कानुनमा सबै क्षेत्रको सुझाव समेट्न ‘डिजिटल प्लेटफर्म’ तयार गर्दैछौँ : मन्त्री गिरी
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले विद्यमान ऐन, नियम तथा कानुनमाथि सबै क्षेत्र तथा नागरिकको सुझाव समेट्नका लागि मन्त्रालयले ‘डिजिटल प्लेटफर्म’ निर्माण गर्न लागेको बताउनुभएको छ ।
महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनेबारे सम्मेलन
महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन नेपालमा स्त्रीरोग विशेषज्ञ जुटेका छन् । ‘स्त्रीरोग विशेषज्ञ समाज’को १७ औँ राष्ट्रिय सम्मेलनमा नेपालसहित विदेशका करिब पाँच सय चिकित्सक सहभागी भई नेपालका महिलाको स्वास्थ्य सेवा गुणस्तर बनाउन जुटेका हुन् ।
चार महिनादेखि यारी भन्सार कार्यालय बन्द
नेपाल र चीनको सिमाना हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालय बन्द भएको चार महिना भयो।पुस महिनाका हिल्साबाट फिर्ता भएका कार्यालय प्रमुखसहित कार्यालय सहयोगी हिल्सा पुनः नफर्किएपछि कार्यालय बन्द भएको हो।
सुनसरीमा सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलको सामूहिक अपिल
सुनसरीका विभिन्न राजनीतिक दलले सामाजिक सद्भाव कायम राख्न सामूहिक अपिल गरेको छ । शनिबार सामूहिक रूपमा अपिल जारी गर्दै आन्दोलनरत सबै पक्षलाई आफ्ना सब प्रकारका आन्दोलनका कार्यक्रम फिर्ता लिई शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न आग्रह गरेको हो ।
शिव पोखरी
दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–९ मा अवस्थित धार्मिक तथा पर्यकीयस्थल शिव पोखरी ।
फोटो पत्रकार श्रेष्ठ पुरस्कृत
राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलाई सम्मान गरिएको छ । मध्यपुर सञ्चार समाजले मध्यपुरथिमिको कला, संस्कृतिलाई पत्रकारिताको माध्यमबाट विश्वमाझ चिनाउन भूमिका खेलेको भन्दै उहाँलाई ‘थेम्मृङ पत्रकारिता पुरस्कार’बाट सम्मानित गरिएको हो ।
सुकुम्वासी परिवारको घरमा डोजर
सुनसरीको गढी गाउँपालिका-६ सतैरझोरा हातिमुडामा दुई सुकुम्वासी परिवारको घरमा डोजर चलाइएको छ । ऐलानी जग्गा नजिकै जग्गा रहेका एक जना जग्गावालाले अदालतको आदेश भन्दै दुई सुकुम्वासी परिवारको घरमा डोजर चलाएको हो ।
सृजनाले रङ्गियो ‘नेपाल-भारत सम्बन्ध’
काँकडभिट्टा बस्ने कलाकार तेटेन शेर्पा नेपाल र भारतमा कला सृजना गर्दै आउनुभएको छ । उहाँ नेपाल र भारतका कलाकारका लागि सम्बन्ध सेतु नै बन्नुभएको छ ।
दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ लोकार्पित
सशस्त्र द्वन्द्वकालको कथा-व्यथामा आधारित लेखक जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ लोकार्पित भएको छ ।
वैदेशिक रोजगारमा समस्या परेका १९२ जनालाई क्षतिपूर्ति
वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका एक सय ९२ जनाले क्षतिपूर्तिस्वरुप दुई करोड ३१ लाखभन्दा बढी राहत वितरण गरिएको छ ।
चैते धान रोप्ने क्षेत्रफल घट्दै
ल्मीमा चैते धान रोप्ने क्षेत्रफल हरेक वर्ष घट्दै गएको छ। कृषि ज्ञान केन्द्र गुल्मीको पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार जिल्लामा चैते धान रोप्ने क्षेत्रफल घट्दै गएको हो।
लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली धावकको वर्चस्व
गौतमबद्धको जन्मस्थल लुम्बिनीमा सम्पन्न भएको अन्तर्राष्ट्रिय पिस म्याराथनको सबै पुरस्कार नेपाली धावकले जितेका छन् ।
घुम्ती शिविरमार्फत अपाङ्गता परिचयपत्र वितरण
म्याग्दीको धवलागिरि गाउँपालिकाले परिचयपत्र र सहायता सामग्री वितरण गर्न सञ्चालन गरेको घुम्ती शिविरबाट दुई सय सात जना अपाङ्गता भएका सर्वसाधारण लाभान्वित भएका छन् ।
गुल्मीको मुसिकोट र ओइताको बुङगोओनोबिच भगिनी सम्बन्ध प्रक्रिया सुरु
नेपालको गुल्मी जिल्लाको मुसिकोट नगरपालिका र जापानको ओइताको बुङगोओनोबीच भगिनी सम्बन्ध स्थापना गर्ने प्रक्रिया अघि बढेको छ ।
बेहुलीजस्तै शृङ्गारिदै कुम्भ नगरी
एक महिनाको अन्तरालमा चतराको मुख्यबजार आसपास क्षेत्रमा बाक्लो चहलपहल सुरु भएको छ । बाह्र वर्षे पूर्ण महाकुम्भ नजिकिदैजाँदा कुम्भ स्तम्भ क्षेत्रलाई बेहुलीजस्तै शृङ्गारिएको छ ।
मलेसियाको प्लास्टिक प्रदूषणविरुद्धको अभियान सन्तोषप्रद
मलेसियाले प्लास्टिक उत्पादन, प्रयोग र फोहरमैलासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरी प्लास्टिक प्रदूषणनियन्त्रणमा अपेक्षित प्रगति गरिरहेको प्राकृतिक संसाधन र पर्यावरण मन्त्री निक नाज्मी निक अहमदले शुक्रबार बताउनुभएको छ ।
इजरायलका लागि जासुसी गरेको आरोपमा टर्कीद्वारा आठ जना पक्राउ
टर्की प्रहरीले इजरायली गुप्तचर एजेन्सी मोसादलाई सूचना बेचेको आरोपमा आठ जनालाई पक्राउ गरेको देशका आन्तरिक मन्त्री अलि येर्लिकायाले बताउनुभएको छ ।
म्यानमारमा बढ्यो गर्मी, सतर्कता अपनाउन आग्रह
म्यानमारमा देशव्यापी रूपमा गर्मी बढेसँगै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ ।
एमाले ललितपुरको अधिवेशन जारी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौँ ललितपुर जिल्ला अधिवेशन महालक्ष्मी नगरपालिकास्थित इमाडोलमा जारी छ । सो पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबाट शुक्रबार उद्घाटित सो अधिवेशनमा अहिले बन्दसत्र सञ्चालन भइरहेको छ ।
महिला उद्यमशीलताका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने तयारी गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सो कार्यक्रमबारे तयारी भइरहेको बताउनुभयो ।
भैरवको मूर्ति अनावरण
धार्मिक एवम् पर्यटकीय क्षेत्रको रूपमा विकसित हुँदै गएको हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडास्थित पाथीभरा मन्दिरसँगै छ फिट अग्लो भैरवको मूर्ति अनावरण गरिएको छ ।
जुम्लामा पुग्यो पाठ्यपुस्तक
हिमाली जिल्ला जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । यसअघिका वर्षहरूमा पाठ्यपुस्तक समयमा नपुग्ने जुम्लामा यो पटक नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको हो ।
दमकमा शरणार्थीसम्बन्धी फोटो प्रदर्शनी
झापाको दमकमा भुटानी शरणार्थीको जीवन भोगाइबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले फोटो प्रदर्शनी आयोजना गरिएको छ ।
इलाम–२ उपनिर्वाचन मनोनयन दर्ता सुरु
वैशाख १५ मा हुन लागेको इलाम क्षेत्र न. २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ ।