी ल्याएर वितरण गर्ने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधी ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताउनुभएको छ ।
उपचारका लागि ब्रेन डेथ प्रक्रियाको सुरुवात गर्ने : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उपचारका लागि ब्रेन डेथ प्रक्रियाको सुरुवात गर्ने योजना भइरहेको बताउनुभएको छ ।
चिकित्सा शिक्षामा सङ्कुचन, विद्यार्थीसँगै विदेसिन्छ करोडौँ
नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि निर्धारित सिट सङ्ख्या न्यून भएकै कारण अध्ययनका लागि नेपाली विद्यार्थी बिदेसिने क्रम बढ्दो छ ।
स्वास्थ्य बिमालाई व्यवस्थित गराइने : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताउनुभएको छ ।
सिकलसेलका बिरामीको उपचारमा सहज हुने विश्वास
सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा बेग्लै वार्डको स्थापना हुने भएपछि बिरामीको उपचार गर्न सहज हुने विश्वास गरिएको छ ।
पाक पुस्तक ‘द मिस्टिक किचेन्स अफ नेपाल’ सार्वजनिक
प्रसिद्ध पाकविज्ञ तथा प्रशिक्षक शेफ विक्रम वैद्यद्वारा लिखित पाक पुस्तक (कुकबुक) द मिस्टिक किचेन्स अफ नेपाल सार्वजनिक गरिएको छ।
स्वास्थ्य चौकीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुुरु
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोट स्वास्थ्य चौकीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा त्रिपुरासुन्दरी नगरपालिका डोल्पाको समन्वयमा दुई दिने शिविर शुक्रबारबाट सुरु भएको हो ।
बिरामीको उपचारमा सक्रिय सुशील कोइराला क्यान्सर अस्पताल
२०७४ सालबाट ओपिडी सेवा शुरु गरेको बॉकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालले पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीको उपचारमा अहम भुमिका निभाउँदै आएको छ ।