साढे छ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
ताप्लेजुङमा साढे छ हजार बढी बालबालिकालाई आइपिभी खोप लगाइने भएको छ । नौ स्थानीय तह रहेको जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुने र साढे छ हजार बढी लक्षित बालबालिकालाई खोप लगाइने भएको हो ।
पर्सामा आइतबारदेखि पोलियोविरुद्धको खोप लगाइने
जिल्लामा आइतबारदेखि पहिलो चरणअन्तर्गत पोलियोविरुद्धको (आइपिभी) खोप अभियान सञ्चालन हुँदैछ ।
असारभित्र नगर अस्पताल सञ्चालन हुने
शिवसताक्षी नगरपालिकामा चालु आर्थिक वर्षभित्र नगर अस्पताल सञ्चालन हुने भएको छ । सुविधा सम्पन्न भवन निर्माण भएसँगै १५ श्ययाको नगर अस्पताल चालु आवभित्रै सञ्चालनको तयारी गरिएको हो ।
‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ प्रभावकारी बन्दै
कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’प्रभावकारी बन्दै गएको छ ।
भद्रपुरसहित चार पालिकामा हात्तीपाइलेको औषधी वितरण असफल
हात्तीपाइलेविरुद्धको राष्ट्रिय आम औषधी सेवन अभियानको म्याद १० दिन थप्दासमेत झापाका भद्रपुर नगरपालिकासहित चार पालिकामा भने अभियान असफल भएको छ ।
सन्ताउन्न जिल्लामा डेङ्गु सङ्क्रमण
यो वर्ष मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । डेङ्गु रोगको सङ्व्रmमण ५७ जिल्लामा देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण
फिस्टुला निवारणका लागि मार्गचित्र सार्वजनिक
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फिस्टुला निवारणका लागि मार्गचित्र (२०२४-२०३०) सार्वजनिक गरेको छ ।
कपिलवस्तुमा ३१ हजार बालबालिकालाई 'आईपिभि' खोप लगाइँदै
कपिलवस्तुमा जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको आईपिभिखोप अभियान सञ्चालन हुने भएको छ ।
जेठ १३ देखि खोप अभियान सञ्चालन
अर्घाखाँचीमा ७ वर्षसम्मका बालबालिकालाई आइपिभी खोप अभियान २०८१ सञ्चालन हुने भएको छ । जेठ १३ देखि १७ गतेसम्म आइपिभी खोप अभियान सञ्चालन हुने जिल्ला खोप समन्वय समितिले जनाएको छ ।
५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह
डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो ।
१९ हजार बालबालिकालाई आइपिभी खोप लगाइने
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा १९ हजार पाँच सय २९ बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने भएको छ ।
निःशुल्क मुटु तथा हाडजोर्नी स्वास्थ्य शिविरबाट ४३७ जना लाभान्वित
गोरखाको बारपाक सुलीकोट गाउँपालिका– ७ को पाँचखुवा देउरालीमा मुटु तथा हाडजोर्नी निःशुल्क स्वास्थ्य शिविरबाट ४३७ जना लाभान्वित भएका छन् ।
नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’ पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङमा ओमिक्रोनको सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको जानकारी दिनुभयो ।
सुरक्षित मातृत्व सेवा सरकारले थप व्यवस्थित बनाउन जरुरी : सभापति डा.राणा
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणाले सुरक्षित मातृत्व सेवालाई सरकारले थप व्यवस्थित बनाउन जरुरी रहेको बताउनुभएको छ ।
चार हजारभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
हिमाली जिल्ला म्याग्दीका चार हजार तीन सयभन्दा धेरै बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने भएको छ ।
क्यान्सरको जोखिम पहिचान गर्न स्वास्थ्य शिविर
गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
दिवा खाजा कोदोको दुनोट
म्याग्दीका विद्यालयमा रैथाने बालीका परिकार बनाएर दिवा खाजामा प्रयोग गर्न थालिएको छ । स्वास्थ्य, सरसफाइ, रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि विद्यालयका चमेनागृहमा स्थानीय खाद्यान्नको परिकार तयार पार्न थालिएको हो ।
दश हजार बालबालिकालाई 'आइपिभी' खोप
सरकारले सञ्चालन गर्न लागेको पोलियो रोग विरुद्धको आइपिभी खोप इलाममा यसपटक दश हजार ८८० बालबालिकालाई दिइने भएको छ । आगामी जेठ १४ गतेदेखि जेठ २१ गते सम्म खोप अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।
भेरी अस्पतालको स्वास्थ्य बिमा सेवाबारे अनुगमन
स्वास्थ्य बिमा गराएका बिरामीहरूको उपचार गर्दै आएको यहाँस्थित भेरी अस्पतालले बिमा गराएका बिरामीलाई दिने उपचार सेवाबारे अनुगमन गरिएको छ ।
‘नागरिकको स्वास्थ्य सुधार्न स्थानीय सरकारले ध्यान दिनुपर्छ’
प्राडा. सिता घिमिरे पोखरेल विगत २० वर्षदेखि देशको विभिन्न अस्पतालमा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले त्रिवि शिक्षण अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा कन्सल्टेन्टको रूपमा जिममेवारी निर्वाह गर्नुभएको छ ।
मुगुका १०२ जना बिरामीको काठमाडौँ मेडिकल कलेजमा उपचार हुँदै
मुगुको छायाँनाथ रारा नगरपालिका र काठमाडौँ मेडिकल कलेजको सहकार्यमा गएको चैत महिनामा स्वास्थ्य शिविर सञ्चालन गरी आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क उपचार गरिएको थियो ।
नवलपुरमा १९ हजार बालबालिकालाई ‘आइपिभी’ खोप लगाइँदै
नवलपुरमा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालनका लागि सबै तयारी पूरा भएको छ । यही जेठ १३ देखि २६ गतेसम्म पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले सबै तयारी पूरा गरेको जनाएको छ ।
अस्पताल भवन बन्ने प्रतीक्षामा मनाङी नागरिक
२०४६ साल फागुन १९ गते निर्माण सम्पन्न भई सेवा प्रदान गर्दै आएको जिल्ला अस्पताल मनाङ यति बेला घर न घाटको अवस्थामा पुगेको छ ।
बाँकेमा २४३ वटा खोप केन्द्र कायम
बाँके जिल्लामा ३५ हजार ७०५ जना बालबालिकालाई पोलियो रोग विरुद्धको आईपिभी खोप दिनका लागि २४३ वटा खोप केन्द्र कायम गरिएको छ।