२७ हजारभन्दा बढीमा डेंगु पुष्टि
डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार चार दिनमा पाँच हजार नयाँ डेंगु सङ्क्रमित थपिएका छन् ।
युवामा बढ्दै स्तन क्यान्सर, जाँच गर्न चिकित्सकको सुझाव
विश्वमा स्तन क्यान्सरको समस्या बढ्दै गएको छ । ग्लोबोक्यान सन् २०२० को तथ्याङ्क अनुसार प्रत्येक दिन नेपालमा छ जनामा स्तन क्यान्सर हुनुका साथै तीन जनाको मृत्यु स्तन क्यान्सरको कारणले हुने गर्छ ।
स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रयास गर्छाैं : स्वास्थ्यमन्त्री पाठक
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेशबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै योजना अघि बढाएको बताउनुभएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरणसँगै स्वास्थ्य परीक्षण
गुल्मीको चन्द्रकोट गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणको साथमा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण समेत गरेको छ ।
१०६ युनिट रगत सङ्कलन
रगतको अभाव भएको गुनासो आइरहँदा स्याङ्जाको भिरकोटमा १०६ युनिट रगत सङ्कलन भएको छ । नेपाल तरुण दलले ७२ औँ स्थापना दिवसको अवसरमा गरेको खुला रक्तदान कार्यक्रममा सो रगत सङ्कलन भएको हो ।
लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउन अनुसन्धान
लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउनका लागि अनुसन्धानको कार्य अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आर्थिक सहयोगमा अनुसन्धानको कार्य भइरहेको छ ।
घरपालुवा कुकुरको बन्ध्याकरण
जिल्लामा सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्न थालिएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानले अभियानमार्फत कुकुरको बन्ध्याकरण गर्न थालेको हो ।
गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी
राप्तीसोनारी गाउँपालिका–७ का स्थानीय सर्वसाधारण गाउँमै निःशुल्क रूपमा स्वास्थ्य सेवा पाउँदा खुसी भएका छन् ।
अर्बुद रोगीलाई दस लाखको औषधी निःशुल्क
नेपालमा अर्बुद (क्यान्सर) रोगका बिरामीले मासिक १० लाख रुपियाँसम्मको औषधी निःशुल्क प्राप्त गरिरहेका छन् ।
कोशीमा जापानिज इन्सेफलाइटिस रोगको सङ्क्रमण बढ्दो
कोशी प्रदेशमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको सङ्क्रमण बढेको छ ।
डेंगु सङ्क्रमणबाट कसरी जाेगिने ?
वर्षा सुरुभएसँगै डेंगु लगायत किट जन्य रोगको जोखिम बढ्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेले वर्षाको समयमा डेंगु सङ्क्रमणको जोखिम बढ्ने बताउनुहुन्छ ।
सिटामोल अभाव छैन : औषधि लिमिटेड
बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताउनुभयो ।
दैलेखमा ब्लड बैंक सञ्चालन
दैलेखमा समस्यामा परेका बिरामीका आफन्तीहरुलाई अब रगत खोज्दै हिँड्नुपर्ने समस्याको समाधान भएको छ ।
गोरखामा १२ सय आठ जनामा डेंगु, ४५१ मा स्क्रब टाइफस सङ्क्रमण
गोरखाामा तीन महिना नौ दिनको अबधिमा १२ सय आठ जनामा डेंगु सङ्क्रमण देखिएको छ । साउन महिनादेखि तीव्र रुपमा फैलिएको डेंगु कात्तिक ९ गतेसम्म अत्यधिक मात्रामा डेंगु सङ्क्रमण बढेको छ ।
लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा इन्डोस्कोपी सेवा पनि सुरु
पश्चिम नेपालका विभिन्न जिल्लामा कार्यरत प्रहरी र उनका परिवारको उपचारका लागि नेपालगन्जमा स्थापना गरिएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले विभिन्न सेवाहरु थप्दै गएको छ ।
बङ्गलादेशमा डेंगुका बिरामीको सङ्ख्या ५० हजार नाघ्यो, २६४ जनाको मृत्यु
बङ्गलादेशी स्वास्थ्य प्राधिकरणले बङ्गलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ । यस वर्ष देशमा डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगेको छ ।
डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध
प्रधानमन्त्री ओलीले आज दिनुभएको भिडियो सन्देशमा देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गर्नुभएको हो ।
नेपालमा पोलियोको चुनौती कायमै
नेपालमा पोलियो उन्मूलन भएको १० वर्ष बितिसक्दा पनि चुनौती भने अझै कायम छ ।
लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको आव्हान
प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान देशव्यापी रुपमा सञ्चालन गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज एक सन्देश जारी गर्दै लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियानलाई हप्ताको एक पटक सञ्चालन गर्न आह्वान गर्नुभएको हो ।
सिंहदरबार वैद्यखानाबाट ४० किसिमका औषधी उत्पादन हुँदै
सरकारले सिंहदरबार वैद्यखानाबाट ४० किसिमका औषधीको उत्पादनको तयारी गरेको छ ।
स्वास्थ्य मन्त्रीद्वारा सय दिनमा गरेका काम सार्वजनिक (पूर्णपाठसहित)
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनभित्र गरेका कामहरू सार्वजनिक गर्नुभएको छ । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रीले सय
पोलियो उन्मूलन गर्ने अभियानमा संलग्न हुन स्वास्थ्यमन्त्रीको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पोलियो उन्मूलन गर्ने विश्वव्यापी अभियानमा संलग्न हुन अनुरोध गर्नुभएको छ । विश्व पोलियो दिवसको अवसरमा मन्त्री पौडेलले भिडियो सूचना जारी गर्दै यस्तो अनुरोध गर्नुभएको हो ।
उपलब्ध जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउँछौँ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उपलब्ध स्वास्थ्य जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
सिटामोलको नियमित उत्पादन
नेपाल औषधी लिमिटेडले सिटामोलको नियमित उत्पादन भइरहेको स्पष्ट पारेको छ । लिमिटेडले बिहीबार विज्ञप्ति निकाल्दै सिटामोलको नियमित उत्पादन भइरहेको स्पष्ट पारेको हो ।