मटिहानीका दुई हजार गृहिणीलाई ग्यासचुल्हो हस्तान्तरण
मटिहानी नगर क्षेत्रका दुई हजार गृहिणीले ग्यासचुल्हो (ग्यास सिलिण्डर र चुल्होसमेत) र त्यो बाल्ने सीप सिकेपछि राहतको अनुभूति गरेका हुन् । मटिहानी नगरक्षेत्रका विपन्न दुई हजार गृहिणीलाई शनिबार भारत सरकारको साना विकास परियोजनाको सहयोगमा सुशीला ठाकुर मेमोरियल हेल्थ फाउण्डेसन जनकपुरधामले निःशुल्क चुल्हो वितरण गरेको हो ।
संविधानले दिएका अधिकार प्रयोग गरौँ: प्रदेश प्रमुख मिया
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाले नेपालको संविधान उत्कृष्ट रहेको बताउदै त्यसमा भएका आफ्ना अधिकार बुझेर अघि बढ्न थारु, मुस्लिम लगायतका पछाडि परेका वर्गलाई आग्रह गर्नु भएको छ ।
अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट सुरु
अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आइतबारबाट चितवनमा सुरु हुँदै छ । विभिन्न ९ वटा विधामा हुने सो प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका बिच उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
प्रेस सेन्टर नेपाल केन्द्रीय पदाधिकारी बैठक
प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठक चैत २५ गते राजधानी काठमाडौँमा बस्दै छ । बैठक नेकपा माओवादी केन्द्रको केन्द्रीय मुख्यालय पेरिस डाँडामा सुरु भएको छ ।
विवाहित छोरीले माइतीसँग बह बिसाउने पुतला प्रारम्भ
टीकापुर, चैत २५ गते । विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट माइतीसमक्ष व्यक्त गरिने पुतला खेल शनिबारदेखि यहाँ सुरु भएको छ । यहाँका महिलाहरुको यो महत्वपूर्ण खेल एक सातासम्म जारी रहन्छ । रातो सारी, चौबन्दी चोली र सेतो पटुका कम्मरमा बाँधेर उनीहरू एउटै तालमा पुतला खेल्छन् । पुतला खेलको उद्घाटन गर्दै टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विकले महिलाले विवाहपछि भोगेको पीडालाई माइतीसँग गीतमार्फत पोख्ने महत्वपूर्ण मौलिक परम्परा भएको बताउनुभयो । ‘‘यसमा विवाहपछि छोरीले भोगेका समस्या समेटिएका छन्, छोरीको कथा समेटिएकाले यो हाम्रा महिलाको महत्वपूर्ण खेल हो ’’, हरेक पर्वलाई पुस्तान्तरण गर्न आवश्यक छ भएको बताउँदै उहाँले भन्नुभयो । उहाँले पुतला खेल्ने महिलालाई वडा कार्यालयले पोशाक उपलब्ध गराउने बताउनुभयो ।कलाकार रङ्गी थापाले पुतला खेल आफूहरुको मौलिक खेल भएको बताउँदै सुदूरपश्चिमका छोरीसँग भेट गराउने तथा यहाँको पहिचान हो भन्नुभयो । छोरीले घरमा भोगेका पीडा तथा विवाह नभएका युवतीले माइती घरमा रहँदाका बह गीतमार्फत प्रस्तुत गरिने यो खेललाई पर्वका रुपमा लिनुपर्ने विचार व्यक्त गर्नुभयो । विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट अभिव्यक्त हुने पुतला खेलमा महिलाले छिटको फरिया, रातो चौबन्दी, र सेतो पटुकाको फेरो समाएर सामूहिक रूपमा पङ्तिबद्ध भएर गीत गाउँदै पैताला मिलाउँदै नाच्ने गरिन्छ । पुतलासँगै महिलाहरुले न्याउल्या खेल पनि खेल्ने गर्छन् । सुदूरपश्चिमका कला संस्कृतिमा मौलिक वेशभूषा लुकेकाले यस्ता संस्कृितलाई जोगाउन आवश्यक भएको स्थानीय गङ्गाराम आचार्य बताउनुहुन्छ । ‘‘पुराना पुस्ताले जगाएको संस्कृतिलाई नयाँ पुस्ताले पनि अँगाल्न जरुरी छ’’, उहाँले भन्नुभयो, ‘‘स्थानीय सरकारले कला संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्छ ।’’जनश्रुतिअनुसार अछाम र बाजुराको सङ्गमस्थलमा परापूर्वकालमा घ्यारा घ्याम्पो नामका राजाले छोरी रनमैयाको शोकमा पुतला नाच सुरु गराएका हुन् । मधेसमा विवाह गरेकी छोरीको सर्पले डसेर मृत्यु भएपछि शोकमा रहेका राजाले उनलाई सम्झदै पुतला खेल्न लगाएका थिए । त्यो परम्परा अद्यापि कायम रहेको पुतला खेल्दै आउनुभएकी चन्द्रा भण्डारीले राससलाई बताउनुभयो । रासस
एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित हुनुभएको छ । उहाँले तीन सय ७७ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताउनुभयो । उहाँका प्रतिद्वन्द्वी टिना सुवेदीले तीन सय ४३ मत प्राप्त गर्नुभएको थियो ।
गोरखापत्रकर्मी हमाल र नेपाल सम्मानित
गोरखापत्रकर्मी चाँदनी हमाल र शालिग्राम नेपाल सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले उहाँहरुसहित ३४ जना अग्रज र नौ जना अन्य पत्रकारलाई सम्मान गरेको हो ।
गमगढी बजार
