‘एचपिभी खोप र बाँझोपनबिच कुनै सम्बन्ध छैन’
पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरसविरुद्धको (एचपिभी) खोप र बाँझोपनबिच कुनै सम्बन्ध नरहेकाले ढुक्कसँग खोप लगाउन अनुरोध गरिएको छ ।
ऐन तथा नियमावली उल्लङ्घन गरेमा १११५ मा जानकारी गरौँ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ऐन तथा नियमावली उल्लङ्घन गरेमा हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा जानकारी गराउनुहुन अनुरोध गरेको छ ।
चन्द्रपुर नगरपालिकामा १५ शय्याको अस्पताल निर्माण
रौतहटको चन्द्रपुर नगरपालिकामा १५ शय्याको थप एक अस्पताल निर्माण हुने भएको छ ।
‘सङ्क्रमित बङ्गुर, सुँगुर र बँदेलको मासु जथाभावी किनबेच नगरौँ’
बङ्गुर, सुँगुर र बँदेल प्रजातिमा अफ्रिकन स्वाइन फिभर पुन पुष्टि भएको छ। पशुसेवा विभागका अनुसार बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही जिल्लामा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भएको छ।
पक्षघातको औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने महँगो औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गर्नुभएको छ।
विद्यालयमा एक जना हेल्थ एम्बेस्डरको व्यवस्था गर्नुपर्ने
विद्यालयमा एक जना हेल्थ एम्बेस्डर (विद्यार्थी स्वास्थ्यदूत)को व्यवस्था गर्नुपर्ने भएको छ । विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका २०८१ ले नियमित पठन पाठनमा असर नपर्ने गरी कक्षा ७ र ८ मा अध्ययनरत एक जना छात्र र एक जना छात्रा सम्बन्धित विद्यालयको हेल्थ एम्बेस्डर तोक्नु पर्ने व्यवस्था गरेको छ ।
पाँच सय ३१ जनाको आँखाको निःशुल्क शल्यक्रिया
नेपाली सेनाको सहयोगमा रौतहटका विपन्न तथा गरिब परिवारका पाँच सय ३१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । गत पुस २८ गतेदेखि माघ २ गतेसम्म रौतहटको गरुडा–५ शिवनगरमा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सय ३१ जनाको आँखाको शल्यक्रिया गरिएको हो ।
जनप्रतिनिधिलाई एचपिभी खोपसम्बन्धी अभिमुखिकरण
गोरखा नगरपालिका भित्रका जनप्रतिनिधिहरुलाई एचपिभी खोपसम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । बिहीबार गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा गोरखा नगरपालिका भित्रका जनप्रतिनिधिहरुलाई एचपिभी खोपसम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
प्रधानमन्त्रीद्वारा स्वास्थ्यविज्ञान प्रतिष्ठानका भवन उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गर्नुभएको छ ।
उपचार नपाउँदा गर्भवतीको मृत्यु
दार्चुलामा एक गर्भवतीको प्रसूतिका क्रममा मृत्यु भएको छ। अपिहिमाल गाउँपालिका १ आरुखोरकी २५ वर्षीया द्रौपती जागरीको मंगलबार राति मृत्यु भएको हो ।
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह बिहीबार दिउँसो हुँदै छ । दीक्षान्तमा सरिक हुन प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली पोखरा आउँदै हुनुहुन्छ ।
सात हजारलाई एचपिभी खोप लगाइँदै
ताप्लेजुङमा करिब सात हजार जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ ।
तान्जानियामा मारबर्ग भाइरसका कारण आठ जनाको मृत्युः डब्लुएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तान्जानियामा घातक मारबर्ग भाइरसको शङ्कास्पद प्रकोपका कारण आठ जनाको मृत्यु भएको भन्दै तान्जानिया र छिमेकी मुलुकमा थप फैलिने जोखिम ‘उच्च’ रहेको चेतावनी दिएको छ ।
आइपुग्यो आवश्यक एचपिभी खोप
पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियानका लागि १७ लाख ७० हजार चार सय भाइल खोप ल्याइएको छ ।
रोग लाग्नै नदिन योग
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्नै नदिनेतर्फ लाग्नुपर्ने बताउनुभएको छ ।
स्वास्थ्य बिमा ऐन संशोधनः अब हरेक तहमा सेवाप्रदायक संस्था रहने
स्वास्थ्य बिमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बिमा ऐन २०७४ मा भएको संशोधनअनुसार अब स्वास्थ्य बिमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तीमा एउटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
दुर्गमका विद्यार्थीको आँखा परीक्षण
गुल्मीका दुर्गम स्थानमा रहेका विद्यार्थीहरुको आँखा परीक्षण थालिएको छ।
एचपिभी खोपले महिनावारीलाई कुनै असर गर्दैन
पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोपले महिनावारीलाई कुनै असर नगर्ने बताइएको छ ।
उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्दैछौँः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्ने काम सुरु गरेको बताउनुभएको छ । राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
भक्तपुरमा १७ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै
जिल्लाका १७ हजार छ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ ।
