छिन्चुमा प्रादेशिक सरुवारोग अस्पतालको भवन शिलान्यास
सुर्खेतको भेरीगङ्गा नगरपालिको छिन्चुमा प्रादेशिक सरुवारोग अस्पतालको भवन शिलान्यास गरिएको छ ।
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
जिल्लाको चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुर नगर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन गर्न आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । लायन्स अन्तर्राष्ट्रिय क्लब र चन्द्रपुर नगरपालिकाको साझेदारीमा अस्पताललाई रू एक करोड ६० लाख मूल्य बराबरको विभिन्न उपकरण हस्तान्तरण गरिएको हो ।
‘दीर्घरोगीले मर्निङवाक गर्नु घातक हुन्छ’
चिसो बढ्दै जाँदा विभिन्न सर्ने तथा नसर्ने रोगले दुःख दिने गर्छ । जाडोमा बढ्ने प्रमुख स्वास्थ्य समस्यामध्ये मुटुरोग पनि एक हो । अन्य मौसमको तुलनामा जाडोमा मुटुको समस्याले बढी दुःख दिने चिकित्सक बताउँछन् ।
चार लाख ६० हजार एचपीभी खोप नेपाल आइपुग्यो
किशोरीलाई निःशुल्क लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप आउन सुरु भएको छ ।
एउटै पालिकाका ५९ बालबालिकामा कुपोषण
मधेशी र मुस्लिम समुदायको बाहुल्य रहेको बाँकेको जानकी गाउँपालिकामा ६ देखि ५९ महिनाका ५९ जना बालबालिकामा कुपोषणको समस्या देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणाली मार्फत् उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेको छ ।
मरेर कुहिएका अस्वस्थ कर माछा बिक्री निषेध
सुनसरीको वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रका हाट, बजार र पसलहरूमा भारत लगायतका छिमेकी मुलुकहरूबाट ल्याइएका मरेका माछाहरू बिक्री वितरणमा पूर्ण निषेध गरेको छ । नगर कार्य पालिकाको बैठकले पुस १ गतेदेखि लागु हुने गरी निषेध गरिएको वराहक्षेत्र नगरपालिकाले जनाएको छ ।
फत्तेबाल अस्पतालमा १५६ जनाको आँखाको नानी प्रत्यारोपण
पश्चिम नेपालकै एक मात्र ठुलो आँखा अस्पताल नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा १५६ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ।
एकद्वार सङ्कट व्यवस्थापन केन्द्र प्रभावकारी
नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा लैङ्गिक हिंसा सम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र प्रभावकारी बनेको छ ।
विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा
अर्जुनचौपारी गाउँपालिकाले विपन्न नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ ।
‘२५ प्रतिशत रोग वातावरणीय जोखिम तत्वका कारण लाग्छ’
पछिल्लो समय जलवायुका कारणले विभिन्न स्वास्थ्य समस्या बढ्र्दै गएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धानकर्ता डा.मेघनाथ धिमालका अनुसार विश्वव्यापी हुने रोगको भार मध्ये एक चौथाई अर्थात २५ प्रतिशत (लगभग १३ मिलियन)को मृत्यु वातावरणीय जोखिमको कारणले हुने अनुमान गरिएको छ ।
अङ्गदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै
नेपालमा अङ्ग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहने गरी थालेको अनलाइन सेवाको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उद्घाटन गरेसँगै यो सम्भव भएको हो ।
नर्सिङ सङ्घमा प्राध्यापक शर्मा
नेपाल नर्सिङ सङ्घको अध्यक्षमा प्राध्यापक चन्द्रकला शर्मा नेतृत्व समूहको प्यानल विजयी भएको छ ।
अङ्ग प्रत्यारोपणसम्बन्धी कानुनी अप्ठ्याराबारे सुझाव दिन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अङ्ग प्रत्यारोपणसम्बन्धी कानुनी वा नीति नियम आवश्यक भए विज्ञको रायसहित सुझाव पेस गर्न आग्रह गर्नुभएको छ ।
सामाजिक समस्या बन्दै कुकुरको टोकाइ
राजधानीमा भुसिया कुकुर सामाजिक समस्या बन्दै गएको छ । काठमाडौँको त्रिपुरेश्वरमा काम गर्ने सन्तोष पौडेल मूलपानीमा बस्नुहुन्छ ।
मेदान्त आयुर्वेद अस्पतालको उद्घाटन
काठमाडौँमा आयोजित एक कार्यक्रममा क्याप्टेन विजय लामा र अभिनेत्री गौरी मल्लले अस्पतालको उद्घाटन गर्नुभएको हो ।
रगत अभाव टार्न रक्तदान
जाडो बढ्दै जाँदा नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन नदिन रक्तदान गरिएको छ । बाँकेमा अहिले रगतको अभाव भइरहेकाले “रक्तदान गरौं : जीवन उपहार दिउँ” नारासाथ गोपाल–नीना फाउण्डेशन, नेपालगन्ज र जनमत अर्ध साप्ताहिकले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
निरोधात्मक उपचार प्राथमिकतामा: मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निरोधात्मक उपचारलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ । म्याग्देमा निर्माण गरिएको १० शय्याको अस्पताल भवनको शनिवार उद्घाटन गर्दै मन्त्री पौडेलले स्वास्थ्यको बारेमा सचेतनाको कमी हुँदा बिरामी बढिरहेकोले सरकारको ठुलो रकम खर्च गर्नु परेकोले निरोधात्मक अस्पताल बनाउन लागिएको बताउनुभयो ।
सिट सङ्ख्या बढाउन सकिन्छ
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजको थप आम्दानी बढाउन सिट सङ्ख्या बढाउन सकिने बताउनुभएको छ ।
स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल भवन उद्घाटन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले म्याग्देमा निर्माण गरिएको १० शय्याको अस्पताल भवनको आज उद्घाटन गर्नुभएको छ।
राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश
राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप ‘एचपिभी खोप’ समावेश गरिएको छ । एचपिभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ ।
बेनी अस्पतालको भवन आठ वर्षदेखि अलपत्र, नियामक निकाय मौन
तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको भवन निर्माण कार्य आठ वर्षसम्म पनि पूरा भएको छैन । पाँच वर्षअघि सकिनुपर्ने ५० श्यया क्षमताको भवनको हालसम्मको भौतिक प्रगति करिब ८० प्रतिशत छ । भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।
मर्यादित महिनावारीमैत्री देश चिनाउने अवसर
महिनावारी एक प्राकृतिक प्रक्रिया हो, जसले सृष्टि र जीवनलाई चलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
सरकारले तोकेको न्यूनतम तलब निजीमा पनि लागू गर्न स्वास्थ्य मन्त्रालयको पत्र
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सार्वजनिक प्रतिबद्धता जनाएअनुसार मेडिकल कलेज तथा स्वास्थ्य संस्थाका नर्सिङ तथा स्वास्थ्य जनशक्तिको पारिश्रमिक कम्तिमा नेपाल सरकारसरह लागू गरिएको छ ।