कर्णाली प्रदेश, मुगुको सदरमुकाम गमगढी बजार तथा आसपासको क्षेत्र।
राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा झडप, प्रहरी जवान गम्भीर घाइते
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा शनिबार काठमाडौँमा भएको झडपमा प्रहरी जवान रामसिंह बोहरा गम्भीर घाइते भएका छन् ।
रुसी सेनामा कार्यरत नेपाली फर्काउन गृहमन्त्रीसँग माग
रुसी सेनामा कार्यरत नेपाली नागरिकका आफन्तले रुसमा रहेका नेपालीलाई सकुशल उद्दार गरी नेपाल ल्याउन माग गरेका छन् ।
निजामती कर्मचारी विधेयक संशोधनको माग गर्दै ज्ञापनपत्र
संसद सचिवालयमा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० संविधान तथा संघीयताको मर्मविरोधी भएको भन्दै दलित अगुवाहरुले संशोधनको माग गरेका छन् ।
दशरथ रङ्गशाला तयार गर्न माउन्ट एभरेस्ट स्पोर्ट्स प्रालिलाई जिम्मेवारी
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशरथ रङ्गशाला मर्मत गरी खेल्न योग्य बनाउन माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट प्रालिलाई जिम्मेवारी दिएको छ ।
बारालाई मेयर कप टी–२० क्रिकेट उपाधि
युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले खेल क्षेत्रमा मधेश प्रदेशमा राम्रो सम्भावनाहरु भएको भन्दै खेलक्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निमार्ण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
‘आमाको माया’ छात्रावासको १४ औँ वार्षिकोत्सव
जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित ‘आमाको माया’ छात्रावासले १४ औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय महासचिव प्रेम थुलुङले आश्रमले समाजका आर्थिकरुपले विपन्न बालबालिकालाई शिक्षा तथा स्वास्थ्यको पहुँचमा राखेर देशका विभिन्न ११ स्थानमा छात्रावास सञ्चालनमा रहेको बताउनुभयो ।
रिमाल समाजबाट नववर्ष शुभकामना आदानप्रदान
रिमाल समाजले नववर्ष २०८१ को पूर्वसन्ध्यामा आज यहाँ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजले प्रकाशन गरेको नयाँ वर्षको भित्तेपात्रो पनि आजै विमोचन गरिएको छ ।
अवधि कला संस्कृतिलाई संरक्षण गर्नु जरुरी छ : पूर्व मन्त्री आचार्य
नेपाल सरकारका पूर्व मन्त्री, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एवम् क्षेत्र नम्बर २ का संसद् सुरेन्द्रराज आचार्यले अवधि कला संस्कृतिलाई संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ।
अफगानिस्तानद्वारा पाकिस्तानलाई आप्रवासी समस्या समाधान गर्न आग्रह
तालिबान सरकारका कार्यवाहक शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रीले पाकिस्तानलाई अफगान आप्रवासीको मुद्दा द्विपक्षीय समझदारीसहित समाधान गर्न आग्रह गर्नुभएको छ ।
औद्योगिक क्षेत्रको विकासबिना मुलुकले गति लिन सक्दैन : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा औद्योगिक क्षेत्रको विकासबिना मुलुकले गति प्राप्त गर्न नसक्ने बताउनुभएको छ ।
युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति उच्च
युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति अप्रिल १ सम्म लगभग ४३.८ अर्ब अमेरिकी डलरको रेकर्ड सहित उचाइमा पुगेको युक्रेनको केन्द्रीय बैङ्कले जनाएको छ ।
पार्टीलाई बलियो बनाउन सबै एक हौँ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन सबै एक जुट हुन आवश्यक रहेको बताउनुभएको छ ।
सुडानको भोकमरीविरुद्ध विश्व खाद्यकार्यक्रमको चेतावनी
संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सुडानका जनताले सबै सम्भावित मानवीय कोरिडोरमार्फत सहायताको निरन्तर प्रवाह प्राप्त नगरेमा भोकमरीको सङ्कट अझ बढ्न सक्ने चेतावनी दिएको छ ।
अमेरिका र चीनबिच ‘सन्तुलित आर्थिक वृद्धि’ का लागि वार्ता गर्ने सहमति
संयुक्त राज्य अमेरिका र चीनबिच ‘सन्तुलित वृद्धिका लागि गहन आदानप्रदान’ गर्न सहमति भएको छ ।
इलाम उपनिर्वाचन : नेम्वाङ र खड्काको चुनाव जित्ने दाबी
इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दिउँसो उपनिर्वाचनका लागि नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीका उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
‘युवापुस्तामा सकारात्मक भावना जागृत गर्नुछ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताउनुभएको छ ।