योग साधनाको सुरुवाती भूमि नेपाल हो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले दशौँ राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मानिसको सबैभन्दा महत्त्वपूर्ण कुरा नै स्वास्थ्य रहनु भएको भन्दै उहाँले स्वास्थ्यका लागि योगको महत्त्व अझ बढी प्रखर रूपमा प्रकट भएको बताउनुभएको छ ।
‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’
काठमाडौँ, माघ १ गते । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज दशौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरी यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुुरु भएको हो ।प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका छन् । जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवसभारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा एक सय ७७ देशले समर्थन गर्ने योग दिवसले कीर्तिमान कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाउन थालिएको हो । माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए ।“योगको सुरुआत शिव र पार्वतीको संवादबाट सुरु भएको मानिन्छ, शिव पार्वतीको बास नेपालको हिमालय क्षेत्रमा थियो, नेपाल माहात्म्यको हिमवत्खण्डमा यसको चर्चा छ”, योग दिवसका अभियानकर्मी डा पोखरेलले भन्नुभयो । आयुर्वेदलाई योगसँग जोड्न विसं २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो । विसं २०५८ देखि क्षेत्रीय आयुर्वेद चिकित्सालय विजौरी दाङमा पनि योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन सुरु गरिएको छ । स्वास्थ्यलाभ, मानसिक शान्तिका लागि योग अभ्यास गर्ने सङ्ख्या दिनप्रतिदिन बढ्न थालेको छ ।योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु योग हो भनिएको छ । गीतामा ‘योग कर्मसु कौशलम’ अर्थात् नियमित योगको अभ्यास गर्नेले नै कुशलतापूर्वक काम गर्न सक्दछ भन्ने जस्ता उदाहरण प्रस्तुत गरिएको छ । इसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरकसंहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ ।योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने यस क्षेत्रमा लाग्नुभएका स्नातकोत्तर योग विज्ञान एशोसियसन नेपालका अध्यक्ष क्षितिज बराकोटीको विश्वास छ ।नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन÷अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ । प्रवेशिका गरेकालाई छ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको हो । जुनसुकै विषयमा स्नातक गरेकालाई प्राच्य स्वास्थ्य शिक्षामा दुई वर्षे स्नातकोत्तरको पाठ्यक्रमसमेत स्वीकृत भएकोे विद्यापीठका योग र प्राकृतिक चिकित्सा विभाग प्रमुख डा पोखरेलले जानकारी दिनुभयो । स्वास्थ्य विषयमा स्नातक गरेकालाई प्राथमिकता दिए पनि जुनसुकै विषयमा स्नातक पूरा गरेकाले स्नातकोत्तर कक्षामा सहभागी हुन सक्नेछन् ।विसं २०५१ देखि पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा इच्छाधीन विषयका रुपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद राखे पनि यस विषयमा स्नातक गरेका जनशक्ति नभएपछि सही रुपमा सुरु हुन सकेको छैन । केही विद्यालयमा सुरु भए पनि प्रभावकारी हुन नसकेको जनाइएको छ ।मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञानलाई योग भनिन्छ । प्रारम्भिक कालमा योग सबैका लागि सधैँका लागि भएकामा मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवं साधुसन्तका लागि मात्र योग भन्ने अर्थमा बुझिन्थ्यो । अहिले स्वास्थ्य, मानसिक शान्ति र खुसीसँग जोडिएर योग आएको छ ।“जुन मान्छे जहाँ छ, त्यसबाट व्यवस्थित रुपमा अघि बढ्ने माध्यम योग हो, यसले कार्यक्षमता वृद्धि गर्छ, यसलाई पश्चिमी देशले जीवन व्यवस्थापन शास्त्र भन्न थालेका छन्”, डा पोखरेलले भन्नुभयो । योगभित्र मनोविज्ञान, परामनोविज्ञान र भावातीत मनोविज्ञान भएको उहाँले बताउनुभयो । अमेरिकाका क्याम्पसमा परामनोविज्ञान र भावातीत मनोविज्ञानको अध्ययन अध्यापन सुरु भएको छ । योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । यस अवसरमा आज देशभर विभिन्न कार्यक्रम गर्न लागिएको छ ।आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानमा योग दिवसको मूल कार्यक्रम आयोजना गर्न लागिएको छ । त्यसअघि बिहान ७ बजे शान्तिबाटिका रत्नपार्कमा जम्मा भई प्रभातफेरी गरिँदैछ । काठमाडौँ महानगरपालिकाले पनि माघ ४ गतेसम्म प्रशिक्षण कार्यक्रम आयोजना गरी योग दिवस मनाउन लागेको जनाएको छ ।
चिकित्सकको तलब बढाउन सिफारिस
चिकित्सकको तलब न्यूनतम एक लाख २५ हजार रुपियाँ पुर्याउन सिफारिस गरिएको छ ।
सुत्केरीलाई ६ महिनासम्म मासिक चार हजार
गोरखाको गण्डकी गाउँपालिकाले बालबच्चालाई कुपोषणबाट जोगाउन सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार रुपियाँ दिने भएको छ ।