पुस महिनासम्मको लक्ष्य प्रगतिका आधारमा स्वास्थ्य मन्त्रालय दोस्रो स्थानमा
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगतिको अर्धवार्षिक विश्लेषणमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दोस्रो स्थानमा परेको छ ।
गुल्मीमा ९९ दशमलव ७१ प्रतिशतलाई एचपिभी खोप
गुल्मीमा लक्षित समूहका बालबालिका र किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप ९९ दशमलव ७१ प्रतिशतले लगाएका छन् ।
पाँचथरमा ७ हजार बढीले लगाए एचपिभि खोप
पाँचथर जिल्लाका ७ हजार ९ सय १८ जना किशोरीलाइ पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्वको (एच.पि.भि.)खोप लगाइएको छ ।
क्यान्सर परीक्षण गर्ने सम्झौता
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भेरी अस्पतालबिच क्यान्सर रोगको परीक्षण गर्ने सम्झौता भएको छ । सङ्घीय अस्पतालका प्रयोगशालामा परीक्षण हुन नसक्ने क्यान्सर र अन्य रोगको परीक्षणका लागि उक्त सम्झौता भएको हो ।
नागरिकको सूचना पहुँच बढाउन भिडियो ब्रिफिङ गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित रूपमा गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ । मन्त्रालयले फागुन ९ गते शुक्रबारबाट हरेक साता दिउँसो १ः३० बजे गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको हो ।
‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक
आपतकालीन चिकित्सकीय समूह परिचालन कार्यविधि २०८१ सम्बन्धी ‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक सम्पन्न भएको छ ।
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान मेसिन’
स्थापना भएको १२० वर्षपछि भक्तपुर अस्पतालले पहिलो पटक ‘सिटी स्क्यान मेसिन’ सञ्चालनमा ल्याउने भएको छ । चन्द्रशमशेर राणाले स्थापना गरेको सो अस्पतालमा सञ्चालनका लागि बागमती प्रदेश सरकारले खरिद गरेर पठाएको मेसिन अस्पतालमा आइपुगेको छ ।
स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या
तनहुँ कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ ।
पोखरा महानगरका प्रमुख आचार्य अस्पतालबाट डिस्चार्ज
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणको समयमा बेलुन फुटेर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र प्रमुख आचार्य घाइते हुनु भएको थियो ।
बालबालिकाको क्यान्सर उपचारका लागि चार अस्पतालबाट निःशुल्क औषधी
क्यान्सरपीडित बालबालिकाहरूले सर्वसुलभ रूपमा निःशुल्क औषधी पाउने भएका छन् । बिहीबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सरपीडित बालबालिकाहरुले सर्वसुलभ रुपमा निःशुल्क औषधी पाउने बताउनुभएको हो ।
शत प्रतिशतलाई एचपिभी खोप
जिल्लामा पहिलो पटक किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइएको छ ।
‘अस्पतालले जनताको विश्वास बढ्ने गरी काम गर्नुपर्छ’
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश अस्पतालले जनताको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ । आज प्रदेश अस्पताल सुर्खेतको १९औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले राम्रो सेवा पाउँदा मात्र सरकारको काम जनताले बुझ्ने भएकाले जिम्मेवारीपूर्वक काममा लाग्न निर्देशन दिनुभयो ।
बाँकेमा शत प्रतिशतलाई एचपिभी खोप
बाँके जिल्लामा लक्षित समुहका शतप्रतिशत बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
नवलपुरमा १६ हजारभन्दा बढी बालिकाले लगाए एचपिभी खोप
नवलपरासी पूर्व (नवलपुरमा) पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा ९६.१८ प्रतिशत बालिकाले खोप लगाएका छन् ।
चिकित्सक सङ्घ आन्दोलित
नेपाल चिकित्सक सङ्घले सङ्घर्षको कार्यक्रम सार्वजनिक गरेको छ । सङ्घले विज्ञप्ति निकाल्दै बुधबार र बिहीबार संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । संघले. सरकारलाई माग पूरा गर्न ४८ घण्टाको समय दिएको संघका महासचिव डा. सन्जिब तिवारीले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजारभन्दा बढीलाई लगाइयो एचपिभी खोप
सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजार चार सय ८९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दीपायल, डोटीका सूचना अधिकारी धर्मानन्द गिरीका अनुसार यो निर्धारित लक्ष्यको ९५ प्रतिशत हो ।
गढवा गाउँपालिकामा निःशुल्क आँखा चेकजाँच शिविर
दाङको गढवा गाउँपालिकामा भएको निःशुल्क आँखा तथा कान चेकजाँच शिविरमा दुई सय बढीले सेवा लिएका छन् ।
आइभिएफ सेवाको झुट्ठाे प्रचारप्रसार नगराउन मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइभिएफ सेवाको झुट्ठाे प्रचारप्रसार नगराउन निर्देशन दिएको छ । मन्त्रालयले आइभिएफ सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्रचार गर्दै आइभि एफ सेवा सम्बन्धमा झुठ्ठो प्रचारप्रसार नगर्नु/नगराउन आग्रह गरेको हो ।
चिकित्सा शिक्षा स्नातकोत्तर तहका लागि सिट निर्धारण
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातकोत्तर तहका विधागत कार्यक्रमका लागि सिट निर्धारण गरेको छ । आयोगले सोमबार चिकित्सा शिक्षा स्नातकोत्तर तहका विधागत कार्यक्रमका लागि भर्ना वर्ष २०८१/८२ (सन् २०२५) का लागि सिट निर्धारण गरेको हो ।
जलवायु परिवर्तनको बढी असर महिलालाई
सरोकारवालाहरूले जलवायु परिवर्तनले पारेको प्रभावको मुख्य असर महिलामा परेको भन्दै उनीहरूलाई जलवायुको असरबाट बच्न क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
बाँकेमा १४औं पटक हात्तीपाइले रोगविरुद्धको अभियान सुरु
१३ पटकसम्म औषधी खुवाउने कार्यक्रम चलाउँदा पनि सफल हुन नसकेपछि बाँकेमा सोेमबारदेखि हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम फेरी सुरु गरिएको छ ।
मातृ मृत्युदर शून्यमा झार्ने लक्ष्यमा प्रदेश सरकार : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा मातृमृत्यु दर शून्यमा झार्ने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।
अर्थमन्त्री पौडेल डिस्चार्ज
कीर्तिपुर अस्पतालमा उपचाररत उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल डिस्चार्ज हुनु भएको छ ।
‘आयोडिनको कमीले आइपर्छ स्वास्थ्यमा यस्तो समस्या’
नेपालमा आयोडिन प्रयोगकर्ताको अवस्था सुधारोन्मुख भए पनि आयोडिनको कमीले हुने स्वास्थ्य जोखिम कायम छ । उच्च पहाडी भौगोलिक बनावटले गर्दा नेपाली खानामा आयोडिनको कमी हुने हुँदा यसको कमीले हुने जोखिम कायम रहेको जानकारहरु बताउँछन् ।