कालिकोटमा भाइरल ज्वरोको प्रकोप
कालीकोटको खाँडाचक्र नगरपालिकामा भाइरल ज्वरो फैलिएपछि चिकित्सक परिचालन गरिएको छ । जिल्ला सदरमुकाम मान्मसँग जोडिएको खाँडाचक्र नगरपालिका वडा नं २ मा इन्फुलुएन्जा जस्तै भाइरल देखा परेपछि चिकित्सक सहितको टोली परिचालित गरिएको हो ।
जटिल स्वास्थ्य समस्या ल्याउँदै नसर्ने रोग
समुदायमा पछिल्ला केही वर्षयता सरुवा रोगभन्दा नसर्ने रोगहरुका कारण स्वास्थ्य समस्या जटिल बन्दै गएको बताइएको छ ।
मोटोपनले निम्त्याउँछ गम्भीर स्वास्थ्य समस्या
नेपालमा पनि मोटोपनको समस्या तीव्र गतिमा बढ्दो छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा(इडिसिडी)को तथ्याङ्क अनुसार सन् २००० देखि २०१६ मा नेपालमा बालबालिकामा मोटोपन ७.७ प्रतिशतले बढेको छ ।
नयाँ प्रविधिबाट मुटुको शल्यक्रिया
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मिलिमल इनभेजिब कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ (एमआइसिएबिजी) प्रविधिबाट मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।
नर्भिक अस्पतालमा महिलाका लागि उपचार र परीक्षण प्याकेजमा विशेष छुट
नर्भिक इन्टरनेसनल अस्पतालले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिलाहरूका लागि उपचार तथा परीक्षण प्याकेजमा छुटको घोषणा गरेको छ ।
मष्तिष्क पक्षघातको उपचारका लागि आर्थिक सहयोगको अपिल
६ वर्षीय ज्ञानेन्द्र लुहारको मष्तिष्क पक्षघातको उपचारको लागि परिवारले आर्थिक सहयोगको अपिल गरेका छन्।
बिचमै अध्ययन छोडेका विद्यार्थीलाई जरिवाना रकम दाखिला गर्न आग्रह
चिकित्सा शिक्षा आयोग विगो तथा जरिवाना रकम दाखिला गर्न आग्रह गरेको छ । आयोगले सूचना निकाल्दै निःशुल्क छात्रवृत्ति सिटमा अध्ययनका लागि भर्ना भएर बिचैमा अध्ययन छाडेका ६६ जना विद्यार्थीलाई यस्तो आग्रह गरेको हो ।
मधेशमा बिना दर्ता सञ्चालित २० वटा अस्पताल बन्द
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो जीवनको परवाह नगरी बिसौँ वर्षदेखिका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरेको बताउनुभएको छ । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
८१ जनाको मोतियाविन्दुको शल्यक्रिया
एक सय २८ जनालाई निःशुल्क चस्मा र औषधी वितरण गरिएको छ ।
सुरक्षित छ एचपिभी खोप
यौन क्रियामा लाग्नुअघिका बालिका र किशोरीले एचपिभी खोप लगाए पूर्ण लाभ मिल्छ । पहिले नै एचपिभी १६, १८ बाट सङक्रमण भइसकेको भए खोपबाट सुरक्षा प्राप्त हुँदैन । गर्भवतीले लगाउनु हुँदैन, बच्चा जन्माइसकेपछि भने हुन्छ ।
अपाङ्गताको अवस्थामा कमी ल्याउन स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्नुपर्ने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अपाङ्गताको अवस्थामा कमी ल्याउन स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ ।
एचपिभी खोप पूर्णरूपमा सुरक्षित छ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि लगाउने भन्ने भनाइमा कुनै पनि सत्यता नरहेको स्पष्ट पार्नुभएको छ ।
नयाँ वर्षसँगै भरतपुर अस्पतालमा क्याथल्याब
भरतपुर अस्पतालमा मुटुका बिरामीको उपचारका लागि क्याथल्याब सञ्चालनको तयारी गरिएको छ । आगामी चैतभित्रमा काम सम्पन्न हुनेगरी उपकरण जडान भइरहेको छ ।
एचआइभी सङ्क्रमितः सङ्घर्षसँगै सफलता
जिल्लाको राप्ती नगरपालिका निवासी नम्रता गुरुङ (नाम परिवर्तित) अहिले प्राथमिक तहको शिक्षिकाका रूपमा कार्यरत हुनुहन्छ । उहाँ एचआइभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एड्स सङ्क्रमित हुनुहुन्छ ।
डा देवकोटाको स्वास्थ्य सचिवमा पदोन्नति
सरकारले सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटालाई बढुवा गर्ने निर्णय गरेको छ । यही फागुन २१ गतेको मन्त्रिपरिषद् बैठकले उहाँलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य बिमाका लागि झन्डै चार अर्ब निकासा
सरकारले स्वास्थ्य बिमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूका लागि थप तीन अर्ब ८४ करोड रुपियाँ निकासा गरेको छ ।
सिदिङ्वाका चार वडा पूर्णखोप घोषणा
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका चार वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । गाउँपालिकाका सातमध्ये वडा ५ लिम्बुदिन, वडा ७ सुरुम्खिम, वडा २ सादेवा र वडा ६ मेहेलेलाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो ।
अमेरिकामा दादुराको प्रकोप बढ्दो
अमेरिकी सेन्टर फोर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले सन् २०२३ को अन्त्ययता बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएका छन् ।
सुरक्षित मातृत्व संशोधन विधेयक संसदमा लैजाने तयारी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारी ऐन, २०७५ को संशोधन विधेयक संसदमा लैजाने प्रतिबद्धता जनाउनुभएको छ ।
स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा
अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि थप तीन अर्ब ८४ करोड निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासासम्बन्धी निर्णय गर्नु भएको उहाँको सचिवालयले जनाएको छ ।
पानी अभावमा स्वास्थ्य सेवा प्रभावित भएको छैन : शिक्षण अस्पताल
त्रिभुवन विश्वविद्यालयल (त्रिवि) शिक्षण अस्पतालमा पानीको अभावले कुनै पनि सेवा प्रभावित नभएको बताएको छ। अस्पतालका सहायक सूचना अधिकृत कालीप्रसाद रोसयाराले पानीको अभावले कुनै पनि सेवा प्रभावित नभएका जानकारी दिनुभएको हो।
घरमै पुगेर हात्तीपाइलेको औषधी खुवाउँदै स्वास्थ्यकर्मी
१३ पटकसम्म हात्तीपाइले रोगविरुद्धको ‘आम औषधी’ सेवन अभियान असफल भएपछि बाँकेमा १४औं पटक सुरु गरिएको सो अभियानलाई प्रभावकारी बनाउन राति घर घरमा पुगेर औषधी खुवाउन थालिएको छ।
आविष्कार केन्द्रले गर्यो सङ्घीय अस्पतालमा बिग्रिएका पाँच सय उपकरणको मर्मत
गत भदौ १८ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले १७ वटै सङ्घीय अस्पतालका बिग्रिएर थन्किएका उपकरणको अध्ययन र मर्मत गर्न केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता गर्नुभएको थियो ।
किशोरीहरुका निम्ति एचपिभिविरुद्धको खोप
बाहिनीहरू, ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप अभियानका बारेमा सुन्नुभएको छ ?