घुम्ती शिविरबाट सेवा
पाल्पाको निस्दी गाउँपालिकाले एकीकृत घुम्ती शिविरबाट नागरिकलाई सेवा प्रदान गरेको छ ।
रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न भित्र्याइयो ‘क्लिया’ प्रविधि
नेपला रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा नयाँ प्रविधि भित्र्याएको छ । रक्तसञ्चार सेवा केन्द्रले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को मापदण्डअनुसार रगत परीक्षणलाई प्रभावकारी बनाउन ‘क्लिया’ प्रविधिमा आधारित नयाँ मेसिन भित्र्याएको हो ।
खाँडाचक्रमा एकसय ८६ क्षयरोगीको पहिचान
कालीकोटको खाँडाचक्र नगरपालिकामा एकसय ८६ जना क्षयरोगीको पहिचान भएको छ । यहाँ सञ्चालित स्वास्थ्य शिबिरबाट ती रोगी फेला परेका हुन् ।
मोहन वैद्यको आइसियुमा उपचार हुँदै
त्रिवि शिक्षण अस्पतालमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणलाई आइसीयुमा सारिएको छ ।
क्यान्सर अस्पतालका कर्मचारी स्वतः स्थायी
भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत १७० कर्मचारी स्वतः स्थायी भएका छन् ।
स्वास्थ्य क्षेत्रमा क्रमिक सुधार
सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्र सुधार हुँदै गएको बताउनुभयो ।
स्वास्थ्य परीक्षणको सिन्डिकेट अन्त्य गर्न माग
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट तत्कालै अन्त्य गर्न नेपाल मेडिकल व्यावसायी सङ्घले सरकार समक्ष माग राखेको छ । संघले पत्रकार सम्मेलन गर्दै श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिण्डिकेट अन्त्य हुनुपर्ने माग गरेको हो ।
मोहन वैद्य अस्पताल भर्ना
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना हुनुभएको छ । महासचिव वैद्यको सचिवालयका अनुसार उहाँलाई विगतदेखि दम तथा श्वासप्रश्वासको समस्या छ ।
विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट
‘तपाईंको शरीरको तौल ४५ मिनेटमा नै कम हुनेछ, केही हप्ताभित्रमा सुडौल हुने’, ‘कपालमा झरिसकेका रौँहरु फेरि पलाउने’, ‘अनुहारमा भएका चायाहरु हट्ने फेरि जवान हुने’ आदि कामका लागि विभिन्न सञ्चारमाध्यममा अनेकौँ विज्ञापनहरु हेर्न, पढ्न र सुन्न सकिन्छ ।
निःशुल्क रगत उपलब्ध गराउन सम्झौता
गुल्मीको एक स्थानीय तहले नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन सम्झौता गरेको छ ।
नर्भिक अस्पतालमा टाउकोमा पानी जम्ने समस्याका लागि उपचार सुरु
नर्भिक इन्टरनेशनल अस्पतालमा टाउकोमा पानी जम्ने समस्याको शन्ट शल्यक्रिया गरेकाहरुका लागि ‘प्रोगामेबल शन्ट सिस्टम’ विधिद्वारा उपचार सुरु भएको छ ।
बर्दिया अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिनको अभाव
बर्दियाका विभिन्न स्वास्थ्य संस्थामा रेबिज विरुद्धको भ्याक्सिनको अभाव भएको छ ।
बाहिरिएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विदेशिएका जनशक्तिलाई स्वदेश कसरी फर्काउने भन्ने विषय चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
अन्नपूर्णको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
करोडौं रुपियाँ खर्चिएर निर्माण गरिएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन भएको छ ।
नेपाल स्वास्थ्य सम्मेलन सुरु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन यहाँ सुरु भएको छ । भोलिसम्म जारी रहने सम्मेलनको उद्देश्य साझेदारी प्रवर्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतीबारे छलफल गर्नु हो ।
मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख
मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा। युवानिधि बसौलाले जानकारी दिनुभयो ।
स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय
देशको स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि स्वास्थ्य सम्मेलनको आयोजना गर्दैछ ।
मङ्किपक्स सङ्क्रमित युवाको अवस्था सामान्य
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मङ्किपक्स (एमपक्स) पुष्टि भएर भर्ना भएका युवाको अवस्था सामान्य छ ।
दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट छैनः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ।
सुनसरीका पौने ६ लाख स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध
सुनसरीका १२ स्थानीय तहका पाँच लाख ७६ हजारभन्दा बढी स्थानीयहरु स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । जिल्लामा हाल पाँच लाख ७६ हजार ११३ जनाले स्वास्थ्य बिमा गराएर सेवा लिइरहेका छन् ।
सुपथ मूल्यमा औषधी उपलब्ध गराउने तयारी सुरु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उपभोक्तालाई सुपथ मूल्यमा औषधी उपलब्ध गराउने भन्दै कुनै एक कम्पनीको नाम नतोकिकन जेनेरिक औषधी सिफारिस गर्ने व्यवस्था लागू गराउन सुझाव दिनका लागि भन्दै जेनेरिक औषधी सुझाव समिति गठन गर्नुभएको छ ।
स्वास्थ्य सेवा सुधारका लागि बजेटको समस्या हुँदैनः स्वास्थ्य मन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा सुधारका लागि सरकारले गरेका निर्णयहरु कार्यान्वयन गर्न बजेटको समस्या नहुने बताउनुभएको छ ।
लुङरुपामा आयुर्वेद भवन
फिदिम नगरपालिका १३ मा निर्माण भएको लुङरुपामा आयुर्वेद औषधालय उद्घाटन गरिएको छ ।
सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउन कार्यदल गठन
सरकारले नेपाली सेना तथा प्रहरीका अस्पतालमा आमनागरिकलाई समेत सेवा उपलब्ध गराउनका लागि आवश्यक प्रक्रिया थालेको छ ।