• २० फागुन २०८१, मङ्गलबार

पूर्व युवराज शाह हृदयाघात भएर अस्पताल भर्ना

blog

पूर्व युवराज पारस शाह । तस्बिर : पारस शाहको फेसबुक पृष्ठ

 काठमाडौँ, फागुन १९ गते । पूर्व युवराज पारस शाहलाई हृदयाघात भएर अस्पतालमा भर्ना हुनुभएको छ ।  

शाहको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ । 

अस्पतालका अनुसार उहाँ आइतबार छाती दुखेर अस्पताल पुग्नु भएको थियो । 

शाहको आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको अस्पतालले जनाएको छ । 

अस्पतालका अनुसार उहाँको स्वास्थ्यमा सुधार आएको  छ ।