काठमाडौँ, मङ्सिर ३० गते । मेदान्त आयुर्वेद अस्पतालको उद्घाटन भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा क्याप्टेन विजय लामा र अभिनेत्री गौरी मल्लले अस्पतालको उद्घाटन गर्नुभएको हो । सोही क्रममा अभिनेत्री गौरी मल्लले अहिले खाएर अहिले परिणाम आउने औषधीभन्दा आयुर्वेदिक औषधी राम्रो हुने बताउनुभयो ।
क्याप्टेन लामाले ६४ वर्षको उमेरमा पुग्दा मुख्य रुपमा खानपान र व्यायाममा ध्यान दिनुपर्ने बताउनुभयो ।
क्याप्टेन लामाले मेदान्त आयुर्वेद अस्पतालका वरिष्ठ चिकित्सक तथा अध्यक्ष डा. सुवर्ण पौडेलले अस्पतालमा एक सय रुपियाँमा ओपीडी सुरु गरिएको जानकारी दिनुभएको छ। उहाँले चिकित्सकले बिरामीलाई समय दिएजस्तै खानपान र स्वास्थ्यका बारेमा सचेत हुनु जरुरी रहेको बताउनुभएको छ ।